Free songs
Home / अन्तर्वार्ता / तीजलाई अधिकारमुखी बनाएर मनाऔं

तीजलाई अधिकारमुखी बनाएर मनाऔं

तीजका गीतमा रत्यौली हावी भएर बिग्रियो
चन्द्र शर्मा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष
जसरी आधुनिकता हावी भएर आयो संस्कृतिका नाममा समाजमा नपच्ने खालका गतिविधि अहिले भइरहेका छन । तीज आउन केही दिन मात्र बाँकी छ । तर तीज मनाउने पुरानो संस्कार हराइसकेको छ । हिजो मलाई याद छ दिदीलाई लिन जानुपथ्र्यो, उता दिदी भाइको पर्खाइमा बस्थिन, अनि नाचगानमा पनि सुखदुःखका शव्दहरु हुन्थे अहिले सबै हराइसकेको छ ।
हुन त म पनि १८ वर्षेखि गीत गाएर गुजारा गरिरहेको छु । भन्न लाज लाग्छ हिजोआजका गीत तीजका मर्म भन्दा पनि रत्यौलीभावका गीत निस्किएका छन् । जसले समाजलाई उत्ताउलो बनाउँदै लगेको छ । यसपालिको तीजमा करीव साढे तीनसय तीजगीत निस्किएका छन । म दावाका साथ भन्नसक्छु ती मध्ये बढीमा ४ वटा साँच्चिकै तीजका गीत होलान् । अरु जम्मै रत्यौली बराबर छन् । हाम्रो संस्कृतिअनुसार रत्यौलीमा पुरुषहरु जान र हर्ेन पाइदैन । अब यस्ता गीतका शव्द, दृष्यले परिवार, दिदीबहिनीसँग बसेर ती गीत हर्ेन सुन्न सकिन्छ – समस्या धेरै छन् । यही समस्यालाई मध्यनजर गर्दै हामीले लोकदोहोरी विकास बोर्ड गठनको माग गरेका छौं तर राज्यले सुन्दैन । कम्तिमा यस्ता रत्यौली गीतको सेन्सर गर्ने निकाय भइदिएको भए आज समाजमा छोटा लुगा लगाउने, भल्गर दृष्य हर्ेर्ने र अन्ततः गतिविधि नै त्यस्तै गर्ने काम हुँदैनथे होला । हामीले त राज्यलाई भनेकै छौं तर राज्यले सुन्दैन । राज्यले नसुनेपछि दोहोरी प्रतिष्ठानकै पहलमा कम्तिमा साउन १५ नलाग्दासम्म तीजका गीत बजाउन नपाइने निर्ण्र्ाागरेर लागु गरियो तर त्यो काठमाडौंभन्दा अन्यत्र लागु भएन । जेठको अन्तिमबाटै तीज गीत बज्न थाले । जसले एक महिना अघिबाटै होटलमा दर खाने प्रवृत्ति बढेर गयो । यसले समाजमा राम्रो भन्दा नराम्रो प्रभाव पारेको छ । त्यस कारण राज्य गम्भीर हुनर्ुपर्छ ।
विमा कुमारी दुरा, हरिदेवी कोइराला, बमबहादुर कार्कीले शव्द, भाखा बिर्सिएर होइन गीत नल्याएको चर्चा रत्यौलीको हुने हुदा असली स्रष्टा, सिर्जनाको मूल्य हराउँदै गएका कारण समाज विकृत गइरहेको छ । हँुदाहुँदा भैलो पनि ड्रममा रर्ेकर्ड हुँदैछन । तर पनि हामी हाम्रो संस्कृतिलाई बचाउन लागिरहेका छौं । मानिसले आधुनिक जीवन जिउन चाहन्छ त्यो उसको प्रगति होला तर उसको संस्कृति तीज गीतमा रत्यौलीपन होइन ।

