Free songs
Home / समाचार / प्रमुख समाचार / गाडीसहित कार्यालय प्रमुख वेपत्ता

गाडीसहित कार्यालय प्रमुख वेपत्ता

लोकेन्द्र खनाल
रुकुम, ४ भदौ । जिल्लामा रहेको एक सरकारी कार्यालयका प्रमुख एक महिना अघिदेखि कार्यालयको गाडी लिएर बेपत्ता भएका छन् ।
मध्यपश्चिम सिंचाई डिभिजन कार्यालय रुकुमका
प्रमुख नियाज वारिस कार्यालयको गाडी लिएर गएको एक महिनासम्म पनि कार्यालयमा नफर्किदा कार्यालयको काममा असर परेको छ । गत आर्थिक वर्षा काम सकिएलगत्तै साउनको पहिलो हप्ता सर्ुर्खेतमा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका कार्यालय प्रमुख वारिस हालसम्म कार्यालयमा फर्किएका छैनन् । कार्यालयको सरकारी बा १ झ ५३०७ नम्बरको गाडी लिएर सर्ुर्खेत गएका प्रमुख वारिस कार्यालयको सरकारी गाडी भैरहवामा रहेको आप\mनो घरमा थन्काएर त्यतै बस्नुभएको छ ।
कार्यालय प्रमुख वारिसले यसअघि पनि कार्यालयको काम भन्दै तीन महिनासम्म विदामा घरमा बस्ने गरेको कार्यालयका एक कर्मचारीले बताए । तीन महिनापछि कार्यालयमा हाजिर भएका वारिस थोरै कार्यालयको काम बोकेर शहर गएका थिए । कार्यालयका सवारी चालक अमृत रसाइली भने गाडी हाकिमको घरमा थन्काएर आप\mनो घर सल्यानमा आएर बसिरहेका छन् । कार्यालयको गाडीलाई वारिसले निजी बनाएर घरमै लैजा“दा पनि जिल्ला प्रशासन कार्यालयले कुनै चासो नदिएको भन्दै सिंचाई कार्यालयकै कर्मचारीले आर्श्चर्य व्यक्त गरेका छन् ।
अहिले सिंचाई कार्यालयमा निमित्त कार्यालय प्रमुखको रुपमा सवइन्जिनियर लोकेन्द्र कठायतले कार्यालय सञ्चालन गर्दै आउनुभएको छ । केही दिन पहिला जिल्लामा आएका कार्यालयका नया“ इन्जिनियर मनिष महर्जन नया“ कार्यक्रम स्वीकृतिका लागि विभागतिर जानुभएको छ । कार्यालयमा कर्मचारीहरु नभएपछि दैनिक कामकाजमा निकै समस्या परेको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top