Free songs
Home / समाचार / प्रमुख समाचार / उमावि रामपुरमा स्वागत र विदाइ

उमावि रामपुरमा स्वागत र विदाइ

युगबोध समाचारदाता
घोराही, ४ भदौ । गंगा उच्च माध्यमिक विद्यालय रामपुर दाङले मंगलवार एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट निवृत्त र सरुवा भई गएका शिक्षकहरुलाई विदाइ तथा नवनियुक्त र सरुवा भई विद्यालयमा आएका शिक्षकशिक्षिकाहरुलाई स्वागत गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयबाट निवृत्त भई जानुभएका नीमराज पाण्डे, सरुवा भई जानुभएका सेमलाल मल्ल, शान्ता पोख्रेल र टंक पौडेललाई बिदाइ गरिएको छ । त्यस्तै विद्यालयमा नवनियुक्त शिक्षक हेमराज शर्मा र गुरुप्रसाद पौडेल तथा सरुवा भई आउनुभएका प्रेमलाल पाण्डे र राधा पौडेललाई स्वागत गरिएको छ । उनीहरुलाई फूलमाला तथा अविर लगाएर स्वागत तथा बिदाइ गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्रप्रसाद घिमिरेले विद्यालयमा सेवा पुर्‍याएका तथा सेवा गर्न प्रवेश गरेका शिक्षकशिक्षिकाहरुलाई स्वागत तथा धन्यावाद दिनुभएको थियो ।
कार्यक्रममा शिक्षक प्रतिनिधि लुमाकान्त भण्डारी, निवृत्त भई जानुभएका नीमराज पाण्डे, सरुवा भई जानुभएका सेमलाल मल्ल, शान्ता पोख्रेल, टंक पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक गिर्रि्रसाद भट्टर्राईले गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top