Free songs
Home / समाचार / प्रमुख समाचार / ‘क्याम्पसको र्सवाङ्गीण विकास सबैको दायित्व’

‘क्याम्पसको र्सवाङ्गीण विकास सबैको दायित्व’

युगबोध समाचारदाता
घोराही, ४ भदौ । महेन्द्र बहुमुखी क्याम्पस घोराहीका बारेमा विभिन्न गुनासा बाहिर आइरहेको बेला क्याम्पसको र्सवाङ्गीण विकासका लागि पहल गर्नु सबैको दायित्व भएको सरोकारवालाहरुले बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङले मंगलवार घोराहीमा आयोजना गरेको ‘क्याम्पसको र्सवाङ्गीण विकासमा हाम्रो दायित्व’ विषयक अन्तर्त्रिmयामा सहभागी सरोकारवालाहरुले सबैको पहलबिना क्याम्पसको विकास सम्भव नहुने बताए ।
महेन्द्र बहुमुखी क्याम्पस राप्ती अञ्चलकै पुरानो आंगिक क्याम्पस भए पनि समयसापेक्ष शैक्षिक एवं भौतिक विकास हुन नसकेको भन्दै वक्ताहरुले क्याम्पसको र्सवाङ्गीण विकासका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए । क्याम्पस राजनीतिक खिचातानीले विद्यार्थी तथा क्याम्पसको चाहनाविपरीत राजनीतिक स्वार्थपर्ूर्ति गर्ने थलो भएको गुनासो गर्दै उनीहरुले यसबाट क्याम्पसलाई जोगाउनर्ुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्ववियु कोषाध्यक्ष्ँ भुपेन्द्रप्रकाश ओलीले ‘महेन्द्र बहुमुखी क्याम्पसको र्सवाङ्गीण विकासमा हाम्रो दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्दै २०१६ सालमा स्थापना भएको क्याम्पसमा हालसम्म पनि नयाँ भवन निर्माण हुन नसकेको र पुराना भवनको उचित मर्मत नहु“दा सबै भौतिक संरचना जर्ीण्ा बन्दै गएको जानकारी दिनुभयो । त्यस्तै क्याम्पसमा परम्परागत विषयहरु मात्रै पठनपाठन हुने गरेकाले समयसापेक्ष विद्यार्थीहरुको शैक्षिक विकास हुन नसकेको, क्याम्पसको लाइव्रेरी र इ-लाइब्रेरी व्यवस्थित हुन नसकेको, क्याम्पसका प्राध्यापकलगायत कर्मचारीहरुले त्रिविको दैनिक कार्यविधि र समयअनुसार काम नगर्दा र क्याम्पसमा अनैतिक कार्य भइरह“दासमेत क्याम्पस प्रशासन मौन रहेको कार्यपत्रमा उल्लेख छ । क्याम्पसले ५४ वर्षो अवधिमा तुलनात्मकरुपमा विकासको गति लिन नसकेको र वर्षनी क्याम्पसमा विद्यार्थीहरुको संख्या घट्दै गएको र शैक्षिक गुणस्तर पनि खस्किदै गएको ओलीले बताउनुभयो । त्यस्तै क्याम्पसका प्राध्यापकहरुमा क्यँम्पसलाई मावली र आफू संलग्न निजी शैक्षिक संस्थाहरुलाई घर बनाउने प्रवृत्ति बढेको कार्यत्रपमा उल्लेख छ ।
सो अवसरमा प्रमुख अतिथि क्याम्पस प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले क्याम्पसमा केही समस्याहरु रहेको स्वीकार गर्दै ती समस्या समाधान गर्न क्याम्पस प्रशासनले मात्रै केही गर्न नसक्ने बताउनुभयो । उहाँले क्याम्पसको हरेक क्षेत्रको विकासका लागि प्राध्यापक, विद्यार्थी, अभिभावक, राजनीतिक दललगायत सबै सरोकारवालाको पहल आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका जवस/मोर्चा इञ्चार्ज लुमाकान्त न्यौपाने ‘सागर’, नेकपा एमालेका मनोहर बुढाथोकी, नेकपा-माओवादीका माधव खनाल, राजमोका गणेश आचार्य, घोराही नगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठ र त्रिवि प्राध्यापक संघ इकाई अध्यक्ष नारायण अधिकारीले क्याम्पसको विकासमा आ-आफ्नो तर्फाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । सो अवसरमा अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष क्षेत्रबहादुर चन्द, नेविसंघ इकाई सचिव कुलराज पोख्रेल, अनेरास्ववियु इकाई अध्यक्ष गोपाल रेग्मी, अखिल -क्रान्तिकारी) इकाई अध्यक्ष सिर्जन केसीलगायतले क्याम्पस अस्तव्यस्त हुँदासमेत क्याम्पस प्रशासन मूकदर्शक भएर बसेको गुनासो गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष्ँ स्ववियु सभापति प्रवीण शर्माले जानीजानी वौद्धिक वर्गहरुबाटै क्याम्पसलाई दर्ुगतितर्फलैजाने काम भइरहेको बताउनुभयो । अन्तर्त्रिmयाको निष्कर्षसुनाउ“दै शर्माले स्ववियु क्याम्पसको हरेक विकासमा सधैं तयार रहेको उल्लेख गर्दै सबै सरोकारवालाहरुको पहलविना क्याम्पसको र्सवाङ्गीण विकास गर्न सम्भव नभएको बताउनुभयो । स्ववियु उपसभापति जानकी दहितको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष पोख्रेलले गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top