Free songs
Home / स्लाइड / डुबानमुक्त देउखुरीको माग

डुबानमुक्त देउखुरीको माग

हरेक वर्षजसो डुबानबाट पीडित हु“दै आएको देउखुरीलाई डुबानमुक्तको माग गर्दै देउखुरीको प्रतिनिधिमण्डलले सरकारको ध्यानाकर्षण गराएको छ । टोलीले मुख्य सचिवदेखि सम्बन्धित मन्त्री र मन्त्रिपरिषद्का अध्यक्षसमेतलाई भेट गरेको छ । सबै भेटमा टोलीले देउखुरीलाई डुबानमुक्त बनाउन माग गरेको छ । यसअघि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले तयार पारेको गुरुयोजनाबमोजिम बजेट तर्जुमा गर्न माग गर्दै टोलीले त्यसका लागि ८४ करोड बजेट चाहिने जानकारी गराएको छ । गत वर्ष पनि देउखुरीवासीले यसरी नै सरकारको ध्यानाकर्षण गराएका थिए । देउखुरीवासीले एउटा समिति नै बनाएर नियमित राजधानी जाने, मुख्यसचिवदेखि मन्त्री र प्रधानमन्त्रीलाई भेट्ने र बजेट विनियोजनका लागि माग गर्दै आएका छन् । यसपटक पनि वर्षात शुरु हुनुभन्दा ६ महिनाअघि नै देउखुरीवासी राजधानी पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् । डुबानका कारण वर्षेनी जनधनको क्षति हु“दै आएको देउखुरीलाई डुबानमुक्त बनाउन देउखुरीवासीले थालेको यो कदम सराहनीय मात्र छैन, अरु क्षेत्रका लागि पनि अनुशरणयोग्य छ । राज्यले देउखुरीवासीको पीडा र मर्म बुझेर यथोचित बजेट विनियोजन गर्न ढिला गर्नुहु“दैन किनकि आफ्ना नागरिकको ज्यूधनको सुरक्षा गर्नु उसको दायित्व हो ।
डेलिगेसन गएको देउखुरीको प्रतिनिधिमण्डल सरकारको राम्रै आश्वासन पाएर फर्केको छ । सम्बन्धित मन्त्रीहरु र मुख्य सचिवले यसै वर्ष बचेको बजेटबाट तटबन्धनको काम गर्ने आश्वासन दिएका छन् भने मन्त्रिरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि विपत व्यवस्थापन गर्न सरकार गम्भीर रहेको भन्दै तटबन्धका लागि तयार पारिएको ८४ करोडको गुरुयोजना स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिने बताउनुभएको छ । नीतिगतरुपमै सही, देउखुरीवासीको प्रतिनिधिमण्डल डुबानको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन सफल भएको छ । वर्षात आएपछि मात्रै छट्पटाउने अनि डुबानपछि उद्धार र राहतका लागि मात्र हारगुहार गर्ने स्थितिलाई रोक्न देउखुरीवासीले वर्षातअघि नै तटबन्ध निर्माणका लागि सरकारको ध्यानार्षण गराउ“दै आएका छन् । यसले स्थानीयवासीको उच्च सजगता र सचेततालाई पुष्टि गर्छ नै, स“गस“गै केही पाउन निरन्तर लागिरहनुपर्छ र अझ राज्यबाट केही प्राप्त गर्न निरन्तर घच्घच्याइरहनुपर्छ भन्ने पाठ सिकाएको छ । देउखुरीवासीको यो पहलको सराहना गर्दै सबै पक्षले सहयोग गर्न जरुरी छ ताकि उनीहरुले भनेजस्तै जतिसक्यो चा“डो देउखुरीलाई डुबानमुक्त बनाउन सकियोस् ।
गएका वर्षहरुमा डुबानबाट देउखुरीवासीले धेरै क्षति ब्यहोरिसकेका छन् । केहीको ज्यान गएको छ भने करोडौंको बालीनाली र सम्पत्तिको क्षति भएको छ । वर्षेनी यो क्षति व्यहोर्दै जानु भनेको अन्ततः देउखुरीवासीलाई विस्थापित हुन बाध्य पार्नु मात्र हो । ठूलो अन्नभण्डारको रुपमा चिनिने देउखुरीमा प्रत्येक वर्ष बालीनालीको क्षति हुनु यहा“का किसानहरुको जीवन निर्वाहमा अवरोध हुनु मात्र होइन देशकै अर्थतन्त्रमा अवरोध हुनु हो । कम्तिमा यो कुरा राज्यले बुझ्नैपर्छ र चा“डोभन्दा चा“डो देउखुरीलाई डुबानमुक्त बनाउन जोड दिनैपर्छ । देउखुरीलाई कसरी डुबानमुक्त बनाउन सकिन्छ भन्ने गुरुयोजनासमेत बनिसकेकाले सोहीअनुरुप बजेट विनियोजन भएको खण्डमा मात्र देउखुरीवासीले ठूलो राहत पाउने छन् ।
देउखुरीवासीले निरन्तर आवाज उठाउन थालेपछि केही हदसम्म सम्बोधन पनि भएको छ । सरकारी र गैरसरकारी संस्थाको पहलमा २ करोड बढीको लागतमा सिंगेखोला र कोहलुवानजिक तटबन्ध निर्माण गरिएको छ । यसले मात्र पनि देउखुरीवासीलाई ठूलै राहत भएको छ । त्यसैले गुरुयोजनाअनुसार काम भयो भने देउखुरी डुबानमुक्त हुनेछ भन्ने आशा गर्न सकिन्छ । देउखुरीलाई डुबानमुक्त बनाउन अहिलेसम्म जे जति प्रयास भएका छन्, ती सबै स्थानीयवासीको एकतावद्ध पहलबाट सम्भव भएको हो । यसलाई राजनीतिक दलहरुले अझ बढी गम्भीररुपमा लिन जरुरी छ । गएको संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ का प्रायः सबै उम्मेदवारहरुको स्थानीय प्रतिवद्धतापत्रमा देउखुरीलाई डुबानमुक्त बनाउने उल्लेख थियो । तर, अहिले जितेका वा हारेका अधिकांश उम्मेदवार आफ्नो प्रतिवद्धताप्रति बेसरोकार देखिन्छन् । चुनाव हार्नु वा जित्नु प्राविधिक कुरा हो तर जनताको पक्षमा राजनीति हो भने सबै दलहरुले जनताको अत्यावश्यकीय मुद्दालाई सधैं प्राथमिकतामा राख्नुपर्दछ । नेपालको राजनीति बढी नै सत्ता र स्वार्थमुखी छ । चुनाव जित्नका लागि जनताका कुरालाई आफ्नो एजेण्डा बनाउने तर चुनाव जिते वा हारेपछि मतलव नगर्ने प्रवृत्ति बोकेर जनताको राजनीति हुन सक्दैन । त्यसैले देउखुरीलाई डुबानमुक्त बनाउने देउखुरीवासीको मागलाई राज्य, राजनीतिक दल, सञ्चार क्षेत्रलगायत सबै पक्षले गम्भीरतापूर्वक लिएर यो जायक माग पूरा गर्न आवश्यक सहयोग गर्न कञ्जुस्याइ“ गर्नुहु“दैन ।

Loading...

About nayayougbodh.com.np

2 comments

  1. Deukhurilai lai badhi mukt chhetarbanaunuparchha ra dekhurilai nepalko namoona shar banaunu parchha

  2. Deukhurilai lai badhi mukt chhetarbanaunuparchha ra dekhurilai nepalko namoona shahar banaunu parchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top