Free songs
Home / सम्पादकीय / परिवर्तन संस्थागत गरेर नै सहिदको सम्मान हुनेछ

परिवर्तन संस्थागत गरेर नै सहिदको सम्मान हुनेछ

नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको छ । वर्षौं पुराना राज्यव्यवस्थातिर नगएर राणा शासनयताका घटनाक्रमलाई मात्र हेर्ने हो भने राजनीतिकरुपमा उल्लेख्य परिवर्तन भएको मान्नुपर्छ । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र परिवर्तनलाई जनताको जीवनस“ग जोड्न नसकिएको यथार्थ हो तर राजनीतिकरुपमा केही पनि परिवर्तन भएन भन्नु सही होइन । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत गर्दै थप उपलब्धि प्राप्त गर्न प्रयत्न गर्ने र ती उपलब्धिहरुलाई जनताको जीवन रुपान्तरणस“ग जोड्ने अबको मुख्य दायित्व हो । यसतर्फ जानका लागि हामीले अहिलेसम्मका तमाम परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तर अहिले यो धर्तीमा नरहेका तिनै सपुतहरुको सम्झना र सम्मान गर्नुपर्ने हुन्छ, जसलाई हामी सहिद भनेर सम्बोधन गर्छौैं । यी सम्झना र सम्मानस्वरुप हामीले सहिद दिवस मनाउने गर्दछौं, हिजो मात्रै देशभर यो दिवस मनाइएको छ । सहिद दिवसको सन्दर्भमा न्याय, स्वतन्त्रता र परिवर्तनका लागि ज्यान अर्पण गर्ने सम्पूर्ण सहिदहरुमा भावपूर्ण श्रद्धासुमन व्यक्त गर्नु र उनीहरुका पूरा हुन बा“की सपना पूरा गर्नतिर कटिवद्ध हुनु हामी बा“चेकाहरुको दायित्व हो ।
जहानिया“ राणा शासनविरुद्ध आवाज उठाउने सपुतहरुको सम्झना र सम्मानस्वरुप प्रत्येक वर्षको माघ १६ गते नेपालमा सहिद दिवस मनाइन्छ । १९९७ माघ १० गते शुक्रराज शास्त्री, १३ गते धर्मभक्त माथेमा तथा १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तत्कालीन शासकहरुले हत्या गरेपछि यो सातालाई सहिद सप्ताह र माघ १६ लाई सहिद दिवसको रुपमा मनाउने गरिन्छ । त्यसअघि र पछि पनि शासकहरुबाट धेरै मारिएका थिए तर एक हप्ताभित्र चारजना सपुतको हत्या गरिएपछि राणा शासनविरुद्धको आन्दोलन उत्कर्षतर्फ अघि बढ्यो र त्यसको दश वर्षपछि २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भयो । कुनै एक दिन नेपालमा प्रजातन्त्र त अवश्य आउ“थ्यो तर ती चार सपुतले ज्यान नदिएका भए प्रजातन्त्र ल्याउन २००७ सालको सट्टा कैयौं वर्ष पर्खनुपर्ने थियो । अर्को कोणबाट पनि चार सपुतको बलिदान उच्च गौरवपूर्ण छ । उनीहरुको हत्या गर्नुअघि प्रधानमन्त्रीकै अध्यक्षतामा बैठक बसेर तत्कालीन सरकारले चारैजनालाई माफी माग्न आग्रह गर्ने र माफी नमागे मारिदिने निर्णय गरेको देखिन्छ । सरकारको आग्रहलाई अस्वीकार गर्दै चारैजनाले मृत्यु स्वीकार गरे र राणाविरुद्धको आन्दोलन उत्कर्षमा पु¥याउन सम्भव भयो ।
सामान्यतः त्यसअघि र पछि मारिएका तमाम सहिद, मुख्यतः चार सपुतको बलिदानपछि २००७ सालको क्रान्ति भयो र नेपालमा प्रजातन्त्र स्थापना भयो । सहिदहरुको वलिदानको फलस्वरुप प्रजातन्त्र त आयो तर प्रजातन्त्रको संस्थागत विकास गर्नेतर्फ सोचिएन र पुनः प्रजातन्त्र हरण हुन पुग्यो । १०४ वर्षे राणा शासनको अन्त्य भए पनि फेरि निरंकुश पञ्चायती व्यवस्था स्थापना भयो र त्यसलाई फाल्न नेपाली जनताले ३० वर्ष लड्नुप¥यो । पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्थाको स्थापना गर्न फेरि सयौं सहिदले ज्यान गुमाउन पुगे । फेरि २०४६ सालमा पञ्चायतको अन्त्य भएर बहुदलीय प्रजातन्त्र स्थापना भयो तर त्यसपछिका शासकहरुले पनि प्रजातन्त्रलाई जनताको जीवनमा अभिव्यक्त गर्न सकेनन् । फलस्वरुप नेपालमा २०५२ सालदेखि सशस्त्र युद्धको शुरुवात भयो, त्यसपछि सहिदको संख्या सयमा होइन हजारमा गणना हुन थाल्यो ।
स“गस“गै २०६२÷०६३ को जनआन्दोलन भयो र यसक्रममा पनि थुप्रैले ज्यान गुमाए । अन्ततः फेरि प्रजातन्त्रको पुनर्वहाली भयो, त्यसअघिको द्वन्द्व शान्ति प्रक्रियामा फेरियो र संविधानसभाको निर्वाचन भयो र संविधानसभाको पहिलो बैठकबाट नेपाललाई गणतन्त्र घोषणा गरियो । यसरी चार सपुतको बलिदानपछि गणतन्त्र स्थापना हु“दासम्म राजनीतिक परिवर्तनका लागि नेपालमा हजारौं सहिदले रगत बगाएका छन् । सहिद दिवसको यो सन्दर्भमा अहिलेसम्मका सबै आन्दोलनमा ज्यान गुमाउने सहिदको सम्झना र सम्मान गर्दै ती सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु र राजनीतिक परिवर्तनलाई जनताको जीवनस“ग जोड्न राजनीतिक नेतृत्वले दृढ प्रण गर्नु जरुरी छ । अहिलेसम्मका तमाम आन्दोलनले उजागर गरेका एजेण्डा सम्बोधन गर्ने गरी संविधानसभाबाट संविधान बनाएर मात्रै परिवर्तन संस्थागत गर्न सकिने छ । ती परिवर्तनलाई जनताको जीवन रुपान्तरणस“ग जोड्नु पनि उत्तिकै अनिवार्य छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top