Free songs
Home / समाचार / तामझामबीच सतवरिया बन्यो खुल्ला दिसामुक्त

तामझामबीच सतवरिया बन्यो खुल्ला दिसामुक्त

दशरथ घिमिरे
देउखुरी, २९ माघ । थारु परम्पराअनुसारको भेषभूषामा सजिएकाहरुको बाक्लै उपस्थिति छ । गाउ“घरमा रहेका संघसंस्थामा आवद्ध महिलाहरु पनि त्यत्तिकै मात्रामा सहभागी छन् । विद्यालयबाट पनि विद्यार्थी हुलका हुल कार्यक्रमस्थलमा आइपुगे । सतवरिया गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा आयोजकले नसोचेको जनसहभागिता भएपछि सहभागीहरुलाई बस्ने व्यवस्था मिलाउन हम्मे–हम्मे प¥यो । तर, आयोजकले स्टेजनजिकसम्म बस्ने व्यवस्था मिलाएपछि कार्यक्रम अघि बढ्यो ।
बुधवार सतवरिया गाविसलाई एक भव्य समारोहबीच जिल्लाको तीसौं गाविसको रुपमा खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । पूर्व–पश्चिम महेन्द्र राजगमार्गले गाविसको पूरै भागसम्म छोएको छ । करीव ४० किलोमिटर दूरीसम्म एउटै गाविसको क्षेत्र पर्छ ।
राजमार्गको हिसाबले सुगम मानिए पनि अन्य गतिविधिमा पछि परेको सतवरिया गाविसलाई स्थानीयवासीको सक्रियताका कारण खुल्ला दिसामुक्त गरिएको हो । दाङ जिल्लाका ३९ गाविस र दुई नगरपालिकामध्ये अहिलेसम्म सतवरियासहित ३० गाविस र तुलसीपुर नगरपालिका खुल्ला दिसामुक्त भइसकेका छन् । अब घोराही नगरपालिका र अन्य ९ गाविस अझै खुल्ला दिसामुक्त हुन बा“की छन् ।
गाविसभित्रका २ हजार ५ सय ९० घरधुरीमा शौचालय निर्माण भएपछि गाविसलाई दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले खुल्ला दिसामुक्त घोषणा गर्नुभयो । प्रजिअ पन्थले सहभागी गाविसवासीलाई हात उठाउन लगाएर शौचालय बाहिर दिसा पिसाब गर्नेछैन भनी प्रतिवद्धतासमेत गराउनु भएको थियो ।
गाविसस्तरीय सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष तथा गाविस सचिव हिरालाल चौधरीको अध्यक्षता एवं प्रजिअ पन्थको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले निर्माण गरिएका शौचालयको प्रयोग र त्यसको सरसफाइमा ध्यान दिन गाविसवासीलाई अनुरोध गरेका थिए । कार्यक्रममा विशिष्ट
अतिथि स्थानीय विकास
अधिकारी विष्णुप्रसाद पोख्रेलले जिल्लामा थालिएको सरसफाइ अभियानले जिल्लाको पहिचान राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउने भएकाले अभियानमा सहभागी हुन सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल सशस्त्र प्रहरी सीमा सुरक्षा वल अर्जुनखोलाका प्रमुख एसपी कुमार न्यौपाने, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका निमित्त प्रमुख एवं इञ्जिनियर तिलक न्यौपाने, प्राविधिक गजेन्द्र बहकरी, वास फोरमका जिल्ला सदस्य दशरथ घिमिरे, नेपाली कांग्रेसका तिलकराम केसी, नेकपा एमालेका शिवराज गिरी, एकीकृत नेकपा माओवादीका अम्वर क“वर, नेकपा मालेका मानबहादुर चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शिवकुमार चौधरी, जनमुक्ति पार्टीका जितबहादुर बुढा, नेकपा–माओवादीका तेजबहादुर केसी, स्वास्थ्य चौकी सतवरियाका इञ्चार्ज लालमणि सुवेदी, प्रावि मिसेनपुरका ओमप्रकाश बस्नेत, महिला समूहकी द्रोपदी घर्ती, निवर्तमान गाविस अध्यक्ष डिल्लीबहादुर खड्का, पत्रकार केपी घिमिरे, गैरसरकारी संस्थाका खोपीराम चौधरीलगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
गाविसस्तरीय स्वच्छता समन्वय समितिका उपाध्यक्ष मेघनारायण चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन ग्रामीण महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक शरदकुमार पोख्रेलले गर्नुभएको थियो ।

Loading...

About nayayougbodh.com.np

2 comments

  1. RAMRO VAYO NEPAL MA J JATI GAU SAHAR CHHAN SABAI MA YASTA PROGRAM HARU LAGU GARI DANG KO SATBARIYA MA MATRA HOIN NEPAL KO JUN SUKAI KUNA MA PANI YASTAI PRAGATI HUDAI JAHOS MERO SUVKAMANA

    MA HAL DOHA QATAR BAT HO

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top