Free songs
Home / समाचार / प्रमुख समाचार / अपांग मानवअधिकारको अध्यक्षमा चौधरी

अपांग मानवअधिकारको अध्यक्षमा चौधरी

युगबोध समाचारदाता
घोराही, ४ भदौ । अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च दाङको १३ औं साधारणसभाले कृष्ण चौधरीको अध्यक्षतामा ११ सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ ।
मंगलवार भएको १४ औं स्थापना दिवस तथा १३ औं वाषिर्क साधारणसभाले नया“ कार्यसमिति चयन गरेको हो । नया“ कार्यसमितिको उपाध्यक्षमा शिवराज वली, महासचिवमा वासुदेव रिजाल, सचिवमा पम्फा नेपाली र कोषाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन हुुनभएको हो ।
यसैगरी समितिका सदस्यहरुमा विष्णुप्रसाद अधिकारी, बालाराम महतरा, तिलक बस्नेत, जयकला विक, अजय शर्मा र चुमा सुवेदी हुनुहुन्छ । जसमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव र्सवसम्मतिले चयन हुनुभएको हो भने महासचिव, कोषाध्यक्ष र अन्य ६ सदस्यका लागि निर्वाचन गरिएको थियो ।
यसअघि सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला बार एसोसिएशन दाङका सचिव मौसम आचार्यले गरे के हु“दै भन्ने अठोटका साथ अगाडि बढ्न अपांगहरुलाई आग्रह गर्नुभयो ।
उहा“ले समाज रुपान्तरणका लागि अपांगहरुको महत्वपर्ूण्ा भूमिका रहने हु“दा अपांगहरुलाई समाजका हरेक क्षेत्रमा जिम्मेवारी दिए उनीहरुले पनि क्षमता अनुसार उत्तरदायित्व वहन गर्नसक्ने बताउनुभयो ।
बासुदेव रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रेवतीरमण शर्मा, एनेकपा माओवादी राज्यसमिति सदस्य सन्तोष खड्का, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतम, महिला विकास कार्यालयकी महिला कार्यकर्ता कल्पना योगी, पत्रकार नारायण विवश, प्रावि बुकाका शिक्षक छैठू चौधरी, सौभाग्य महिला सहकारी संस्थाका अध्यक्ष हुमा डिसी, सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी, सामुदायिक वन महासंघका भुपेन्द्र सुवेदी र प्रतिभा छनोट समितिका सदस्य भरत बुढाथोकीले बोल्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव शिवराज वलीले वाषिर्क प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा वितरित आर्थिक प्रतिवेदनअनुसार संस्थाले यसवर्ष३७ लाख ८३ हजार ४ सय ५१ रुपैया“को बजेट परिचालन गरेको थियो ।
कार्यक्रममा अपांगहरुमध्ये सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै
गोल्टाकुरीका चेतबहादुर केसी र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै रामपुर निवासी
शिक्षक छैठू चौधरीलाई कदरपत्रसहित सम्मान गरिएको थियो । सम्मानित प्रतिभाहरुको परिचय विष्णु आर्टले गराउनुभएको थियो
लक्ष्मी शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका विवेक खड्काले गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top