Free songs
Home / सम्पादकीय / राप्ती साहित्य परिषद्को अभियान

राप्ती साहित्य परिषद्को अभियान

झण्डै चार दशक लामो इतिहास बोकेको राप्ती अञ्चलकै जेठो साझा साहित्यिक संस्था राप्ती साहित्य परिषद्ले विभिन्न साहित्यिक गतिविधिमार्फत् संस्थालाई जीवन्त र क्रियाशील बनाउँदै आएको छ । राप्ती अञ्चलका सबै जिल्लाहरुमा शाखा स्थापना गरेर परिषद्ले यस क्षेत्रको साहित्यको उन्नयन र विकासमा संस्थागतरुपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । राप्ती अञ्चलको साहित्यिक बगैंचामा सयौं फूलहरु फुलिरहेका छन् र यसका लागि उपयुक्त वातावरण निर्माण गर्नमा राप्ती साहित्य परिषद्को योगदान अग्रणी रहेको छ ।
साहित्य, कला, संगीत र संस्कृतिलाई अनुत्पादक ठान्ने गलत चिन्तनको मारमा यो क्षेत्र प्रताडित र उपेक्षित रहँदै आएको छ । राज्यबाट कुनै प्रकारको सहयोग नलिएर जनस्तरबाटै कुनै संस्थालाई झण्डै चार दशकसम्म जीवन्त राख्नु चानचुने कुरा होइन । राप्ती साहित्य परिषद् विगतको गौरवपूर्ण यात्रालाई निरन्तरता दिंदै संस्थागतरुपमा अझ सशक्तरुपले अगाडि बढ्ने अभियानमा जुटिरहेको छ । यो अभियानमा साथ दिनु हामी सबैको कर्तव्यभित्र पर्दछ ।
अस्तिमात्रै राप्ती साहित्य परिषद्ले युवा साहित्यकार एवं गायक सन्तोष श्रेष्ठको एकल साँझमार्फत् सांगीतिक कार्यक्रम आयोजना गरेर परिषद्को भवन निर्माणलाई पूर्णता दिने अभियानको थालनी गरेको छ । त्यस अवसरमा राप्तीमै जन्मिएका गायक सन्तोष श्रेष्ठले राप्तीकै स्रष्टाका गीतमात्र गाउनुभएन, उहाँलाई बाद्यवादनमा सहयोग गर्ने सबैजना कलाकारहरु राप्तीका थिए । राप्ती साहित्य परिषद्को भवन निर्माणका लागि आयोजित सांगीतिक कार्यक्रमले यहाँको साहित्यिक, सांगीतिक माहोलमा एउटा नयाँ रौनक त थप्यो नै साथै परिषद्को भवन निर्माणलाई पूर्णता दिनेतर्फ सबैलाई घच्घच्याएको छ । यस मानेमा आयोजक संस्था र कलाकार सन्तोष श्रेष्ठका साथै सबै कलाकारहरुलाई साधुवाद दिनैपर्छ । यो अभियान बीचमै नटुटोस्, यसले चाँडै लक्ष्य प्राप्त गर्न सफल होस्, यही हाम्रो शुभकामना ।
राप्ती साहित्य परिषद्को भवन निर्माण प्रारम्भ भएको सात–आठ वर्ष भइसकेको छ । बिडम्बना नै मान्नुपर्छ, निर्माण कार्यले पूर्णता पाउनु त कता हो कता, बनेका कोठाहरुमा झ्यालढोकाका पल्लासमेत राख्न बाँकी छ । दाङमा ठूला–ठूला उद्योगधन्दा सञ्चालनमा आएका छन््, विभिन्न संघसंस्था र विकासे कार्यालयहरुले लाखौं, करोडौंको बजेट खर्च गरिरहेका छन् । विभिन्न स्रोतबाट सानातिना संस्थाहरुले समेत आ–आप्mना भवन ठड्याएका छन् । तर राप्ती साहित्य परिषद्लाई सायद साझा संस्था भनेर होला सौतेलोजस्तै ठान्ने प्रवृत्ति छ । त्यो प्रवृत्तिमाथि औंला नठड्याउँदासम्म यस्ता संस्थाहरु सधै उपेक्षित भइरहनुपर्नेछ । बिडम्बना नै मान्नुपर्छ, यहाँका स्थानीय निकायहरु समेत परिषद्को भवन निर्माणमा उदार हुन सकेका छैनन् ।
बधाई र साधुवाद छ, कलाकार सन्तोष श्रेष्ठ र उहाँको टिमलाई जसले अभावको मरुभूमिमा हरियाली ल्याउन नयाँ संकल्प गर्नुभएको छ । उहाँले जस्तै सबै क्षेत्रले होस्टेमा हैंसे गर्ने बित्तिकै राप्ती साहित्य परिषद्को अधुरो भवनले पूर्णता प्राप्त गर्नेछ । साहित्यिक क्षेत्र अनुत्पादक हैन, सिर्जनशील क्षेत्र हो । साहित्य, संगीत, कला र सञ्चारबिना मानव जीवनको कल्पना गर्न सकिन्न । यसको अभावमा मान्छे मानव नभएर पशुजस्तै चेतनाविहीन हुन पुग्छ । राप्ती साहित्य परिषद्को भवन निर्माण अभियानलाई सफल पार्न सबै क्षेत्रबाट सामूहिक प्रयास थालौं । नगरे केही हुन्न, गरेपछि असम्भव भन्ने केही छैन ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top