Free songs
Home / अन्तर्वार्ता / अदुवालाई तेस्रो मुलुकमा निर्यात गर्ने वातावरण बनाउनुपर्छ

अदुवालाई तेस्रो मुलुकमा निर्यात गर्ने वातावरण बनाउनुपर्छ

गोविन्द के.सी.- वरिष्ठ वैज्ञानिक, राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमgovind
अदुवा बाली अनुसन्धान कार्यक्रम भनेको के हो –
नेपालमा कृषिक्षेत्रको उत्पादन वृद्धिका लागि प्रविधि विकास गर्न स्थापना भएको नेपाल कृषि अनुसन्धान परिषद्अर्न्तर्गत विभिन्न बालीमा अध्ययन अनुसन्धान गरी सम्बन्धित बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न बिभिन्न बाली अनुसन्धान कार्यक्रम जारी छन् । सोहीअनुसार अदुवाबाली अनुसन्धान कार्यक्रम सल्यान धनवाङ गा. वि. स. को कपुरकोटमा अवस्थित छ । यस कार्यक्रमको मुख्य उद्देश्य अदुवा तथा बेसारको आवधिक समस्याहरु पहिचान गरी प्राथमिकताका आधारमा सो को अध्ययन अनुसन्धान गरी नेपालमा अदुवा तथा बेसारको दिगो उत्पादकत्व तथा उत्पादन वृद्धिका लागि प्रविधिको विकास गर्नु हो ।
अदुवाबालीको उत्पादनमा कृषकलाई सघाउने हो कि – अदुवाकै अनुसन्धान मात्रै –
कृषिको अनुसन्धान गरी प्रविधि विकास गर्ने भनेको कृषकलाई सघाउनका लागि नै हो । अदुवा वा अन्य कुनै बालीको उत्पादन बढाउनमा कृषकको अहं भूमिका हुन्छ । त्यसका लागि प्रविधि विकास गर्न परिषद्अर्न्तर्गतका विभिन्न कार्यालयहरु छन् भने विकसित प्रविधि कृषकसमक्ष पुर्‍याउन पुलको काम गर्न कृषि प्रसारको जिम्मेवारी रहन्छ । त्यसका लागि प्रत्येक जिल्लामा जिल्ला कृषि विकास कार्यालयहरु त्ाथा बिभिन्न संघसंस्थाहरु कार्यरत छन् । अतः अनुसन्धानका लागि मात्रै नभई कृषक उपयोगी प्रविधि उपलब्ध गराउन नै अदुवा अनुसन्धान कार्य भइरहेको छ ।
सल्यानको हावापानी अदुवाखेतीका लागि मध्यम कि अति राम्रो –
सल्यानको मात्र नभई नेपालका प्रायः मध्य पहाडी क्षेत्रको हावापानी अनुकूल मानिन्छ । अदुवाका लागि २० ड्रि्री से. देखि ३० ड्रि्री से. सम्मको तापक्रम राम्रो हुन्छ र वाषिर्क १५०० देखि २००० मि.मि. वषर्ा हुने क्षेत्र उपयुक्त मानिन्छ ।
अदुवावालीको व्यावसायिक खेतीलाई अझ बढाउन के गर्नुपर्ला –
अदुवाको व्यावसायिक खेती विस्तारका लागि र्सवप्रथम अदुवालाई भारतमुखी मात्र नभई तेस्रो मुलुकहरुमा पनि निकासी गर्न सक्ने वातावरण निर्माण गर्नर्ुपर्छ । त्यसका लागि गुणस्तरयुक्त सुठो तथा तेल र ओलीयोरेजिन प्रशोधनतर्फप्रयास हुनर्ुपर्छ । दोस्रो, अदुवा उत्पादक कृषकहरुले भौतिक गुणस्तर जस्तै सरसफाई तथा ग्रेडिङमा सुधार गर्नेतर्फध्यान दिनर्ुपर्छ । तेस्रो, गुणस्तरयुक्त अदुवा उत्पादनका लागि विशेष गरी रोग नियन्त्रण गर्न कृषकले आधुनिक प्रविधि अपनाउनर्ुपर्छ ।
अहिले खेतीको अवस्था कस्तो छ सल्यानमा –
२ हालसम्म सल्यानमा अदुवा खेतीको विस्तार हुँदै गएको स्थिति छ । अदुवा खेती हुने क्षेत्र बढेको देखिन्छ । आ. व. २०६८।०६९ मा सल्यानमा २,०५० हेक्टर क्षेत्रफलमा खेती गरी २३,५७५ मेटि्रक टन अदुवा उत्पादन भएको रर्ेकर्ड छ । यस वर्षपनि हालसम्म अदुवाबालीको स्थिति सामान्य नै छ तापनि बढी वषर्ा भएकाले रोगको प्रकोप देखिन सक्छ ।
