Free songs
Home / विचार / भ्रष्टाचारको माध्यम ‘क्वार्टर प्राक्टिस’

भ्रष्टाचारको माध्यम ‘क्वार्टर प्राक्टिस’

स्वामी प्रेम सुगन्ध
विश्वमा भ्रष्टाचारसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्रर्ाार्ट्रय स्वायत्त संस्था एम्नेष्टि इन्टरनेशनलले प्रकाशित गरेको रिपोर्टमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने वर्ग राजनीतिज्ञ र त्यसपछि कर्मचारी पर्दछन् । देशमा विधि र व्यवस्था सञ्चालन गर्ने निकाय नै संस्थागत रुपले भ्रटाचारमा चर्ुर्लुम्म हु“दा देश अधोगति, अस्थिरता र दण्डहीनतामा पिल्सिएको छ । लोककल्याण र समाजसेवालाई उद्देश्य बनाउनुपर्ने ठाउ“मा अर्थ संकलन कार्यका लागि राजनीति गर्ने परिपाटीले समग्र व्यवस्थाप्रति नै जनताको आस्था घटिरहेको छ ।
राणाकालीन कर्मचारीतन्त्रमा प्रचलित चाकडी र चाप्लुसीप्रथा विभिन्न स्वरुपमा अझसम्म कायम छ । महाराजलाई चाकडी गर्दा प्रधानमन्त्री, प्रधानमन्त्रीलाई चाकडी गर्दा सेनापतिलगायत उच्च पदमा जागिर पाउने ‘निगाह’ प्राप्त हुन्थ्यो । कर्मचारी छनोटका लागि निश्चित विधि र प्रक्रिया भन्दा पनि चाकडी र वफादारी भए पुग्थ्यो । त्यसैगरी जागिरमा कुनै सुरक्षा थिएन । कसैले आफ्नो विरुद्धमा ‘कुरा लगाए’ मा पजनीप्रथा स्वरुप अपदस्थ हुनर्ुपर्दथ्यो । अझ कतिपय अवस्थामा प्राणदण्ड, र्सवस्व हरण, देशनिकालाजस्ता कारवाहीको शिकार बन्नर्ुपर्दथ्यो ।
राणाकालीन चाकडीप्रथाले बिभिन्न कालखण्डमा बिभिन्न प्रकारका रुप परिवर्तन गर्दै आएको छ । वि.सं. २००७ सालमा लोकतन्त्रको स्थापना भएपछि पनि राजनीतिज्ञहरु सत्ता प्राप्तिका लागि राजाको ‘महिमा’ गाउ“थे भने कर्मचारीहरु राणाकालकै ‘कार्यशैली’ पर््रदर्शन गर्दथे । त्यस्तै पञ्चायतकालमा ‘राजभक्ति’ लाई नै राजनीति र प्रशासन ‘साधन तथा साध्य’ मानियो । जनताका आवश्यकताहरुलाई सम्बोधन गर्नुभन्दा पनि तत्कालीन प्रशासनयन्त्रले निर्दलीयताको ‘कवच’ व्यवस्थाको रक्षाका लागि ‘सुराकी’ भूमिकासमेत निर्वाह गर्दथ्यो ।
पञ्चायतकालमा कर्मचारीयन्त्रमा ‘सरकारी काम, कहिले जाला घाम’ को अवस्था थियो । जनसेवा भन्दा पनि जागिरे मानसिकताले कर्मचारीहरु ग्रसित थिए । कार्यालयमा काम गर्नुभन्दा सरुवा र बढुवाका लागि उच्च पञ्चहरुको क्वार्टर धाउने संस्कृतिको प्रचलन थियो । जसको फलस्वरुप माथिको हुकुम प्रमाङ्गीबाटै छोटो अवधिमै माथिल्लो पदमा पुग्ने गर्दथे ।
लोकतन्त्रको स्थापनापछि ‘क्वार्टर प्राक्टिस’ संस्कृतिले अझ बढी विस्तार हुने अवसर पायो । राजनीति, प्रशासन, शिक्षा, सुरक्षा सबै क्षेत्रमा चाकडीप्रथा फैलियो । राजनीज्ञहरुमा देखिने लघुताभास कायमै रह्यो । जनमतद्वारा निर्वाचित भनिएता पनि आफ्ना कर्तुतका कारण राजासामु निगाहाको याचना गर्नुबाहेक अरु केही जानेनन् । कथित शर्ीष्ा नेतृत्वको चाकडी गर्दै पटक-पटक आर्थिक चलखेल