तीजलाई सकारात्मक सन्देशको वाहक बनाउनर्ुपर्छ
सरिता भुसाल
ओरेक नेपालकी कार्यक्रम संयोजक
तीज एउटा सांस्कृतिक पर्व हो । त्यसैले स्वाभाविकरुपमा तीजमा नाच, गान भइरहन्छन् । त्यही नाच, गानका माध्यमबाट सुख, दुःख, पीडा, असन्तुष्टि व्यक्त गर्ने गरिन्छ । अहिलेसम्म यस्तै गतिविधिका साथ तीज मनाइँदै आइएको छ । तर मेरो विचारमा तीजलाई अब कुनै एउटा सन्देश प्रवाह गर्ने पर्वको रुपमा मनाउनर्ुपर्छ भन्ने लागेको छ ।
पहिले-पहिले सुख, दुःख साटासाट गर्ने पर्वका रुपमा मनाइन्थ्यो भने पछिल्ला राजनीतिक गतिविधिका क्रममा यसलाई परिवर्तनको सन्देश र्छर्ने माध्यमका रुपमा पनि मनाइएको जगजाहेर नै छ । त्यसैले मैले भन्न खोजेको के भने तीजले समाज परिवर्तनका सन्देश सँगसँगै नारी अधिकार, न्याय, शिक्षा, स्वास्थ्यका सन्देश फैलाउने गतिलो माध्यमका रुपमा यसलाई मनाउनर्ुपर्छ जस्तो लाग्छ । समाजमा महिलामाथि हिंसा भइरहेको छ । दर्ुर्व्यवहार, बेचविखन, बलात्कारका घटना अहिले पनि छरपष्ट देखिन्छन्, सुनिन्छन् । त्यसैले अब यी कुसंस्कार, अपराधका विरुद्ध सचेतना फैलाउने गरी हाम्रा पर्वहरु केन्द्रित हुनर्ुपर्छ जस्तो लाग्छ ।
खासगरी तीज पर्वमा गीत संगीतले स्थान पाउने भएकाले गीतसंगतिकै माध्यमबाट महिला अधिकारका कुरालाई बढी उठाउन जरुरी छ किनकि तीजमा सबैखालका महिला एकैथलोमा आउने गरेको पाइएको छ । त्यस्तो अवसरमा हामीले तीजलाई सकारात्मक सन्देश दिने माध्यमका रुपमा बढी प्रयोग गर्नुपर्छ जस्तो लाग्छ । अर्को कुरा राज्यकै पैसा लगाएर तीज महोत्सव गर्ने काम भइरहेका छन् । त्यो गलत काम हो । गाविस, जिविस, नगरपालिका वा अन्य सरकारी स्तरबाट तीज महोत्सवका नाममा तडकभडक गरिन्छ तर तिनै महिला कति शोषित, पीडित छन् उनीहरुको अधिकारका लागि त्यो रकम खर्च गरिनर्ुपर्छ भन्ने मेरा भनाइ हो ।

भड्किलो व्यवहारमा सुधार हु“दै गएको छ
पुनम सर्ेपाइली
अनेमसंघ क्रान्तिकारी दाङकी अध्यक्ष
तीज नारीहरुको पर्व हो । परम्परादेखि नै मनाइ“दै आइएको छ । त्यही समाजमा बस्ने भएकाले हामीजस्ता राजनीतिक व्यक्तिहरुले पनि त्यसैगरी मनाइरहेका छौं । तर मेरो विचारमा तीजलाई नाच,गान गर्दै व्रत बसेर श्रीमान्को आयु लव्याउने असम्भव कुरा भन्दा यसलाई सामूहिक छलफल, वार्ता गरेर मनाउनर्ुपर्छजस्तो लाग्छ ।
महिलाका समस्या के हुन् – समस्या कसरी आउँछन्, कसरी समस्याको समाधान गर्ने र कसरी महिलाहरुको अधिकार सुनिश्चित गर्ने कुरामा अझ बढी छलफल गर्नु राम्रो हो जस्तो लाग्छ मलाई । हुन त अर्को हिसाबले यस्ता छलफल त वर्षौभरी गरिन्छ पर्वमा हाँसो, रमाइलो गरांै न भन्ने पनि होला तर समस्यै समस्यामा गरिने रमाइलोको अर्थ के रह्यो र – त्यसैले तीजलाई अधिकारमुखी पनि बनाउनर्ुपर्छ जस्तो लाग्छ मलाई ।
हुन त पोहर भन्दा अहिले तीज पर्व मनाउने सर्न्दर्भमा धेरै कुरा सुदृढ हुँदै गएका छन् । महिलालाई उपभोग्य बस्तुको रुपमा प्रयोग गर्ने गतिविधिदेखि भड्किलो गतिविधि पनि क्रमशः सुदृढ हुँदै गएको छ । मुख्य गरी तीजलाई कसरी रचनात्मक बनाउन सकिन्छ भन्नेतिर सबैको ध्यान जान जरुरी छ । एकातिर सांस्कृतिक पक्षको संरक्षण र अर्कोतिर महिलाको अधिकारका पक्षलाई पनि तीजपर्वमा निकै महत्वका साथ उठाउनर्ुपर्छ जस्तो लाग्छ । यति हँुदाहँुदै पनि समाजमा दर्ुइवटा वर्ग विद्यमान छ । केही समस्या छन् ।
एउटा वर्गले महिलालाई उपभोग्य वस्तुको रुपमा लिने र महिलालाई गरगहना, महंगा कपडाले सुसज्जित बनाएर सौर्न्दर्यको मजा लिनेहरु पनि छन् भने अर्को वर्ग पर्वलाई पर्वकै रुपमा सकिनसकी मनाउनेहरु पनि छन् । यसले गर्दा हुनेखाने वर्गले सधै वचर्श्व कायम गर्ने र हुँदाखानेका अगाडि रवैया देखाउने प्रवृत्ति छ । यो खतरनाक छ । त्यसैले यी दुबै वर्गको समायोजन, सुमधुर सम्वन्ध कायम गर्नेगरी पर्व मनाउन जरुरी छ । त्यसका लागि राज्यले पनि यसपालि तीजलाई तडकभडक बनाउनेलाई कारवाही गर्ने भनेको छ । त्यसमा हामी राजनीतिक व्यक्तित्वको हैसियतले सहयोग गर्ने, सचेतना फैलाउने काम गर्नेछांै भने स्थानीय प्रशासनले पनि त्यस्ता गतिविधिको अनुगमन, मूल्यांकन र गलत गर्नेहरुलाई कारवाही गर्न तयार हुनर्ुपर्छ ।

