Free songs
Home / अन्तर्वार्ता / स्पोर्टस् स्कूल स्वास्थ्य, शिक्षा र अनुशासनका लागि पनि हो

स्पोर्टस् स्कूल स्वास्थ्य, शिक्षा र अनुशासनका लागि पनि हो

शरण थापा, अध्यक्ष- स्कूल स्पोर्टस् फूटबल एकाडेमी तुलसीपुर, दाङsaran
स्पोर्टस् स्कूल एकाडेमी औपचारिक कि अनौपचारिक –
यो अनौपचारिक कक्षा नै हो । औपचारिक हुनलाई त त्यही किसिमको पाठ्यसामग्री, शिक्षक र भौतिक संरचना चाहिन्छ । नेपालमा, त्यो पनि दाङमा औपचारिक स्पोर्टस् स्कूल कसले देला र – हाम्रो समाज नै खेलकूदप्रति त्यति सकारात्मक छैन । झन् औपचारिक कक्षाको त कल्पना नै गर्न सकिदैन । खेल खेल्ने भन्दाखेरि अभिभावकहरुले नै बच्चाहरुलाई रोक्ने समाजबाट निस्केका नीति निर्माताहरुले औपचारिक स्पोर्टस् स्कूलको कल्पना कसरी गर्लान् र – त्यसैले हामी पर्ूव खेलाडीहरुले समाजका लागि, नयाँ पुस्ताको भविष्यका लागि केही गरौं भन्ने लागेर अनौपचारिकरुपमा भए पनि बालबालिकाहरुलाई फूटबलको ज्ञान, सिप दिने जमर्को गरेका हौं ।
फूटबल स्पोर्टस् स्कूल नै किन – राज्यले प्रशिक्षण दिइरहेको छैन र –
यो हामीजस्ता पर्ूव फूटबलरहरुको पीडाको उपज हो । दाङमा राम्रा फूटबलरहरु छन् । तर उनीहरुको विकास, अवसर, थप सिकाइका लागि राज्यले केही गर्न सकेन । त्यसमा हाम्रो दाडमा झन् राम्रो खेल्ने भन्दा पनि पहुँचको भरमा अवसर दिने प्रवृत्ति धेरै छ । म तपाइँलाई नढाँटेर भन्ने हो भने एन्फाले दिएको अवसरलाई पनि यहाँका नेतृत्वले बीचमै तुहाइदिन्छन् । माथिबाट फूटवल खेल्ने अवसर आउँछ तर यहाँ सम्वन्धित खेलाडीलाई जानकारी दिइँदैन । जब खेल सकिन्छ अनि मात्रै त्यो म्यासेज दिने र अवसरबाट बञ्चित गर्ने काम भइरहेको छ । त्यसको भुक्तभोगी म पनि हुँ । यस्ता पीडा हामीजस्ता पर्ूव खेलाडीहरुले हजारौं पटक खर्चेका छांै । जसले गर्दा दाङमा खेलाडी नै छैनन् भन्ने अन्यत्रका जिल्लाहरुमा परेको छ । यहाँसम्म कि कहिलेकाहीं प्रशिक्षणमा जाँदा हामीलाई हेप्ने प्रवृत्ति छ । दाङमा खेलाडी नै छैनन् तपाई कहाँबाट हो भन्छन् र लज्जित बनाउँछन् । दाङ भने पछि निकै हेपिएर खेल्नर्ुपर्छ । यही पीडा खेप्नेहरु जतिपनि पर्ूवखेलाडीहरु छांै हामी सबैलाई लाग्यो कि हामी जसरी हेपियौं नयाँ पुस्तालाई त्यसरी हेपिन नपरोस भनेर फूटवल स्पोर्टस् स्कूलको स्थापना गरिएको हो । अझ खुलस्त भन्ने हो भने दाङ अब फूटवलको उर्बर क्षेत्र हो भन्ने बनाएर देखाउने लक्ष्य हो किनकि हामीले जुन हेपाइ खेपेका छौं त्यसको सकारात्मक बदला लिने हाम्रो योजना छ ।
बदला लिने –