हुन नसकेको के छ किसानको स्तरमा अदुवा खेतीका लागि –
पहिलो त उत्पादित अदुवाको सरसफाइ तथा गे्रडिङ गरी बजारमा पुर्‍याउन नसकेको स्थिति छ । यसमा कृषक तथा अदुवाको ब्यापारमा संलग्न ब्यापारीहरुले विशेष ध्यान पुर्‍याउन जरुरी छ । दोस्रो, रोग नियन्त्रणका लागि उपयुक्त र पर्याप्त सावधानी अपनाएको देखिदैन । त्यस्तै अदुवा उत्पादक कृषकहरु संगठित हुन जरुरी देखिन्छ । पर्याप्त प्रविधि विकास नभएको र विकसित प्रविधि पनि किसानसमक्ष सहीढंगले पुग्न नसकेको स्थिति पनि छ ।
तपाइ“को कार्यक्रमले के गरेको छ त किसानलाई –
मैले पहिले भनें उद्देश्यबमोजिम लक्ष्य लिएर प्रविधि विकासका लागि अदुवाको जातीय विकास, रोग कीरा व्यवस्थापन, बाली व्यवस्थापन, उत्पादनपछि भण्डारणलगायत प्रशोधन पक्षका अनुसन्धानात्मक परीक्षणहरु गर्दै आएको छ । त्यसबाट विकसित प्रविधि समय-समयमा प्रकाशन गर्ने, विभिन्न गोष्ठीहरुमा जानकारी गराउने, तालिममा प्रशिक्षक उपलब्ध गराउने तथा उत्पादित अदुवा तथा बेसारको बीऊ उपलब्ध गराउने कार्य गर्दै आएको छ । यसरी विकसित प्रविधि विभिन्न माध्यमबाट कृषकलाई उपलब्ध भएको छ । समय-समयमा रेडियो तथा पत्रपत्रिकाका माध्यमबाट प्रसारण हुँदासमेत प्रविधि कृषकले पाउने गरेका छन् ।
बोट राम्रै तर गाना नलाग्ने समस्या छ नि, किन –
बोट राम्रै गाना नलाग्ने समस्या हामीले सुनेका छैनौं । हो, अदुवा खेती ६/७ वर्षम्म गर्दा अदुवामा रेशा बढ्ने तथा उत्पादकत्व घट्ने गरेको समस्या भने जानकारीमा आएको छ । र, यस पक्षमा भर्खरै अनुसन्धान शुरु गरिएको छ तापनि हालसम्म समस्या निवारणका लागि प्रविधि विकास हुन सकेको छैन ।
गानो कुहिने समस्याको समाधान के हो –
अदुवामा गानो कुहिने रोग मुख्यरुपमा देखिने समस्या हो । यो रोग पिथियम तथा फ्युजारीयम ढुसीका कारणले हुने तथा बीउ र माटो दुबै माध्यमबाट र्सछ । तर्सथ यो रोगबाट बच्न प्राथमिक उपाय नै उपयुक्त हुन्छ । एउटा जग्गामा ३।४ वर्षबिराएर अदुवा लगाउने, अदुवा भन्दा अघिल्लो साल कोदो लगाउने, रोग नलागेको बीउ लगाउने, ढुसीनाशक बिषादीले भण्डारण गर्नु अघि र लगाउनुअघि उपचार गर्ने, पानी नजम्ने वातावरण बनाउने, लगाउँदा प्रति रोपनी १०० केजी निम वा तोरीको पीना र ३ केजी टिमुरको धुलो राख्ने र टर््राईकोर्डमा हर्जिएनमको प्रयोग गर्दा रोग न्यूनीकरण गर्न सकिन्छ ।
अहिले खासगरी डढुवा पनि देखिन्छ, कसरी उपचार गर्ने –
अदुवामा डढुवा रोग खासै लाग्दैन । तपाइँले भन्न खोजेको पातमा देखिने थोप्ले रोग होला । यो रोग लाग्दा पातमा प्रशस्त सेता, खैरा थोप्ला देखिन्छ र पातहरु च्यातिएको जस्तो हुन्छ तापनि त्यसले खासै क्षति पुर्‍याउँदैन । नचाउरिएको बीउ लगाउने र आंशिक छायाँ दिन पातलो मकैसँग अन्तरबालीका रुपमा खेती गर्दा रोग न्यून गर्न सकिन्छ ।
