Free songs
Home / समाचार / प्रमुख समाचार / अधिवेशन तयारीका लागि छलफल

अधिवेशन तयारीका लागि छलफल

युगबोध समाचारदाता
तुलसीपुर, ४ भदौ । अधिवेशनको तयारीमा जुटेको नेपाल विद्यार्थी संघले मंगलवार तुलसीपुरमा छलफल तथा भेटघाट कार्यक्रम गरेको छ ।
जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी लिएर दाङ आउनुभएका केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य दीपक सोनीको उपस्थितिमा भएको छलफलमा बोल्ने वक्ताहरुले आसन्न अधिवेशन विद्यार्थीहरुको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । संगठन तथा पार्टर्ीीई मजबुत बनाई लोकतन्त्रको संस्थागत विकास गर्न पनि अधिवेशनले उचित भूमिका खेल्नुपर्ने वक्ताहरुको भनाइ थियो । कार्यक्रममा भदौ ७ गते हुने क्षेत्रीय अधिवेशन तथा ११ गते हुने जिल्ला अधिवेशन भव्यरुपमा सम्पन्न गर्ने विषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि सोनीले लामो समयपछि हुन लागेको नेविसंघको अधिवेशनमा बढी भन्दा बढी विद्यार्थीहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । उहा“ले नेविसंघको अधिवेशनपश्चात हुने आसन्न संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नेविसंघको अधिवेशनलाई संविधानसभा निर्वाचनको तयारीका रुपमा पनि लिनुपर्ने बताउनुभयो ।
सो अवसरमा नेविसंघका निवर्तमान केन्द्रीय सहमहामन्त्री प्रचण्डविक्रम न्यौपाने, नेविसंघका केन्द्रीय सदस्य युवराज खड्का, निवर्तमान केन्द्रीय सदस्य सुमन खड्का, नेपाली कांग्रेसका नेता जोगेन्द्र विश्वकर्मा, नेविसंघ दाङका निवर्तमान अध्यक्ष दीपक पाण्डे, नेविसंघ दाङका उपाध्यक्ष ध्रुव आचार्यलगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।
यसैबीच केन्द्रीय प्रतिनिधि दीपक सोनीलगायत नेविसंघका केन्द्रीय नेताहरुको टोलीले क्षेत्र नं. ४ का पार्टर्ीीभापति जगतबहादुर खड्कास“ग भेट गरी क्षेत्रीय अधिवेशन भव्यरुपमा सम्पन्न गर्ने विषयमा छलफल गरेको अधिवेशन प्रचारप्रसार समितिका सदस्य सुवास डा“गीले जानकारी दिनुभयो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top