Free songs
Home / समाचार / काव्य र आख्यानसम्बन्धी क्षेत्रीय प्रशिक्षण हुने

काव्य र आख्यानसम्बन्धी क्षेत्रीय प्रशिक्षण हुने

युगबोध समाचारदाता
घोराही, १५ पुस । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले पुस २६ र २७ गते घोराहीमा मध्यपश्चिम क्षेत्रस्तरीय काव्य तथा आख्यानसम्बन्धी प्रशिक्षण तथा कवि गोष्ठी गर्ने भएको छ । प्रगतिशील साहित्यको क्षेत्रमा कलम चलाइरहेका स्रष्टाहरुको लेखन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
तालिममा साहित्यकारहरु रामप्रसाद ज्ञवाली, इस्माली, मातृका पोख्रेल, नेत्र एटम, मित्रलाल पंज्ञानी लगायतले प्रशिक्षण दिनुहुनेछ । होटल सिटी प्लाजामा तालिम गरिने संघका दाङ शाखा अध्यक्ष केशव थापाले जानकारी दिनुभयो । उहा“का अनुसार तालिममा सहभागी हुने प्रशिक्षार्थीका लागि ३ सय रुपैया“ प्रवेश शुल्क तोकिएको छ ।
प्रलेस नेपाल केन्द्रीय समिति र दाङ शाखाको संयुक्त आयोजना हुने तालिममा संघका केन्द्रीय अध्यक्ष अमर गिरीलगायतका पदाधिकारीहरुको उपस्थिति हुने जनाइएको छ । संघका अध्यक्ष केशव थापाको अध्यक्षता एवं केन्द्रीय उपाध्यक्ष तथा मध्यपश्चिम इञ्चार्ज सत्य पहाडीको प्रमुख आतिथ्यमा सोमवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा प्रमुख अतिथि पहाडीले कार्यक्रमको लक्ष्य, उद्देश्य र आवश्यकताबारे चर्चा गर्दै राष्ट्रियरुपमै दाङले राम्रो सन्देश दिने अवसर आएको बताउनुभयो । सो अवसरमा संघका केन्द्रीय उपाध्यक्षद्वय हिरामणि दुःखी र शशिधर भण्डारीले कार्यक्रमको रुपरेखाबारे चर्चा गर्दै आवश्यक सहयोगका लागि आफूहरु लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top