Free songs
Home / समाचार / प्रमुख समाचार / खुला दिसामुक्त गर्न छलफल

खुला दिसामुक्त गर्न छलफल

युगबोध समाचारदाता
तुलसीपुर, ४ भदौ । तुलसीपुर नगरपालिकालाई छिटोभन्दा छिटो खुल्ला दिसामुक्त बनाउन छलफल र अनुगमनलाई तीब्रता दिइएको छ । नगर सम्मेलन गरेर कार्तिक १२ गते खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको तुलसीपुर नगरपालिका लक्ष्य पूरा गर्न अभियानलाई तीब्रता दिएको हो ।
यसै विषयलाई लिएर सोमवार तुलसीपुरमा वडा सचिव, अनुगमन समिति, पत्रकार, वास फोरम तथा सरोकारवाला निकायस“ग छलफल गरिएको छ । शौचालय नबनाएका नगरबासीहरुलाई शौचालय बनाउन अभ्रि्रेरित गरी तोकिएको मितिमा नगरलाई खुल्ला दिसामुक्त घोषण गर्न सहभागीले नगरपालिकालाई सुझाव दिएका छन् ।
छलफलमा ९ वटै वडाका सचिवहरुले खुल्ला दिसामुक्त अभियानमा वडा कार्यालयले हासिल गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी केही स्थानमा भौगोलिक विकटताका साथ्ौ आर्थिक विपन्नताका कारण शौचालय बनाउन नसक्नेहरुलाई आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको वडासचिवहरुले जानकारी दिएका थिए ।
नगरपालिकाका कार्यकारी अधिकृत नोखीराम ओलीको अध्यक्षता तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर तिलक न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक राजकुमार आचार्य, नगर सरसफाइ अनुगमन समितिका संयोजक जितबहादुर केसी , देवराज धिताललगायतले खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानलाई र्सार्थकता दिन सबैको सहयोग अपरिहार्य रहेको भन्दै अभियानलाई सफल पार्न आफूहरुले स्ाक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहा“हरुले इच्छाशक्ति भए सबै काम सफल हुने भन्दै सबैले यसमा इच्छाशक्ति देखाउनु पर्ने बताउनुभयो ।
सामुदायिक वनले सहयोग गर्ने
तुलसीपुर नगरपालिकालाई खुल्ला दिसामुक्त गराउने अभियानमा सामुदायिक वन उपभोक्ता महासंघले सहयोग गर्ने भएको छ । सोमवार महासंघ दाङ अध्यक्ष शोभाकर सोपकोटाको अध्यक्षतामा नगर क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुस“ग भएको बैठकले अभियानलाई पर्ूण्ारुपमा सफल पार्न हातेमालो गरेर जाने निर्ण्र्ाागरेको हो । बैठकले वन समूहले चर्पी निर्माणमा समेत सहयोग गर्ने निर्ण्र्ाागरेको हो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top