Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्राधिकरणका प्रवन्ध निर्देशक पक्राउ

प्राधिकरणका प्रवन्ध निर्देशक पक्राउ

काठमाडौं, ४ भदौ -युस)- विद्युत ट्रान्सर्फमर खरीद प्रकरण्ँमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक रामेश्वर यादव गिरङ्खतार भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहितका उच्च अधिकारीलाई मंगलवार गिरङ्खतार गरेको हो ।
यादवसहित योजना प्रमुख कृष्ण्ँबहादुर थापा, इञ्जिनियर प्रमोद रिजाल, पर्ूवमहाप्रवन्धक चिरञ्जीवी शर्मा पौडेल, अवकाशप्राप्त कार्यकारी निर्देशक डा. जीवेन्द्र झा, अवकाशप्राप्त उपकार्यकारी निर्देशक टीकाराम बीसी र लेखाका उपनिर्देशक कृष्ण्ँबहादुर केसी पक्राउ परेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार ११ औं तहमा कार्यरत देव शर्मा पौडेल, वितरण्ँ तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल र विद्युत विकास आयोजनाका पर्ूवसंयोजक महेशप्रसाद आचार्यलाई पनि आयोगले हिरासतमा राखेर थप अनुसन्धान शुरु गरेको छ । आयोगले प्राधिकरण्ँको ट्रान्सर्फमर खरीदमा अनियमितता भएको भन्दै १२ जना उच्च अधिकारीलाई पक्राउ गरेको थियो । तीमध्ये १० जना प्राधिकरण्ँका अधिकारी छन् भने दर्ुइजना ट्रान्सर्फमर आपर्ूर्ति गर्ने चिनिया“ कम्पनी हुबर्ेइका अधिकारी छन् । प्राधिकरण्ँले २०६४ सालदेखि ६८ सालसम्म खरीद गरेका करीव ५ हजार गुण्ँस्तरहीन ट्रान्सर्फमरमा ४ अर्ब रुपैया“ घोटाला भएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
अध्यागमनका कर्मचारी पनि पक्राउ
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीस“ग घूस लिएको भिडियोसहित अध्यागमन विभागका कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा शाखा अधिकृत र्सर्ूयप्रसाद दाहाल र देव सापकोटा, नासु प्रदीपप्रसाद लामिछाने, नासु विश्वराज खरेल र कार्यालय सहायक जयनारायण्ँ नापित छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top