घरेलु विधि छैनन् –
हालसम्म सिफारिस प्रविधि ढुसीनाशक बिषादीसँग बीऊ उपचार गर्नेबाहेकका प्रविधि सबै घरेलु प्रकृतिका प्रविधिनै छन् ।
किसानहरु छरिएर रहेका छन्, प्राविधिक सेवा कसरी प्रवाह गर्नुहुन्छ –
नेपालमा अदुवा तथा बेसार प्रविधि विकासका लागि काम गर्ने मुख्य संस्था राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रम मात्र हो । मैले पहिले पनि भनें विकसित प्रविधी बिभिन्न माध्यमबाट विभिन्न सरोकारवालालाई प्रवाह गर्दछौं । प्रत्येक जिल्लामा रहेका जिल्ला कृषि विकास कार्यालयलगायत कृषि विकासमा संलग्न बिभिन्न संघसंस्थाबाट कृषकहरुमा प्राविधि प्रसारलगायतका सेवाहरु प्रदान गर्ने गरिन्छ । साथै प्रविधि प्रकाशन, वितरण, समय- समयमा आयोजना हुने तालिममा प्रशिक्षक सहभागी भई प्रशिक्षणका माध्यमबाट तथा भ्रमणमा आउने किसानलाई प्रविधि जानकारी गराएर अदुवा बाली अनुसन्धान कार्यक्रमले सेवा प्रदान गर्दै आएको छ ।
यो बाहेक किसानलाई गर्ने सहयोग के हो कार्यक्रमले –
कृषकलाइ प्रदान गर्ने प्रत्यक्ष सहयोग हाम्रो खासै छैनन् । बीऊ, विषादी, मल आदिमा अनुदान दिने जस्ता कार्यक्रम हाम्रो प्राथमिकतामा पर्दैनन् ।
धौ-धौ उत्पादन गरेको अदुवाले भाउ नपाउने समस्या पनि छ है –
अदवाको कूल उत्पादनको झण्डै ३५ देखि ४० प्रतिशत उत्पादन निकासी हुने गर्दछ र त्यो पनि भारतमा ९०% निकासी हन्छ । अदुवाको बजार भारतमा मात्र निर्भर भएकाले अर्थशास्त्रको सिद्धान्तअनुसार पनि उत्पादन सरप्लस हुँदा मूल्य घट्ने गर्दछ । हाम्रो जानकारीमा आए अनुसार प्रत्येक ४ वर्षा एकपटक अदुवाको मूल्य बढ्ने र एक पटक घट्ने गरेको पाइएको छ । अतः नियमित अदुवा खेती गर्ने कृषकलाई त्यति मर्का पर्दैन । मूल्य बढ्दा उत्साहित हुने र अदुवा लगाउने अनि घट्दा निरुत्साहित भई लगाउन छोड्ने कृषकलाई भने घाटा लाग्ने देखिन्छ ।
सुठो बनाउने विकल्प पनि किसानका लागि उति फाइदाजनक भएन भन्ने छ नि –
सुठो बनाउने विकल्प फाइदाजनक भएन भन्ने होइन । संसारको अदुवा बजार क्षेत्रमा ताजा अदुवालाई नभई सुठोलाइ मात्र मसलाको रुपमा लिइन्छ । सुठो प्रशोधन गर्दा भण्डारण गर्न तथा ओसारपसार गर्दा सहज हुने र मूल्य अभिवृद्धिका क्रममा मूल्य पनि बढी पाइन्छ । यसका साथै अदृश्यरुपमा स्थानीय रोजगारी पनि वृद्धि भएको हुन्छ । तर यस वर्षअप्रत्याशितरुपमा ताजा अदुवाको मूल्यवृद्धिले अदुवाको अनुपातमा सुठोको मूल्य कम भएकाले फाइदाजनक नदेखिएको हो ।
किसानलाई अदुवा खेतीतर्फआकषिर्त गर्न के गर्नुपर्ला –
पहिलो त कृषकले पर्ूण्ा र उपयुक्त प्रविधि अपनाइ खेती गर्नुपर्‍यो । उपयुक्त प्रविधि अपनाउँदा उत्पादन बढ्न गई कृषक उत्साहित हुनेछन् । त्यस्तै कृषकहरु संगठित हुनुपर्‍यो । मूल्य बढी पाउन सरसफाइ र गे्रडिङमा ध्यान दिनुपर्‍यो । त्यस्तै कृषि विकाससँग संलग्न निकायहरु कृषि विकास कार्यालय, जि.वि.स. लगायत जिल्लामा कार्यरत अन्य संघसंस्थाले अदुवा पर््रवर्द्धन कार्यक्रममा प्राथमिकता दिंदा उपयुक्त हुन्छ कि ।
