Free songs
Home / अन्तर्वार्ता / गढवालाई विकासको मूलद्वारका रुपमा स्थापित गर्नेछौं

गढवालाई विकासको मूलद्वारका रुपमा स्थापित गर्नेछौं

युवराज पोख्रेल, अध्यक्ष- गढवा उद्योग वाणिज्य संघyoub
गढवा उवासंघ किन –
गढवा दाङको उपेक्षित क्षेत्र मानिन्छ र हो पनि । तर, हामीले यस क्षेत्रको विशिष्टता जिल्लाको भन्दा फरक देखेका छौं । यो आप\mनै किसिमको विशेषता बोकेको क्षेत्र भएकाले यहाँको आर्थिक, सामाजिक, व्यापारिक र भौगोलिक विकासका लागि केही गर्नुपर्छ भन्ने भावनाले यहाँका व्यापारी संगठीत भएका हौं । खासगरी गढवा क्षेत्रमा रहने ठूला साना व्यवसायीहरुको हक अधिकारका लागि यो संघको आवश्यकता परे पनि यसको मूल उद्देश्य भने यस क्षेत्रकै विकास र समृद्धिका लागि हो । भर्खर शुरुवात भएको छ । आधिकारिक रुपमा गढवा उद्योग वाणिज्य संघ गठन भए पनि यसका पर्ूवाधारको विकासको क्रम जारी रहेको छ । त्यसैले पनि सोचेजतिको काम गर्न सकिएको छैन । विस्तारै उद्देश्य अनुसारको कामलाई पर्ूण्ा गर्ने योजना हाम्रो छ । राप्ती नदीदेखि दक्षिणतिरको भाग उर्वर भूमि हो । यहाँ मौसमी तथा बेमौसमी कृषि उत्पादन प्रशस्त हुने गरेका छन् । तर जति उत्पादन भए पनि वस्तुको व्यवसायीकरण गर्न सकिएको छैन । यही समस्यालाई मध्यनजर गर्दै हामीले कम्तिमा उत्पादन गर्ने कृषक र उपभोक्ताबीच पुलको काम गर्ने योजना छ ।
स्थानीय उत्पादनको बजारीकरण हु“दै नभएको हो र –
हँुदै नभएको भन्ने त होइन तर उत्पादित वस्तुको पर्ूण्ा बजारीकरण भएकै छैन । यहाँ कृषकले उत्पादन गरेको वस्तु एैंचोपैंचो गरेर खाने र बढी भएको मलखादमा फाल्ने गरेको पनि पाइएको छ । घरमा उत्पादन भएको बस्तु सक्नेले मात्रै बजारसम्म पुर्‍याउँछन् बाँकी सबै गाउँघरमै बाँडेर सकिन्छ वा त्यसै खेर गएको अवस्था छ । यस क्षेत्रका किसानले बजारसँगको पहुँच स्थापित गर्ने कुरा गाह्रो छ । जस्तो यहाँ अत्यधिक दूध उत्पादन हुन्छ तर त्यो दूध बढीमा दही बन्छ नत्र त्यसै गाउँघरमै खेर गइरहेको छ । केही किसानले मात्रै दूध वा दही बजारसम्म लैजान्छन् । त्यस्तै अन्य स्थानीय उत्पादन पनि छन् ती सबैले उचित बजार पाउन सकेका छैनन् । यी वस्तुको बजारीकरणमा कम्तिमा उद्योग वाणिज्य संघले पुलको भूमिका खेल्न सक्छ कि –
संघ बनाउने मापदण्ड होला नि, कति हुनुहुन्छ व्यवसायी –
हामी दाङ उद्योग वाणिज्य संघको पाँचौं शाखाको रुपमा स्थापना भएका छौं । यसको मापदण्ड पूरा गरेरै स्वीकृति पाएका हौं । रह्यो कति व्यवसायी छन् भन्ने, अहिले गढवा क्षेत्रमा करीव ३ सय ५० बढी साना ठूला व्यवसायी हुनुहुन्छ । यसअघि ९१ जना व्यापारी लमही उवा संघसँग आवद्ध हुनुहुन्थ्यो । अहिले हामी छुट्टएिर आप\mनै क्षेत्रमा संघको स्थापना गरेका छौं । हालसम्म १ सय ७ जना व्यापारी संघमा आवद्ध भइसक्नुभएको छ भने अन्य व्यापारीहरु दर्ता प्रक्रियामा हुनुहुन्छ । संघमा आवद्ध हुनेहरुका लागि जहिले पनि ढोका खुल्ला राखेका छौ । हामीलाई के विश्वास छ भने घरेलु र प्यानमा दर्ता भएका २ सय व्यवसायीहरु संघमा रहनेछन् । यसले सरकारलाई राजश्व वृद्धिमा पनि टेवा मिल्नेछ भने हाम्रो व्यावसायिक अधिकारका लागि एकमत हुने र आइपर्ने समस्या समाधानका लागि पनि सहजता आउनेछ ।