हुने मन्त्रालयमा जाने, मन्त्रालयका ठेक्का-पट्टा आफ्ना नातेदारलाई दिने, अकुत कमिशन असुल्ने, अवैध रकम वितरण गरी चुल्ठे-मुन्द्रेको संरक्षण गर्ने कार्यले प्रश्रय पायो । त्यस्तै पार्टर्ीी लागि अपारदर्शीरुपमा अर्थ संकलन गरेवापत सधैं शक्तिशाली मन्त्रालयमा बस्नेजस्ता कार्यहरुले नै भ्रष्टाचारको साम्राज्य विस्तार गर्न मलजल गरेको देखिन्छ । यस अर्थमा एम्नेष्टिले प्रकाशित गरेको रिपोर्ट आधारहीन देखिदैन ।
स्थायी सरकारको संज्ञा पाएको कर्मचारीयन्त्र नै संस्थागत भ्रष्टाचारको स्थायी मतियारको रुपमा रहेको छ किनकि अधिकांश कर्मचारीहरु उच्च आर्थिकलाभको क्षेत्र र पदका लागि लालायित देखिन्छन् । सरुवाकै लागि हप्तौंसम्म काठमाडांै धाइरहेका हुन्छन् । पहु“च भएकाहरु साक्षात भ्रष्टाचार काण्डमा मुछिए पनि उनीहरु माथि देखिने गरी कारवाही ह“ुदैन । बरु यातायातबाट राजस्व, राजस्वबाट भन्सार, भन्सारबाट विमानस्थल ‘लाभकेन्द्र’ मा कारवाही –) स्वरुप सरुवा हुन्छन् । जतिसुकै अख्तियार दुरुपयोग अनुसन्धान, सम्पत्ति शुद्धिकरण, स्रोत पहिचान, आर्थिक पारदर्शिता आदिका कुरा गरे पनि भन्सारका मुखिया, राजस्वका खरिदार आदिले ‘आधुनिक बंगला’ बनाएको कतैबाट सोधीखोजी हु“दैन । साथै उसको बैंक ब्यालेन्स, घरभाडा, सवारीसाधन आदिमा कुनै कर तिर्नुपर्दैन ।
राजनीति र प्रशासनस“गै शिक्षा क्षेत्रमा पनि क्वार्टर प्राक्टिसले स्थान लिइसकेको छ । विश्वविद्यालयहरुमा पदाधिकारी हुन उच्च राजनीतिक नेतृत्वको चाकडी गर्नुपर्दछ । यसरी पार्टर्ीीे सक्रिय कार्यकर्ता एवं प्रवक्ताको रुपमा प्रस्तुत हु“दा प्राज्ञिक मर्यादामाथि नै प्रश्नचिन्ह लागेको छ । यसले विश्वविद्यालयहरुलाई स्वायत्त प्राज्ञिक संस्थाभन्दा पनि राजनीतिक दलका सर्म्पर्क कार्यालयको रुपमा रुपान्तरित हुने अवस्थामा छन् । राननीतिक नेतृत्वको चाकडी गर्न सकेमा नै बिभिन्न देशको राजदूत, कूटनीतिज्ञ, संवैधानिक अंगमा नियुक्ति आदिमा पर्न सकिन्छ भन्ने मनोरोगले एकथरि बुद्धिजीवीहरु ग्रसित छन् । तथाकथितर् थिंकट्यांक’ मानिने यस्ता वुद्धिजीवीहरु अन्तर्रर्ााट्रय गोष्ठी, सेमिनार र भ्रमणमा आफ्नो नाम पार्न लालायित हुन्छन । यसरी नेतृत्वको क्वार्टर धाएर विश्वविद्यालय पदाधिकारी हुने, पदाधिकारीहरुको क्वार्टर धाएर क्याम्पस प्रमुख वा बढुवामा पर्ने, क्याम्पस प्रमुखको क्वार्टर धाएर विषय समितिमा पर्ने परिपाटीको थालनी भइसकेको छ ।
राजनीतिक नेतृत्वको अदूरदर्शिता र सत्तामोहका कारण पछिल्लो समयमा जनताको ‘भरोसा केन्द्र’ मानिने न्याय क्षेत्र पनि विकलाङ्ग बन्न पुगेको छ । शक्ति पृथकीकरणको सिद्धान्तलाइ पर्ूण्ारुपमा लत्याउ“दै न्यायपालिका प्रमुखलाई नै राजकाजको बागडोर सुम्पिएर ‘न्यायिक निष्पक्षता’ को चीरहरण गरिएको छ । चारदलीय ‘सिण्डिकेट’ को नागपासले बा“धिएको खिरारे सरकारका लागि क्वार्टर प्राक्टिस नै आफ्नो सुस्वास्थ्यको भरपर्दो आधार बन्न पुगेको छ । न्यायाधीश पदका योग्यता र आधारहरुलाई तोडमोड गरी एकै पटकमा १ सय ६९ जना न्यायाधीशहरु नियुक्त गरी ‘राम्रो होइन, हाम्रो मान्छे उपयुक्त’ भन्ने जनाउ दिइसकेको छ किनकि नवनियुक्त न्यायाधशिहरुले शपथ ग्रहणकै पोशाकमा पार्टर्ीीुख्यालय पुगी त्यसको प्रतिउत्तर लगाइसकेका छन् ।
