Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्रहरी हिरासतमै आत्महत्या

प्रहरी हिरासतमै आत्महत्या

घोराही, १५ पुस (युस)– दाङमा ज्यान मुद्दाको अभियोगमा प्रहरी हिरासतमा रहेका एकजनाले सोमवार प्रहरी कार्यालयमै आत्महत्या गरेका छन् ।
बुवाको हत्या गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका दाङ सैघा–७ धनडा“डाका २९ वर्षीय गिरिराज खनालले शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बिहान ३ बजेतिर खनालले शौचालयमा गई जकेटको चेन र मोजाको डोरी बनाएर भेण्टीलेशनममा पासो लगाई आत्महत्या गरेको दाङका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक अरुणकुमार शाहको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । अनुसन्धानका क्रममा सुरक्षाका लागि खटिएका प्रहरीको कमजोरी देखिए कारवाही हुने एसपी खत्रीले बताउनुभयो । मंसिर ३० गते ६९ वर्षीय बुवा झगरुप्रसाद खनाललाई जग्गा विवादका कारण बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा गिरिराजलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हत्या गरी खरवारीमा लाश गाडेर फरार रहेका गिरिराजलाई पुस ५ गते घोराही–६ मसिनाबाट प्रहरीले पक्राउ गरी अदालतमा म्याद थपेर अनुसन्धान शुरु गरेको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top