Free songs
Home / विचार / आफूले बनाउने शालीनता

आफूले बनाउने शालीनता

पद्मप्रसाद शर्मा
आज केही मानिसका मानवीय स्वभावका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । जीवनका उकाली ओराली र घुम्तीहरु प्ाार गर्दा हजारौं हजार मानिसहरुस“ग साथसंगत भयो । त्यसमध्ये कति फरक क्षमताका हुनुहुन्छ त कति साङ्ग हुनुहुन्छ । मैले जीवनमा शारीरिक दर्ुवलता भन्दा पनि मानसिक दर्ुवलताका मानिस धेरै भेटेको छु । मानसिक दर्ुवलता हुनुमा केही मात्रामा हाम्रो सामाजिक परिवेश पनि जिम्मेवार होला तर पनि व्यक्तिमा अन्तरनिहीत भावनाले मानिस मानसिक दर्ुवल भएजस्तो लाग्छ ।
केही वर्षपहिले भारतीय धनाढ्य घनश्याम दास बिडालाको एउटा जीवन झा“की सुनेको थिए“ । मैले सुनेको घटनामा कति सत्यता छ त्यो मलाई थाहा छैन । मलाई जो मित्रले जसरी सुनाउनुभयो जस्ताको तस्तै राख्न चाहन्छु- एक दिन घनश्याम दास विडाला ब्यापारको सिलसिलामा पानीजहाजबाट विदेशतर्फजा“दै रहेछन । -सायद यो घटना निकै वर्षपहिलेको हुनर्ुपर्दछ ) पानी जहाजमा मानिस खचाखच रहेछन् । घनश्याम दास विडाला सामान्य पोशाकमा जहाजकै सिटमा बसेर आफ्नै धुनमा समय बिताइरहेका रहेछन् । उनी बसेकै नजिकमा एकजना खाइलाग्दो युवक आएर बसेछ । केही समय त्यो युवक चुपचाप बसेछ तर केही समयपछि उसले कहिले घनश्याम दासलाई हर्ेर्ने त कहिले आफैलाई हर्ेर्ने गर्न लागेछ । केही समय यस्तै चलेपछि त्यो युवकले बिडालालाई विस्तारै धकेल्न शुरु गरेछ । युवकले जति धकेल्दै गयो घनश्याम दास प्रतिवाद नगरी र्सर्दै गए । र्सर्दै जा“दा उनी आखिरमा बसेको सिटबाट तल खस्कन पुगे । तर पनि उनले कुनै प्रतिवाद गरेनन् । बसेको सिटबाट तल खस्काइसकेपछि त्यो युवाले निकै रवाफिलो स्वरमा सोधेछ- कहा“ के रहनेवाले हो बुड्ढे – घनश्यामदासले शालीनतापर्ूवक जवाफ दिएछन् । उनी आफू जहँ“ बस्थे त्यहींको ठेगाना बताए । युवाले अर्को प्रश्न गर्‍यो किसके मकानमे चौकीदारी करते हो – घनश्याम दास बिडाला केही नबोलेपछि उसले अझै होच्याउने गरी भन्यो- तुमको चौकीदारी भी नहीं मिलाहै तो चल मेरे साथ मै कुछ देदुंगा । घनश्याम दास तब पनि केहि बोलेनन् । घनश्याम दास बिडाला भुइ“मा छन् र युवा उनको सिटमा बसेको छ । युवाले बिडालालाई अर्को प्रश्न गर्‍यो- तैंले मलाई चिन्न सकिनस् – घनश्याम दासले जवाफ दिए- नहीं । युवाले फेरि रवाफिलो स्वरमा भन्यो- त“लाई अरुका गाईका लागि घा“स काट्न ठीक्क छ मलाई कहा“ चिन्न सक्लास् । दिनमा कति भारी घा“स काट्छस् – घनश्याम दास फेरि पनि बोलेनन् । युवाले अर्को प्रश्न गर्‍यो-जीवनमा कहिल्यै चलचित्र हेरेको छस् – विडालाले आर्श्चर्यसूचक नजर लगाउ“दै जवाफ दिएछन्- अरे बाबु बिहानदेखि राति अबेरसम्म त मैले आफ्नै कारोवार हेरेर सक्दैन र त हजारौं म्यानेजर राखेको छु । चलचित्र कतिबेला हेरु“ – युवाले अन्तिम प्रश्न गरेछ- त्रि्रो नाम – उनले ह“सिलो मुद्रामा जवाफ दिए- मेरो नाम घनश्याम दास बिडाला हो । वश उनको अरु परिचय चाहिएन । अब युवाको अवस्थाबारे आफै अनुमान गर्न सकिन्छ ।