बीऊ रोप्नेदेखि बाली भित्र्याउनेसम्मको वैज्ञानिक विधि के हो –
समुद्री सतहदेखि १६०० मि. अग्लो स्थानमा चैतको शुरुमा र त्यसपछि प्रत्येक ३०० मि. तल्लो उचाइमा १५ दिनपछि अदुवा लगाउँदा उपयुक्त हुन्छ । त्यस्तै अनिवार्य बालीचक्र अपनाई तीन वर्षा एकपटक अदुवा लगाउने र अदुवा भन्दा अघिल्लो साल कोदो लगाउने, जमिन खनजोत गरी १५ क्वीन्टल गोठे मल तथा युरिया ६ के.जी., डी.ए.पी. ५ के.जी. र म्यू.अफ पोटास ४ के.जी./रोपनी र कम उर्वराशक्ति भएको माटोमा गोठेमल ३० क्वीन्टल प्रतिरोपनीसम्म प्रयोग गर्ने, प्रति रोपनी १५ क्वीन्टलसम्म फल्ने, ४% भन्दा कम रेशा हुने, २.१६% वास्नायुक्त तेल हुने र १८% सुठो बन्ने कपुरकोट अदुवा-१ उन्नत जात लगाउने, ७-१० से.मी. गहिरो कुलेसोमा हार देखि हारको दूरी ४० से.मी. र बोटदेखि बोटको दूरी २२-२५ से.मी. राखीे ५०-६० ग्रामको बीऊ गानो रोप्नर्ुपर्छ । प्रतिरोपनी २.५-३ के.जी. टिमुरको धुलो र नीम वा तोरीको पिना प्रतिरोपनी १०० केजी प्रयोग गर्ने । एक रोपनीमा २.५ क्वीन्टल बीऊ चाहिन्छ, बीऊ गानो प्रत्येक ३/४ वर्षा फर्ेर्नुपर्छ र रोप्नुअघि मेन्कोजेव -०.२५%) र कार्वेनडाजीम ०.१% को घोल बनाई बीऊ गानो एक घण्टा डुबाई उपचार गर्ने, समथर जमिनमा एक डेढ मिटर चौडा र १५ से.मी. अग्लो ड्याङ बनाई लगाउनर्ुपर्छ । अदुवा रोपिसकेपछि तुरुन्तै माटो ढाकिने गरी ४-५ से.मी बाक्लो छापो हाल्नर्ुपर्छ, उम्रेको १ महिनापछि गोडमेल गरी उकेरा लगाउने र झारको प्रकोप हेरि २-३ पटक गोडमेल गर्ने र पात तथा सरा पहेंलिन थालेपछि पूरै बोट नढल्दै अदुवा खन्नर्ुपर्छ ।
अन्त्यमा केही भन्नु छ –
पछिल्लो आँकडाअनुसार विश्वमा बढी अदुवा उत्पादन गर्ने तेस्रो देशमा नेपाल गनिन्छ । आ. व. २०६८।६९ मा नेपालमा २०,२५६ हेक्टरमा खेती भई २५५,२०८ मे. टन अदुवा उत्पादन भएको तथ्यांक छ । अदुवालाई मध्य पहाडी क्षेत्रको वातावरणअनुकूल हुने भएकाले विस्तार हुने प्रचूरमात्रामा सम्भावना रहेको छ । तर पनि निर्यात गरिने वस्तु भएकाले र भारतमुखी मात्र बजार भएकाले कहिलेकाहीं प्रश्नचिन्ह आउन स्वाभाविक हुन्छ । तर्सथ तेस्रो मुलुकमा निर्यात गर्ने वातावरण बन्नुपर्ने देखिन्छ । सुठो, अदुवामा हुने बास्नायुक्त तेल तथा ओलियोरेजिन प्रशोधन गरी प्रशोधित बस्तु निर्यात गर्न प्रयास गर्नुपर्ने देखिन्छ र कृषकहरु संगठीत हुने । उद्योग वाणिज्य संघ एवं अदुवा उत्पादन गर्ने अग्रणी जिल्लाका जि. बि. स. ले पहलकदमी गर्दा उपयुक्त हुने थियो । त्यस्तै उत्पादन वृद्धि गर्न गुणस्तरीय बीऊको भूमिका सबै बालीमा रहन्छ । अदुवाको बीऊ धेरै मात्रामा लाग्ने भएकाले बीउ उपलब्धता सधैँ समस्या हुने गर्दछ । अतः कृषि विकास कार्यालयले समुदायमा आधारित बीऊ उत्पादन कार्यक्रम सञ्चालन गराएमा बीऊको माग र आपर्ूर्तिमा सन्तुलन हुन मद्दत पुग्ने थियो ।
अन्तर्वार्ताकार जेएन सागर

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top