Free songs
Home / समाचार / संक्षिप्त समाचार / आज रक्षाबन्धन

आज रक्षाबन्धन

घोराही, ४ भदौ -युस)- आज बुधवार जनैपूणिर्मा मनाइ“दैछ । सनातनी हिन्दू तागाधारी जातिले बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपर्ूवक मन्त्रिएको नया“ जनै -यज्ञोपवित) फेरेर जनैपूणिर्मा मनाइन्छ ।
हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दर्ुइ शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
ऋषि तर्पणी हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदी किनार पोखरी तालतलैमा गई तर्पण गर्ने चलन भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले मानिन्छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन -डोरो) उक्त मन्त्र पढ्दै ब्राह्मणहरूले यजमानको नाडीमा बा“धिदिन्छन् । तर्राई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजुभाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दर्ीघायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बा“धी आफ्नो रक्षाको बचन लिने चलन छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top