दोस्रो एक दिन तुलसीपुरबाट हामी घोराहीतर्फआउ“दै थियौं । बसमा खासै भीड नभए पनि सिट भन्दा बढी दर्ुइचार जना थिए । हामी तीनजना थियौं । तीनजना एकै पङ्तिको सिटमा थियांै । हाम्रो अघिल्तिरको सिटमा एकजना अति सिष्टजस्तो देखिने ब्यक्ति हुनुहुन्थ्यो । उहा“को परिचयका निम्ति हामीले निकै गौर गरेर हेरेका त हौं तर ठम्याउन सकेनौं । गाडी चल्नु केही समय पहिले दर्ुइजना युवा बसमा चढे । ती भद्र ब्यक्ति बसेकै सिट नजिक गएर उहा“लाई दुबै युवाले उठाए । उहा“ले कुनै प्रतिवाद नगरी बसेको ठाउ“ छोड्नुभयो । उहा“ उभिनु र बस चल्नु साथै भयो । हामीले सबै दृष्य हेरिरहेका त थियांै तर केही बोलेनांै । उभिनु भएका ब्यक्ति उमेरले म भन्दा जेठो हुनुहुन्थ्यो । त्यस कारण म आफू बसेको आसनबाट उठेर उहा“लाई बस्न अनुरोध गरें । पहिले उहा“ बस्न मन गर्नु भएन । मैले अलिक कर गरेपछि उहा“ बस्नुभयो । सिटमा बसिसकेपछि उहा“को घर सोधें । घर हेकुली भन्नुभयो । अनि नाम सोधें- धरणीधर भन्नुभयो । मैले थपें- धरणीधर चौधरी – उहा“ले अ“ अ“ चौधरी भन्नुभयो । उहा“संग भेट हु“दा सामान्य कपडाको कर्ुता र धोती लगाउनुभएको थियो । सायद उहा“को पहिरनले गर्दा पनि ती युवाहरुले उहा“लाई सिटबाट उठाएका होलान् । अथवा के हो तिनीहरु नै जानून् । त्यस्तो व्यवहारलाई म त सिधै जंगली व्यवहार भन्ने गर्छर्ुु तैपनि धरणीधरजीलाई प्रश्न गरें -तपाइ“ किन केही नबोली बसेको आसनबाट उठ्नुभयो – उहा“ले सहज किसिमले जवाफ दिनुभयो- ‘विवेक शून्यतामा के को वाद के को विवाद -‘
तेस्रो घटना केशव दीपक शर्मा जो तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय -हाल नेपाल संस्कृत विश्वविद्यालय) को कुलसचिव हुनुहुन्थ्यो । एउटा कार्यक्रममा साथै थियौं । उहा“ जहा“नेर बस्नुभएको थियो त्यहीं पछाडि केही ठिटाहरु थिए । उहा“को कर्ुर्सर्ीीमाएर उनीहरु कराउन हल्ला गर्न लागे । तर उहा“ एक शब्द पनि बोल्नु भएन । लामो समय बित्यो उनीहरुले हल्ला गरेको । म त्यो दृष्य हर्ेर्दै थिए“ र आर्श्चर्य मान्दै थिए“ । मलाई लाग्यो उहा“ एक शब्द बोलिदिए हुन्थ्यो तर बोल्दै बोल्नुभएन । केही समय उनीहरु हल्ला गरे तर पछि आफै गए । उनीहरु गएपछि मैले भनंे काका † ती मानिसहरु यतिबिधि हल्ला गर्दा पनि तपाइ“ नबेालेर बस्नुभयो । कमसेकम एक शब्द नबोल भनेको भए त उनीहरु पहिल्यै जाने थिए कि – उहा“ले भन्नुभयो- ‘हेर बाबु † यिनीहरु मैले जति भने पनि मान्नेवाला थिएनन्, किन तोलाको बचन खोलामा फाल्ने – त्यसैले नबोलेको ।’ उहा“ले भनेको कुरा मैले निकै गम्भीररुपमा लिएर विचार गरेंं । के सा“च्चि मान्दैनथे होलान् त – हुन त हो विवेकशून्यहरुस“ग केको वाद केको विवाद –