पदमा बस्ने मात्रै हो कि केही काम पनि गर्ने हो –
पदका लागि मात्रै संघ स्थापना गरेका होइनांै । अवस्य पनि यस क्षेत्रको व्यावसायिक विकासका लागि संघ स्थापना भएको हो । यसमा शंका गर्नुहुँदैन किनकि यो संघ स्थापना कुनै व्यक्तिले मात्रै गरेको होइन । यहाँको आवश्यकता महसुस गरेर यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज, व्यापारी, बुद्धिजीवीलगायत आम नागरिकको सहमतिमा गढवा उद्योग वाणिज्य संघको स्थापना गरिएको हो । अर्को कुरा यसमा राजनीतिक दलको सहयोग, साहित्यिक संघसंस्थाको सहयोग, वन तथा वातावरण क्षेत्रको सहयोग, वौद्धिक क्षेत्रको सहयोग भएकाले निर्भीकरुपमा काम गर्नेछ । कुनै पद लोलुपताका लागि मात्रै संघ खोलिएको
होइन । कुनै व्यक्तिको फाइदाका लागि पनि होइन । के राम्रो के नराम्रो काम भन्ने कुराको डिसिजन पावर संघको टिममा छ म दावीका साथ भन्न सक्छु । त्यसैले यो समग्र विकासका लागि र व्यावसायिक हकहितका लागि स्थापना गरिएको हो । हामी भर्खरै स्थापना भएकाले कस्ता गतिविधि सञ्चालन गर्ने भन्ने कुराका योजनाहरु बन्दैछन् । हामी कामको प्राथमिकता निर्धारण गरेर अगाडि बढ्नेछांै ।
प्राथमिकता राजनीति त हुनेहोला –
त्यस्तो हुँदैन । राजनीति नै गर्ने भए त यति धेरै राजनीतिक दलहरु छँदैछन् नि होइन र – कसैले यस्तो सोचेको भए उसलाई सोच्ने अधिकार चाहिँ छ । हामीले राजनीति गर्ने अरु कुनै ठाउँ नपाएर संघ खोलेको होइन । हामी शुद्ध व्यावसायिक हकहित र यस क्षेत्रको विकासका लागि काम गर्न संघको स्थापना गरिएको हो । तपाइँहरु ढुक्क हुनुस् । राजनीतिक दलहरुप्रति आस्था र विचार राख्ने अधिकार जो कसैलाई पनि छ । तर तपाइँले भनेजस्तो राजनीति हाम्रो प्राथमिकताको विषय होइन । हुनेपनि छैन ।
राप्तीदेखि दक्षिणको विकास कसरी गर्न सकिन्छ त –
पहिलो कुरा चेतनाको लहर ल्याउन जरुरी छ । यस क्षेत्रका मानिसहरुमा भन्दा जिल्ला र केन्द्रका मानिसहरुमा त्यो चेतना फैलाउनुपर्ने देखिएको छ । एउटा सामान्य कटुसत्य छ कि जोसुकै अभिभावकलाई घरमा आफूसँगै रहने सन्तानले के खायो भन्दा पनि घर छोडेर टाढा बस्ने सन्तानले के खायो – के लगायो – भन्ने चिन्ता हुन्छ । तर हाम्रो सरकारले केन्द्रकाले पायो कि पाएन – अथवा जिल्लाले पायो कि पाएन भन्ने मात्रै चिन्ता छ । हाम्राजस्ता गाउँका जनताले केही पाए कि पाएनन् भन्ने बिर्सर्ेेे अवस्था छ । जिल्लाले पनि सदरमुकाम वरपर मात्रै देख्छ । राप्तीपारिका जनताले केही पाए कि पाएनन् वा चाहिन्छ कि चाहिँदैन वा तिनीहरुलाई पनि केही दिनर्ुपर्छ भन्ने सोचेको पाइँदैन । त्यसैले गढवा र आसपासको विकासका लागि पहिले जिल्ला र केन्द्रमा बस्नेहरुलाई चेतना फैलाउनुपर्नेछ । गाउँका जनतालाई पनि समस्या पर्छ वा सुविधा चाहिन्छ भन्ने कुराको बोध राम्ररी गराउन सकियो भने यहाँको व्यापारिक सम्भावनालाई थप बलियो बनाउन जरुरी छ । त्यस्तै औद्योगिक क्षेत्रको रुपमा पनि विकास गर्ने सम्भावना छ । यति मात्रै होइन शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षाले सम्पन्न गराउन सक्ने हो भने यो क्षेत्र सुन फल्ने ठाउँका रुपमा विकास गर्न सकिन्छ । अहिले त भएका बाटोघाटो पनि बिग्रिएका छन् । त्यसैले हामीले यस क्षेत्रको विकासका लागि संघको आवश्यकता ठान्यौं र स्थापना पनि गरेका छौं । भोलिका दिनमा कसरी यस क्षेत्रको विकास गर्न सकिन्छ भन्ने कुराको छलफल गरेर अगाडि बढ्नेछांै ।
सुन फल्ने ठाउँ भन्नुभयो, के छ त्यस्तो –
पहिलो अन्नको भण्डार हो यो क्षेत्र । धानदेखि मकै तथा मौसमी र वेमौसमी तरकारी उत्पादन मनग्य हुन्छ । यदि अलिकति राज्यको सहयोग हुने हो भने यहाँको कृषि उत्पादन सोचेको भन्दा बढी हुन्छ । जिल्लाका बजारहरुमा चैत बैशाखमा आउने तरकारी राप्ती आसपासकै उत्पादन हो । के यो उत्पादनलाई हामीले कमजोर आँकलन गर्न मिल्छ र – अर्को हिजोआज पनि बिहानै तपाइँका घरआगनमा दही पुग्ने गरेको छ । त्यो पनि गढवा, राजपुरकै उत्पादन हो । दूध, दही उत्पादन कति छ कति – मैले अघि पनि भनंे बजार नपाउँदा दूध, दही घरमै खेर गइरहेको छ । भैंसीपालन, गाईपालन यहाँको सुन फलाउने माध्यम बन्न सक्छ । यस्तै जंगल नजिक छ । ढलापडालाई मात्रै सदुपयोग गर्ने हो भने यहाँ सुन फल्न सक्छ । हामीले फर्निचर उद्योगको स्थापना गर्न सकेका छैनौं । माटाका भाँडा पनि यहाँ प्रशस्त बन्ने गरेका छन् । माटोका फिल्टर बन्ने ठाउँ हो यो । तर यी सबै उत्पादनको बजारीकरण गर्न राज्यले के गर्न सकेको छ – बरु हामीले आफै यहाँको तरकारीलाई बजारसम्म लैजान सजिलो होस भनेर गढवामा प्रत्येक हप्ता हाटबजार लगाउने गरेका छौ । यद्यपि त्यो पनि खासै व्यवस्थित हुन सकेको छैन । तर पनि हाम्रो दावी छ गढवाको हाटबजार राप्तीकै नमूना हाटबजार हो ।
यी त कृषि उत्पादनहरु भए, गढवाको विकासका अन्य आधार के हुन त –
धेरै छन् । मैले माथि भनेका कृषि उत्पादनका सबै क्षेत्र यस क्षेत्रको विकासका आधार हुन् । त्यति मात्र होइन गढवा जिल्लाको पुरानो बजार हो । यो राप्तीको पुरानो बजार कोइलावाससँग नजिकको बजार हो । छिमेकी देश भारतसँग नाका जोड्ने लमही-कोइलावास सडकको केन्द्र पनि हो । दाङमा उत्पादित वस्तुको निकासी र भारतबाट आयात गर्ने सबैभन्दा छोटो सडकको केन्द्र हो गढवा । यहाँबाट कुनैपनि वस्तु निकासी र आयात गर्न सहज