हामीले भोग्नुपरेका पीडा सम्झदा यस्तो बदला लिने भनिएको हो । तर, फेरि यो सकारात्मक बदला हो । त्यो कसरी भने हामीले हिजो फूटवलको प्रशिक्षणका अवसर मात्र होइन एउटा बल किन्ने पैसा पाउँदैनथ्यौं । यति हुँदाहँुदै पनि हामी राष्ट्रिय/अन्तर्रर्ााट्रय गेम खेल्न पुग्यौं तर त्यसले निरन्तरता पाउन सकेन । तर, नयाँ पुस्तालाई हामी यी सबै अवसरबाट बञ्चित गर्नेछैनौं । बल नभएर गेम खेल्न नसक्ने अवस्था आउन दिदैनौं । आफूले भोगेका, जानेका सिप निःशुल्क नयाँ पुस्तामा हस्तान्तरण गरेर सशक्त टिम तयार गर्नेछौ । जसले राष्ट्रिय /अन्तर्रर्ााट्रय क्षेत्रमा तहल्का मच्चाउने छ । फूटवल भन्नाविबत्तकै दाङको नाम अग्रस्थानमा आउने अवस्था ल्याएर जिल्ला र अन्ततः देशको नाम राख्ने खेलाडि उत्पादन गर्नेछौ । हाम्रा खेलाडी अबको ५ वर्षभत्र ए डिभिजन क्लवहरुमा आवद्ध भएका हुनेछन । यो हाम्रो प्रतिज्ञा हो । केही दिनमै एन्फाको प्रशिक्षणमा हाम्रा ५ खेलाडी काठमाडौ जाँदैछन् । यसले पनि हामीलाई झन् हौसला थपिएको छ । दाङमा खेलाडी नै छैनन भन्ने जुन हेपाइ खेप्नुपथ्र्यो उनीहरुकै मुखबाट दाङ सशक्त छ भन्ने सुन्ने अवस्था ल्याउने योजना हो ।
खेलाडि उत्पादन गर्ने उद्देश्य मात्रै हो स्पोर्टस् स्कूलको –
त्यति मात्रै होइन । हामीले जुन पीडा भोग्यौं त्यो पीडा कुनै पनि काम गर्दा अगाडि आएको मात्रै हो । खेलाडी छैनन् दाङमा भन्ने भ्रमलाई चिर्न मात्रै होइन यस एकाडेमीले दक्ष फूटवलर, नैतिकवान नागरिक र अनुशासित खेलाडि उत्पादन गर्ने उद्देश्य पनि हो । दाङमा पहिले कति धेरै टर्ुनामेन्ट हुन्थे । अहिले ती टर्ुनामेन्टहरु हराएर गए । यो हराउनुको प्रमुख कारण खेलाडीहरुमा हराउँदै गएको अनुशासन हो । खेल जित्नकै लागि हो भन्ने भ्रम छ । जित्नर्ैपर्छ नजिते खेलाडीहरुमै इगो साध्ने प्रवृति पनि छ । यस्ता अनुशासनहीन गतिविधिले टर्ुनामेन्ट आयोजना गर्ने आयोजकहरुले कार्यक्रम बन्द गर्दै गएका छन् । दाङमै अनेरास्ववियुले नेत्र स्मृति फूटवल प्रतियोगिता वर्षोनी गर्दै आएको थियो तर त्यहाँ खेलाडीहरु उग्र, अराजक हुदै जाँदा प्रतियोगिता बन्द गरिएको छ । त्यसकारण हामीले खेलाउने बच्चाहरु भविष्यमा खेलाडी नबन्न पनि सक्छन् तर अनुशासित भयो भने जुन क्षेत्रमा गए पनि ऊ टिक्न र विक्न सक्छ । त्यसैले हामीले फूटबल खेल्ने तरीकासँगै उसलाई नैतिक शिक्षा, अनुशासनका टिप्सहरु पनि दिन्छांै । हामी दावीका साथ भन्छौं हाम्रा विद्यार्थी अरुभन्दा फरक अहिले पनि छन् । कोही रिसाएको पाउनुहुन्न । हाँसीखुशीका साथ खेलिरहेका छन् ।
नैतिकवान बनाउन त गाह्रो होला नि –
हो, गाह्रो छ । तर यो सजिलो पनि छ । आमा धराउँदैे गाली गरेर बच्चालाई नैतिकवान बनाउन सकिदैन । उनीहरुलाई नैतिकवान् गराउन आफू पनि नैतिकवान् र नम्र भएर उनीमाथि व्यवहार गर्नुपर्छ । मैले माथि पनि भनंे हाम्रा खेलाडी भविष्यमा फूटवल खेल्नै नसक्लान् तर एउटा नैतिकवान् नागरिक अवस्य हुनेछन् । हामीले अरनिको मैदानमा प्रशिक्षण दिइरहेका छौं । स्पोर्टस् एकाडेमी आउँदा उच्छृङ्खल विद्यार्थी अहिले गुरुसम्मान, आफूभन्दा अग्रजको सम्मान र सानालाई गर्ने माया तपाइँ देख्न सक्नुहुन्छ । हामीले गफ दिएजस्तो होला तर उनीहरुलाई साँच्चिकै सभ्य नागरिक बनाएरै छाड्छौ । त्यसका लागि उनीहरुमाथिको व्यवहार नै मुख्य कुरा हो । झोक्किएर, गालि वेइज्जती गरेर वा दण्ड गरेर कुनै पनि बच्चा नैतिकवान् हुन सक्दैन । बरु उसमा बदलाभाव उत्पन्न हुनसक्छ । यहाँसम्म कि हामीले हाम्रो एकाडेमीमा आउने विद्यार्थी पढाइमा पनि उत्कृष्ट बनाउँछांै । पढाइ भएन भने केही पनि छैन । विभिन्न अनुभव सेयर गर्र्छौं । विद्यार्थीहरु सरासर स्पोर्टस् एकाडेमी आएर फ्ेरि क्लास सकियो भने सरासर घरमा जान भनेका छौं । उनीहरु गइरहेका पनि छन् ।
खेल खेल्ने भन्दा अभिभावकले पनि हप्काउँछन् एकाडेमीमा विद्यार्थी कसरी आउँछन् त –
खेल भनेपछि राम्रो काम होइन भन्ने जुन समाजमा प्रभाव छ त्यही प्रभावलाई चिर्ने एकाडेमीको प्रयास हो । फेरि त्यस्तो भावना सबै अभिभावकमा छैन । तुलसीपुर दाङको सबैभन्दा कुलतमा फसेको बजार हो । यहाँका अधिकांश अभिभावकलाई बच्चालाई कुलतबाट कसरी जोगाउने भन्ने चिन्ता छ । यस्तो अवस्थामा हामीले दिने नैतिक शिक्षा, अनुशासन र फूटवल खेल्ने सिपले ठूलो काम गरेको छ । अभिभावकहरुले हामीलाई पत्याउनु भएको छ कि त्यहाँ ज्ञानगुनका कुरा सिकाइन्छ र बच्चा गलत बाटोमा जाँदैन भन्ने । हामीले कुलतबाट जोगाउने जमर्को गरेका छांै । बच्चाहरुलाई शिक्षा, स्वास्थ्य र अनुशासनले योग्य बनाउन सकियो भने भोलि दाङका लागि इज्जतको कुरा हुनेछ भन्ने हामीलाई लागेको छ । हुन त हामीसँग विद्यार्थी दर्ुइघण्टा मात्रै रहन्छन् । तर पनि त्यो दर्ुइघण्टा बच्चाहरुका लागि महत्वपर्ूण्ा बन्नेछ । अहिले हामीसँग ६० जना विद्यार्थी छन् । १२ देखि १८ वर्षउमेरका ती बच्चाहरुलाई योग्य खेलाडी, योग्य नागरिक बनाउने अभियान भएकाले साथ पनि सबैले दिनुभएको छ ।
फूटबल खेल्ने रुचि नै नभएकाहरुलाई एकाडेमीमा प्रवेश पाउने सम्भावना कत्तिको हुन्छ –