भेटघाटलाई प्राथमिकता दिनर्ुपर्छ
मञ्जु बज्राचार्य
दाङ उवासंघकी सदस्य
खासगरी नारीहरुको पर्व तीज हाम्रै घरआँगनमा आइसकेको छ । त्यसैअनुसार गाउँघरमा चहलपहल पनि बढेको देखिन्छ । यसलाई आ-आफनो गच्छेअनुसार मनाउनु सबैभन्दा राम्रो हुन्छ किनकि हुनेखाने र हुँदाखाने सबैको हो पर्व । यसमा कसैलाई यसरी मनाउनै पाउँदैनस भन्न पनि अलि अप्ठेरो छ तर एउटा कुरा के हो भने हुनेखानेको तडकभडकले हुँदाखानेलाई आत्मग्लानी लाग्ने वातावरण ल्याउन भने पाइँदैन । पर्व भनेको खुशीका साथ मनाउनर्ुपर्छ । धनीका कारणले गरीवलाई अप्ठेरो पार्नु भने हुँदैन । समाजमा पच्ने खालको गतिविधि, लवाइखवाइ गर्दा सबैलाई राम्रो हुन्छ । तर, तीज भन्नेबित्तिकै महंगा लुगा, गहना देखाउने पर्वजस्तो गराउनु हुँदैन ।
वास्तवमा तीज दिदीबहिनीबीच सुखदुःख शेयर गर्ने, रमाइलो गर्ने अवसरका रुपमा लिनर्ुपर्छ । मेरो विचारमा तीजलाई अरुभन्दा भेटघाटलाई प्राथमिकता दिनर्ुपर्छ जस्तो लाग्छ । काममा सधै व्यस्त हुनर्ुपर्छ । काम नगरे के खाने – त्यस कारण वर्षा एकपटक मात्रै भए पनि दिदीबहिनी एकैथलोमा जम्मा भएर पीर, व्यथा, हाँसो साटासाट गर्न सक्यो भने पर्वको औचित्य पूरा हुन्छजस्तो लाग्छ मलाई । यति हुँदाहुँदै पनि कहींकतै तीज भड्किलो भइरहेको देखिन्छ । यस्तो गतिविधि ठीक होइन । मेरो व्यक्तिगत सन्देश के छ भने पर्वलाई कपडा, गहना देखाउनैपर्नेजस्तो गरी नबिगारौं । सबैले मिलेर घरमा पालैपालो दर पकाउने, खाने गरौं ।
घरबाहिर गएर दरखाने कुरा राम्रो त होइन तर कसैले गरिहाल्छ भने नगर भन्न पनि सकिदैन किनकि पुरुषहरु वर्षौभरी होटलमा गएर खाँदा कसैले नदेख्ने महिलाहरु एकदिन होटलमा दर खाँदा सबैको टाउको दुखाइको विषय किन बन्ने – भन्ने प्रश्न पनि आउने गर्छन । तर्सथ आ-आफ्नै गच्छे अनुसार साथी, इष्टमित्र, दिदीबहिनी मिलेर तीजलाई तीजकै रुपमा मनाउनर्ुपर्छ ।
अन्तर्वार्ताकार ः जे.एन.सागर

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top