हुने क्षेत्र हो । हिजो थियो अहिले नभए पनि अब फेरि अन्तरदेशीय व्यापारमा यो सडक सञ्चालनमा आउनेछ । यावत आधारहरु छन् । पर्ूव-पश्चिम राजमार्ग निकुञ्ज क्षेत्रमा गाभिएको छ । सरकारले केही वर्षभत्र पर्ूवपश्चिम राजमार्ग पर्ूवमा कालाकाटेदेखि गढवा हँुदै बेला, राजपुरबाट नेपालगञ्ज जाने मुख्य सडक दामोदर रोडलाई बनाउन सक्ने देखिएको छ । यसैगरी गढवा क्षेत्रमा बैंकिङ तथा वित्तीय संस्थाहरुको सम्भावना पनि प्रशस्त छ । मुख्य कुरा त के भने गढवा क्षेत्रमा सरकारी जग्गाको सदुपयोग हुन सकेको छैन । यसैगरी गढवाक्षेत्र प्रशस्त खोलानाला भएको ठाउँ हो । यहाँका खोलाहरुबाट ढुंगा, बालुवा, गिट्टी, मिस्कटको वैज्ञानिक उत्खनन गर्ने सम्भावना छ । त्यस्तै अन्य वन पैदवारहरुको सदुपयोग गरेर विकास गर्न सकिने आधारहरु थुप्रै छन ।
तर, गढवालाई काठको अवैध व्यापार गर्ने केन्द्र भन्छन् नि –
यो भनाइमा सत्यता छ । एउटा कुरा के हो भने जहाँ जे चिज पाइन्छ त्यहाँ त्यही बस्तुको व्यापार हुने हो । त्यसलाई व्यवस्थापन र सदुपयोग गर्ने काम राज्यको हो । तर, त्यो वस्तुको सदुपयोगमा राज्यले चासो नै नदिएपछि स्वाभाविकरुपमा तस्करी हुन्छ । अहिले काठको अवैध व्यापार भएको छ । रातारात टे्रक्टरका टे्रक्टर काठ चोरी निकासी हुन्छ । तर राज्यले संरक्षण त के रोक्नेसम्म आँट गर्दैन त – अनि तस्करी, अवैध व्यापार मौलाउँछ । यहाँको काठ तस्करीबारे उजुरी गर्दा राज्यले ढिलो सुन्छ । दर्ुइ घण्टामा तस्कर दाङ काटेर जान्छ ४ घण्टापछि राज्यको उपस्थिति हुन्छ । राज्यका सीमित निकाय पनि लमहीमा गएर बस्छन् । अब भन्नुस् अवैध व्यापार कसले मौलाउन सहयोग गरेको छ – जनताले तस्करका अगाडि केही गर्न सक्ने स्थिति छैन । आफै सुरक्षित छैनन् त नागरिक कसरी रुखको सुरक्षा गर्छन् – त्यसैले यस क्षेत्रको विकास गर्न अन्यत्रबाट केही ल्याउनुपर्दैन यहींको प्राकृतिक स्रोत, साधन, उत्पादनलाई सही सदुपयोग गर्न जरुरी छ ।
खास जनताको माग के हो त्यहाँ –
पहिलो सुरक्षा नै हो । यस क्षेत्रलाई जसरी राज्यले उपेक्षा गरेको छ, त्यही थाहा पाएर चोरी तस्करी गर्नेहरुले खेल्ने मौका पाएका छन् । त्यसैले पहिलो सुरक्षाको प्रत्याभूति राज्यले दिनर्ुपर्छ । हुँदै नभएको होइन, केही प्रहरी विट छन् तर ती पर्याप्त छैनन् । क्षेत्र ठूलो छ, स्रोत साधन धेरै छ त्यसको संरक्षण जनता एक्लैले गर्ने अवस्था छैन । गलत काम गर्नेहरु खुल्लमखुल्ला हिँडिरहेका छन् । राजपुर, बेलालगायतका गाविसका सीमाक्षेत्र अझ जोखिममा छन् । सीमा सुरक्षाका लागि भनेर सशस्त्रको जत्था लमहीमा छ तर खास सीमाक्षेत्रमा कुनै सुरक्षा छैन । यस्तो हालत किन – त्यहाँ त स्थानीय जनताले सीमाको सुरक्षा गरेका छन् प्रहरीले होइन । सीमा प्रहरीलाई सीमाक्षेत्रमै राख्नर्ुपर्छ । ठाउँ छैन भन्ने आवाज सुनिन्छ । जनताले सीमा सुरक्षाका लागि ठाउँ दिन तयार छन् । तर त्यो सुरक्षा शक्ति सुगमक्षेत्रमा बस्न छोडेर नाकाक्षेत्रमा बस्न नमानेको मात्रै हो । तत्काल जहाँका लागि ल्याइएको हो त्यही ठाउँमा लैजानर्ुपर्छ भन्ने माग जनताको हो । त्यस्तै स्वास्थ्य, शिक्षा, सञ्चार आदि आदि ।