हामीले कसैलाई प्रवेश दिने कसैलाई नदिने भन्ने कुरै आउँदैन । जोसुकै पनि आउनसक्छ । रह्यो खेल्ने रुचि नै नभएकाहरुलाई कसरी प्रवेश दिने भन्ने कुराले खासै अप्ठेरो पर्दैन किनकि फूटवल भन्ने बित्तिकै मल्टी प्रपोज गेम हो । फूटवल खेल्ने खेलाडी भविष्यमा राम्रो धावक भएर निस्कन सक्छ । क्रिकेट खेल्नसक्छ । एथ्लेटिक्सका अन्य इभेन्टस्मा दरिलो भएर उत्रिन सक्छ । त्यस कारण फूटवलमै रुचि हुनर्ुपर्छ भन्ने होइन । त्यो भन्दा महत्वपर्ूण्ा कुरा त के हो भने खेल स्वास्थ्यका लागि हो । यही कुरा बुझाउन सकिएको छैन । खेल जित्न वा हार्नका लागि मात्रै होइन खेल राम्रो स्वास्थ्य र दर्ीघ जीवनका लागि पनि हो । त्यसैले पनि एकाडेमी आउने कुनै रुचि, कुनै दायराभित्र बसेर होइन खुल्ला दिलले आउने र सके राम्रो फूटवलर बन्ने नभए योग्य, नैतिकवान नागरिक बन्ने ।
दाडमा फूटबलको अवस्था कस्तो छ –
साह्रै दयनीय अवस्था छ । घोराहीमा युएनविसी र केही दर्ुइ चारवटा क्लवबाहेक करीव यो खेल गाउँघरमै सीमित छ । नियमित गर्दै आएका टर्ुनामेन्ट पनि हुन छोडे । सरकारीस्तरबाट पनि यस्ता गेमको आयोजना अत्यन्त कम हुन्छन् । त्यो भन्दा पनि साँच्चिकै खेल्ने खेलाडी कता छ कता – उग्र भिडलाई गेम खेलाउने प्रयास ठाउँ- ठाउ“मा भएका छन् । यसले राम्रो रिजल्ट दिदैन । सरकारी तलव खाएर फूटवलका गुरु पनि नियुक्त भएका छन् तर जतिबेला गेम आयोजना गरिन्छ त्यसको एकहप्ता अघि मात्रै प्रशिक्षण दिने चलन छ । खेल एकदिन खेलेर हुँदैन यो त निरन्तर खेल्ने चिज हो । हाम्रो दाङमा एकहप्ता अघि भाषण छाटेर प्रशिक्षण दिइन्छ अनि रिजल्ट शून्य हुन्छ । यति हुँदाहँुदै पनि खेलाडीको मेहनतले दाडमा वि डिभिजन खेल्ने खेलाडीहरु प्रशस्त छन् । उनीहरुको संरक्षण, प्रशिक्षण, अवसरमा कञ्जुस्याँइ भएको छ । त्यही भएर हामीले फूटवल स्पोर्टस् एकाडेमी स्थापना गरेका हौं ।
तर निःशुल्क प्रशिक्षण दिएर दिगो बनाउन सकिन्छ त एकाडेमीलाई –
चुनौतीपर्ूण्ा छ । के सधैभरी निःशुल्क चलाउन सकिएला त – भन्ने विषयमा हामीले छलफल पनि गर्र्छौं । हाललाई त हामी केही पर्ूवखेलाडीहरुले नै पैसा उठाएर ४० वटा बल, कोणआदि सामग्री खरीद गरेर चलाएका छांै । तर पछि पनि चल्ला त – आम शुभचिन्तकहरुले गर्ने प्रश्न हो यो । तर हामी के निष्कर्षा पुगेका छौं भने हामीहरुलाई पैसा चाहिएको छैन । हामीलाई दाङको इज्जत चाहिएको छ । त्यो भनेको दाङवासीकै इज्जतको कुरा हो भने एकाडेमी पनि निःशुल्क रुपमा दिगो व्यवस्थापन पनि हुन्छ भन्ने लागेको छ । आर्थिक लाभका लागि गरिएको भए के भन्न सकिन्थ्यो र तर यो समग्र दाङवासीको मान र शानका लागि हो त्यो पनि भावी पुस्तालाई फूटवलमा दक्ष बनाउने काममा पैसाले रोक्ला भन्ने हामीलाई लागेको छैन । केही खर्च व्यवस्थापन गर्न भर्खरै पर्ुवखेलाडी वीरुभाई बज्राचार्यको फिल्म वीरको च्यारिटी शो गरेका छौं । हामीलाई यस्तो लागेको छ कि भोलि यही समाजले हाम्रा बालबालिकाका लागि आर्थिक भार व्यहोर्ने छ । अवश्य पनि यहाँका उद्योगी, व्यवसायी, सामाजिक संघसंस्थाहरुले ती बालबच्चाहरुको भविष्यका लागि योगदान गर्नुहुनेछ ।
