Free songs
Home / सम्पादकीय / प्रधानमन्त्री कोइरालाका चुनौती

प्रधानमन्त्री कोइरालाका चुनौती

संविधानसभा निर्वाचन भएको झण्डै तीन महिना पुग्नै लाग्दा देशले प्रधानमन्त्री पाएको छ । सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन नसकेपछि बहुमतीय प्रक्रियाबाट भए पनि देशले प्रधानमन्त्री पाएको छ । विगतमा प्रधानमन्त्री चयनका लागि सत्रपटकसम्म निर्वाचन भएको स्थिति फेरि दोहोरिने त होइन भन्ने आशंका रहेको बेला सजिलै गरी देशले प्रधानमन्त्री पाएको छ । यसपटकको प्रधानमन्त्री चयन सा“च्चिकै यति सजिलै भएको छ कि सम्भवतः यसअघि यति सजिलै प्रधानमन्त्री चयन भएको घटना कमै होलान् । संविधानसभाको दोस्रो ठूलो दल एमालेसहित कतिपय साना दलको समेत समर्थन पाएको कांगे्रसले आफ्ना सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाएको छ । योस“गै उनी गणतन्त्र नेपालको छैंठाँै प्रधानमन्त्रीका रूपमा निर्वाचित मात्र भएका छैनन्, आफ्नो जीवनमै पहिलोपटक सत्तामा (केहीपटक सांसदबाहेक) पुगेका छन् । संसदको दुई तिहाइ बहुमतबाट कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संविधानसभा निर्वाचन भएको तीन महिनापछि नै भए पनि उनी जसरी सजिलै प्रधानमन्त्री भए, अब त्यही अनुपातमा आफ्नो मिसनमा सफल हुने हुन् वा होइनन्, मुख्य चुनौती यही हो ।
अहिले बन्ने सरकार सामान्यकालको जस्तो सरकार होइन । यो त संविधान निर्माणका लागि सहयोगी भूमिकाको अपेक्षासहित गठन हुन गइरहेको सरकार हो । त्यसैले कोइराला सरकारको मुख्य लक्ष्य पनि संविधान निर्माणमा सहयोगी भूमिका निर्वाह गर्ने हुनुपर्दछ । अघिल्लो संविधानसभाको कार्यकालमा चारवटा सरकार बनेका थिए । चार वर्षको अवधिमा चारवटा सरकार बन्ने बिडम्बनापूर्ण स्थितिले नै संविधानसभा असफल भएको हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । त्यसैले यो सरकारलाई कम्तिमा संविधान निर्माणसम्म कायम राख्दै त्यसैमा प्रतिवद्ध बनाउन सक्नुपर्छ । प्रधानमन्त्री कोइरालासामु अब स्पष्टतः दुईवटा चुनौती रहनेछन् । एउटा त उनको जीवनकालकै महत्वपूर्ण परीक्षा पनि हो । उनले अंगीकार गरेको सिद्धान्त र अपनाएको बाटोप्रति समर्थन र बिरोध एउटा पाटो हो तर उहा“को अहिलेसम्मको व्यक्तित्व हेर्दा खोट लगाउने ठाउ“ कतै छैन ।
६ वर्ष जेल, २० वर्ष प्रवासदेखि थुप्रै यातना र संघर्षका उकाली ओराली पार गरेका कोइरालाले राजनीतिमा लागेर अहिलेसम्म केही पनि निजी फाइदा लिएनन् बरु धेरै कुरा गुमाए । परिवार, निजी सम्पत्ति त्यागेर राजनीतिमै जीवन समर्पित गरेका अविवाहित कोइरालाको व्यक्तित्व आफूलाई सर्वहारा भनेर सम्पत्ति जोड्ने कयौं कम्युनिष्ट नेताभन्दा धेरै गुणा माथि छ । यति लामो राजनीतिक जीवनमा सांसदबाहेक सरकार सञ्चालनस“ग जोडिएका अन्य कुनै पद नलिनु उनको अनुकरणीय विशेषता हो । अहिले नेताहरुमा मन्त्री बन्न दौडधुप नै चल्छ तर कोइरालाले ०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकार र त्यसपछि पनि पटक–पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरे । इतिहासको त्यो गरिमा र त्यसले निर्माण गरेको व्यक्तित्वलाई प्रधानमन्त्रीको रुपमा धानिखान कोइराला कति सफल हुन्छन्, यो उनका लागि ठूलो चुनौती हो ।
आफ्नो व्यक्तित्व बचाउ“दै मातहतका सबै संरचनामा कम्तिमा भ्रष्टाचार न्यूनीकरण गर्न सके र सरकार सञ्चालनलाई पनि आफ्नो जीवनजस्तै सरल र सदाचारी बनाउन सके भने त्यसबाट उनको उचाइ मात्र चुलिने छैन, देशले पनि नया“ कुरा पाउने छ, त्यसपछिका सरकारमा पनि त्यसको प्रभाव पर्नेछ । अन्यथा, लोभीपापीहरुको झुण्डमा फसेर केही गर्न सकेनन् भने अहिलेसम्मको व्यक्तित्व गल्र्यामगुर्लुम ढल्न बेर लाग्ने छैन । अहिलेको सन्दर्भमा नेपालमा कार्यकारी प्रमुख बन्नु भनेको चानचुने कुरा होइन । यति शक्तिशाली पदमा रहने व्यक्ति आफू निष्कलंक हुनु मात्र ठूलो कुरा होइन, मातहतको समग्र संरचनालाई त्यसतर्फ अघि बढाउनु महत्वपूर्ण सवाल हो । दोस्रो सवाल, उनका बाहिरी चुनौती पनि छन् । शान्ति प्रक्रियाका बा“की काम पूरा गर्दै संविधान निर्माणका लागि सरकार बाहिर र अझ संविधानसभा बाहिर रहेका शक्तिहरुको साथ लिनुपर्ने एउटा चुनौती छ भने सरकारको मुख्य साझेदार एमालेलाई रिझाएर सरकार टिकाउनु अर्को चुनौती छ ।
शान्ति प्रक्रियाको एउटा पक्ष एमाओवादी सरकारबाहिर छ भने त्यसबाटै टुक्रेको नेकपा–माओवादी (यो पनि शान्ति प्रक्रियाकै एउटा पक्ष हो) अझ संविधानसभाबाहिर छ । यी दुई माओवादीलगायत मधेशवादी र विपक्षमा रहेका अन्य दलहरुलाई साथमा लिनु कम्ता चुनौतीको विषय छैन । उनीप्रतिको दक्षिणी छिमेकको आशंका पनि उत्तिकै चुनौतीको विषय हो । समग्रमा कोइराला आफ्नो व्यक्तित्व जोगाउ“दै जनतालाई परिवर्तनको अनूभूति गराउन तथा शान्ति प्रक्रियाको बा“की कार्यभार टुंग्याउन र संविधान निर्माणका लागि सबै पक्षलाई साथमा लिएर अघि बढ्न खोज्ने हुन् वा जसरी पनि सत्ता टिकाउने बाटोमा लाग्ने हुन्, उनको सफलता र असफलता यसैमा निर्भर रहने छ । कोइराला पहिलो बाटोबाट नै अघि बढ्न सकून्, बधाई एवं शुभकामना ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top