तपाइँहरुको सेवाक्षेत्र कहाँ हो –
राप्ती नदीदेखि दक्षितिरको भाग सबै हो । यद्यपि कोइलावास समेत हाम्रो सेवा क्षेत्र हो । गाविसको हिसावले गंगापरस्पुर, गढवा, बेला, राजपुर र कोइलावास गरी ५ गाविस हो । यी ५ गाविस सवै प्राकृतिक स्रोतले भरिपर्ूण्ा क्षेत्र हुन् । चाहे उत्पादनको हिसाबले होस् चाहे औद्योगिक हिसाबले । यी क्षेत्रको समग्र विकास गर्न हामीले भूमिका खेल्नेछौ ।
तपाइँकै भाषामा उपेक्षित राप्तीपारिलाई कस्तो बनाउने योजना छ –
पूरै योजना निर्माण त हामीले पनि अझै गरेका छैनौं । तर हाम्रो सपना भनेको गढवा र आसपासको क्षेत्रलाई व्यापार, व्यवसायको नमूना केन्द्र बनाउने हो किनभने भारत र दाङको सिधा नाका भएकाले अन्तरदेशीय व्यापारलाई वृद्धि गर्ने त्यस्को केन्द्र गढवा, त्यस्तै पर्ूवपश्चिम राजमार्गको केन्द्र, भारत र नेपाल आवतजावतको केन्द्र यी सवै रुपले गढवालाई नमूना केन्द्रका रुपमा विकास गर्ने योजना छ । अझ व्यापारिक दृष्टिकोणले त विकासको मूलद्वार बनाउने योजना छ ।
नमूना केन्द्र नामले मात्रै होइन त्यसका लागि उद्यमको विकास गर्नुपर्ला नि –
नामले मात्रै होइन । हामीस“ग उद्यम सञ्चालन गर्ने प्रशस्त आधारहरु छन् जुन मैले भनिसके । प्राकृतिक स्रोतको भण्डार छ यहाँ जसले हामी फर्निचर उद्योग सञ्चालन गर्न सक्छौ । त्यस्तै प्रशस्त जडीबुटी पनि छ । जडीबुटीको प्रशोधन गर्न सक्छौ । जंगल घाँसपात प्रशस्त छ भैंसीपालन, गार्इंपालन, बाख्रापालन गरेर प्रशस्त दूध, दही, मासु उत्पादन गर्न सक्छौ । अहिले पनि त्यसको शुरुवात भइसकेको छ । कतिपय व्यापारीहरुले आँखा गाडिसक्नु भएको छ । यस क्षेत्रमा लगानी केन्द्रीत हुने चलखेल भइरहेका छन । कृषि उत्पादन प्रशस्त छ । यसकारण यो क्षेत्र नमूना केन्द्र बन्ने छ ।
अन्त्यमा केही भन्नु छ कि –
गढवा दाङको उपेक्षित क्षेत्र हो । तर, प्राकृतिक स्रोत साधनको हिसावले मात्रै होइन कृषि उत्पादनको पनि भण्डार भएकाले अब केन्द्र र जिल्लाले यस क्षेत्रलाई ध्यान दिनुपर्‍यो । यहाँको
उत्पादन गढवाको मात्रै होइन सिंगो दाङ र नेपालको हो । यहाँको विकास गढवाको मात्रै होइन सबैको हो । तर्सथ यस क्षेत्रको आधारभूत विकासका लागि सबैको ध्यान जाओस् । विकासले हामीलाई मात्रै होइन यहाँको उत्पादन सहजरुपले पाउने बाहिरकाले पनि हो । यसको विकासका लागि सबैको हात चाहिएको छ । त्यसकारण यस क्षेत्रको मूल्यांकनमा सबैको ध्यान जाओस् ।
अन्तर्वार्ताकार ः जेएन सागर

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top