महिला फूटवलरको सम्भावना छैन दाङमा –
दाङजस्तो खेल र खेलाडीको सम्भावना भएको जिल्ला सायद अरु छैनन् होला । तर यहाँ वातावरण छैन । त्यो वातावरण सिर्जना गर्न हामी लागेका छौं । शुरुवाती काम भएकाले हाम्रो एकाडेमीमा अहिले जेन्समात्रै छन् । तर हामीले निकट भविष्यमै लेडिजहरुका लागि पनि कक्षा शुरु गर्नेछौं । हामीलाई खर्चको अभाव भएकाले एकैचोटी त्यो सम्भव नभएको हो । फेरि पुरुष र महिला एउटैमा खेलाउन गाह्रो हुन्छ । महिलाहरुको पनि छुटटै टिम बनाएर छिटै प्रशिक्षण आरम्भ गर्ने योजना छ । यहाँको त प्रकृतिले पनि साथ दिएको छ । भौगोलिकरुपमा दाङजस्तो अन्यत्र छैन किनभने पहाडमा फूटवल खेल्ने ठाउँ छैन जहाँ भलिवल मुस्किलले खेलिन्छ । तर्राईका केही ठाउँमा पानी परेर क्रिकेट खेल्न नबन्ने अवस्था छ तर दाङमा जतिबेला पनि जुनसुकै खेल खेल्न सकिन्छ । व्याड्मिन्टन त यहाँ सय भन्दा धेरै कोर्डहरु होलान् । सबैभन्दा धेरै दाङमा व्याडमिन्टन खेलिन्छ तर नतिजा त शून्य नै छ किनकि सबैजसो खेल स्वास्थ्यका लागि मात्रै खेलिन्छन् ।
एकाडेमीको कक्षा कहाँ चल्छ –
यो कुनै ठूलो संस्था होइन । निःशुल्क प्रशिक्षण दिने भएकाले हाम्रै ग्राउण्ड छैन । तर्सथ तुलसीपुरकै अरनिको मैदानमा यसको कक्षा सञ्चालन भइरहेको छ । दैनिक बेलुका ५ देखि ७ बजेसम्म कक्षा चलिरहेको छ । अहिले विद्यार्थीहरुलाई हामीले कोर्टमा हालेका छैनौं । अन्य सीप सिकाउँदैछांै । तर व्यवस्थित कोर्टका लागि नगरपालिकालगायतका सम्वन्धित निकायलाई आग्रह गरेका छांै । उहाँहरु सकारात्मक हुनुहुन्छ ।
नयाँ भर्ना वर्षोनी हो कि जतिवेला मनलाग्यो उतिबेलै हुन्छ –
वर्षोनी भनेर शैक्षिक सत्रजस्तो त हुँदैन तर फेरि जहिले मन लाग्यो उहिले पनि हुँदैन । हामीले हाम्रो म्यानपावरले भ्याएसम्म विभिन्न टिम तयार गरी काम गर्ने हो । खासगरी हाम्रा बच्चाहरु १२ देखि १८ वर्षउमेरका छन् । हाम्रो टार्गेट अन्डर १६ र अन्डर १८ कालागि हो । त्यसपछि राष्ट्रिय /अन्तर्रर्ााट्रय गेम खेल्नसक्ने हुँदासम्म बच्चाहरुलाई शिक्षित गर्ने हो । त्यसमा थप हुँदै जान्छन् ।
मेहनत गरेर खेलाडि उत्पादन गर्दै हुनुहुन्छ खेल खेलेर बाँच्न सकिन्छ र –