नेपालमा तलदेखि माथि सबै क्षेत्रमा फैलिएको चाकडीवादको साम्राज्यले गर्दा लाग्छ विकसित देशमा जुन कुरालाई राजनीतिक तथा प्रशासनिक विकृति मानिन्छ, नेपालमा त्यो आम संस्कृति बनिसकेको छ । भ्रष्टाचार, दण्डहीनता, अख्तियार दुरुपयोगजस्ता विकृतिहरुले नेपालमा राष्ट्रिय संस्कृतिको रुप लिइरहेका छन् किनकि कुनै पनि क्षेत्र भ्रष्टाचार र क्वार्टर प्राक्टिसबाट अछुतो रहेनन् । भ्रष्टाचार र अनियमिताविरुद्ध कारवाही गर्ने संवैधानिक अंग, गुप्तचर, प्रहरी, अदालत, प्रशासनिक निकाय, स्थानीय सरकार सबै देखावटी, लाचार र निरीह भइदिदा जनसाधारण निराश भई यसैलाई आफ्नो नियतिको रुपमा लिने गरेका छन । त्यस्तै विभिन्न विकृति र विसंगतिविरुद्ध निगरानी गर्ने नागरिक समाज, पत्रकार, पेशागत संगठन आदि निष्त्रिmय रहने, अझ कतिपय अवस्थामा दलीय स्वार्थमा विलीन भइदिनाले समाजमा अराजकताको जालो व्याप्त छ । राजनीतिक पहु“च भएका नवधनाढ्य वर्गका लागि अवैध सम्पति संग्रह नै जीवनको लक्ष्य भएको छ । समाजको नेतृत्व गर्ने यही वर्गको भ्रष्ट आचरणलाई ‘नमूना आचरण’ को रुपमा लिई र्सवसाधारणहरुले समेत अवैधरुपमा ‘लाभ’ लिने कार्यलाई सही ठान्ने गरेको पाइन्छ । पचास रुपैया“ दिएर रोलक्रम विपरीत नक्सा निकाल्ने, सय रुपैया“ दिएर कार्यालय समयपछि लालपर्ूजा लिने, पा“च सय दिएर लिखत पास गराउने र केही हजार दिएर अर्काको नामको जग्गै पास गराउने कार्य मुलुकभर व्याप्त छ । जसलाई नियन्त्रण गर्न खोज्दा भ्रष्ट आचरणकै पक्षमा ऐक्यवद्धता स्वरुप दबाबमूलक कार्यहरु समेत सतहमा आउने गर्दछन् । यसरी भ्रष्टाचारलाइ व्यक्तिगत तथा संस्थागतरुपमा बढावा दिएको पाइन्छ ।
समग्रमा देशलाई लागेको राजनीतिक, प्रशासनिक र नैतिक पक्षघातको निवारण प्रभावकारी कानूनको निर्माण तथा कार्यान्वयनबाट मात्रा सम्भव छ । जनताको खुन-पसिना मिश्रति करमा सञ्चालित राज्य संरचना त्यसमा संलग्न राष्ट्रसेवकहरु नाम बमोजिमको काम गरी जनताप्रति उत्तरदायी हुन जरुरी छ । अनि भ्रष्टाचार र अनियमितता रोक्ने जिम्मा पाएका निकायहरु निष्पक्ष र निडर भएर न्यायको पक्षमा उभिन अबेर भइसकेको छ । त्यस्तै नागरिक समाज, पत्रकार, अधिकारकर्मी, बुद्धिजीवी, विभिन्न अभियन्ता, र्सवसाधारण सबै भ्रष्ट संस्कृतिविरुद्ध सशक्तरुपमा लागी भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कार गर्न अपरिहार्य भइसकेको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top