मानिस देख्नमा तन्दरुस्त भएर हु“दैन विवेकले तन्दरुस्त हुनर्ुपर्दछ । जब विवेक गुमिसकेको हुन्छ त्यहा“ न वादको काम छ न त विवादको काम छ । मानिस मानिस जस्तो हुनका निम्ति सबभन्दा पहिले विवेकले भरिपर्ूण्ा हुनर्ुपर्दछ । जसस“ग विवेक नै छैन त्यस्तास“ग के अपेक्षा गर्न सकिन्छ र – हर्ेदा तन्दरुस्त देखिनेको संख्याको कम छैन तर विवेकले भरीपर्ूण्ाको संख्या कति होला – एक दिन एकजना मित्रले मलाई एउटा अनौठो तथा गम्भीर प्रश्न गर्नुभयो । उहा“को प्रश्न यस्तो थियो- .’यो दुनिया“मा कति प्रतिशत मानिस इमानदार होलान् -‘ पाठक वृन्द † तपाइ“लाई यही प्रश्न गरेको भए के जवाफ दिनुहुन्थ्यो होला – यो दुनिया“मा कति प्रतिशत मानिस इमानदार पाउन सकिएला – कहिल्यै यस बारेमा सोच्नु भएको छ – ती मित्रको प्रश्नले म निकै गम्भीर भए“ । सोच्न बाध्य भए“ । त्यसअघि कहिल्यै मैले आफ्नो ध्यान त्यता पुर्‍याएको थिएन । उहा“ले प्रश्न गरेपछि मार्क्सको एउटा भनाइ याद आयो । मार्क्सले भनेका छन्- ‘सबैस“ग साथसंगत गर तर सबैलाई सित्तैमा विश्वास नगर ।’ किन यसो भने होलान् मार्क्सले – सबै मानिस इमानदार हु“दैनन् भन्ने अर्थमा भनिएको हुनर्ुपर्दछ । यस कारण मैले उहा“लाई प्रतिशत्मा भने । यो दुनिया“मा ५ प्रतिशत मानिस तपाइ“ले सोचेअनुसारका इमानदार होलान । उहा“ आर्श्चर्य मान्दै जम्मा ५ प्रतिशत – भनेर प्रत्रि्रश्न गर्नुभयो । मलाई त्यस्तै लाग्छ भनेर भनें । करीव एक महिनापछि पहिले प्रश्न गर्ने मित्रस“ग भेट हु“दा पहिले गरेका कुरा दोहोर्‍याउ“दै भन्नुभयो- ‘केही समय पहिले मैले तपाइ“लाई जुन प्रश्न गरेको थिए“ वास्तवमा त्यो सही रहेछ । बेला मौका पर्ूण्ाजीले यस बारेमा कुरा उठाइरहनु हुन्छ । कहिले काहीं लाग्छ हामीले विश्वास गर्न नसकेकै हो या मानिस प्रवृत्तिगतरुपले नै आफै विश्वास जित्न नसकेको अवस्था हो –
घनश्याम दास बिडालाले धर्ैयता गुमाएको भए के हुन सक्थ्यो – धरणीधरले संयमता नलिएको भए कसले खति ब्यहोर्नुपर्दो हो – केशवदीपकमा शालीनता नभएको भए उनीहरुले कतिञ्जेल हल्ला गरेर बहादुरी देखाउ“दा हुन् – नम्रता, शालीनता भद्रता कतै आकाशबाट आउ“छ कि धरतीबाट उम्रन्छ – कि वषर्ास“गै वर्षछ या हावाले उडाएर ल्याइदिन्छ अथवा आफै सभ्य सुसंस्कृत बन्ने प्रयास गर्ने हो – एक मानिसले अर्कोलाई माया“ गर्नुपर्छ, सम्मान गर्नुपर्छ, जो कोहीस“ग पनि केही न केही क्षमता हुन्छ र त्यो क्षमताको कदर गर्नुपर्छ भन्ने धारणा जबसम्म आउन सक्दैन तबसम्म हामीले इमानदार र नैतिकवानको पाठ जति पढाए पनि प्रतिशतमा वृद्धि हुनेछैन । जबसम्म इमानदार, नैतिकवान नागरिक उत्पादन हुन नसकेसम्म व्यवस्था बदलेर मात्र केही हु“दैन । शालीनताको नमूना आफै बन्न सके कसो होला –

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top