अवश्य पनि सकिन्छ । हाम्रो पालाको जस्तो छैन अहिले । राम्रो खेल्नेहरुको भविष्य पनि राम्रै छ । सर्ुर्खेतको एकजना भाई अहिले मलेशियाको क्लवमा खेल्न गएका छन् । उनले मासिक ३ लाख तलव पाउँछन् । मासिक ३ लाख तलव खाने नेपालमा कुन कर्मचारी छन् – त्यसैले खेल खेलेर बाँच्न सकिदैन भन्ने होइन तर खेल राम्रो खेल्न सक्नर्ुपर्छ । दक्ष, अनुशासित खेलाडीलाई नेपालमा मात्रै होइन विदेशी क्लवमा पनि ठाउँ छ । नेपालमा खेलाडीहरुले राम्रो वातावरण पाउन नसकेको अवस्था साँचो हो र बाँच्न पनि धौ धौ होला । तर उत्कृष्ट खेल्ने खेलाडीले भोकै मर्नुपरेको पनि छैन होला । नेपालका खेलाडी अनुशासित छैनन् । त्यही भएर समस्या भएको हो । म मात्रै खेल्नसक्छु भन्ने घमण्ड पालेर खेलकूदमा टिक्न सकिदैन । नेपाली खेलाडी अधिकांशमा नमूना अनुशासन छैन । त्यही भएर उनीहरुलाई छाक र्टार्न धौ पनि भएको होला तर जो दक्ष, अनुशाीसत छन् उनीहरु विदेशमा गएर पनि राम्रै आम्दानी गर्दै खेल्दै गरेका छन । हाम्रै दशरथ रंगशालामा हर्ेर्नुस् न कस्तो अराजकता देखिन्छन प्रतियोगिता चल्दै गर्दा । हार र जितका लागि खेल खेलिन्छ तर जित्नका लागि मात्रै खेल हुँदैन । हारलाई सहर्षस्वीकार्नुपर्छ र अगाडि बढ्नर्ुपर्छ । त्यो संस्कार नहुँदा नेपालीलाई समस्या भएको हो ।
खेल र संस्कार सिकाउने एकाडेमीले बजार मात्रै कि गाउँ-गाउँमा पनि सिकाउँछ –
केन्द्र बजारमा छ तर विद्यार्थी प्राय सबै गाउँका छन् । अहिले पढाइको सिलसिलामा बजारमा बसेका होलान् तर जति पनि हामीसँग आवद्ध बच्चाहरु छन् ती सबै गाउँका नै हुन् । यो भनेर फेरि हामीले गाउँमा हर्ेर्दै नहर्ेर्ने होइन । अहिले गाउँमै गएर सिकाउने म्यानपावरको अभावले सकेका छैनौं । हामीसँग ६० जना विद्यार्थी यहीं छन् उनीहरुलाई ध्यान दिनुपर्ने हुन्छ । गाउँका विभिन्न ठाउँबाट माग पनि भएको छ । तर यहाँ हामीले सिकाउने विद्यार्थीहरु अलि परिपक्व भए भने एक दर्ुइ दिनका लागि गाउँ गएर प्रशिक्षण दिन सकिन्छ । हाम्रो योजना नै गाउँबस्तीका बच्चाहरुलाई खेलाडी बनाउने हो । गेम खेल्ने स्ट्रङ बोडी चाहिन्छ । गाउँमा दैनिक काम गरेर बलिया भएका बच्चाहरुले अझ राम्रोसँग फूटवल खेल्नसक्छन् । त्यसैले हामी गाउँकेन्द्रित हुनेछांै ।
अन्त्यमा केही भन्नु छ –
स्पोर्टस् स्कूल फूटवल एकाडेमी दाङका बच्चाहरुको शारीरिक, मानसिक, स्वास्थ्य, शैक्षिक र अनुशासन र खासगरी कुलतबाट जोगाएर दक्ष खेलाडी उत्पादन गर्ने साझा संस्था हो । अहिले पर्ूवखेलाडीहरुबाट सञ्चालन गरिएको छ । भविष्यमा सबैको सहयोगले मात्रै यसले लक्ष्य हासिल गर्नेछ । दाङवासीहरुको सहयोगबिना दाङमा खेलाडी उत्पादन हुने अवस्था छैन । दाङमा राम्रा खेलाडी उत्पादन गरी शिर उचो राख्ने हो भने तपाईँरुको एक-एक थोपा सहयोगले ठूलो काम गर्नेछ । आउनुहोस् आम दाङवासीहरु हातेमालो गरेर दाङको शानका लागि काम गरौं ।
अन्तर्वार्ताकार ः जे.एन. सागर

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top