Free songs
Home / विचार / अक्षरधाममा एक दृष्टि

अक्षरधाममा एक दृष्टि

गुरुप्रसाद शर्मा रेग्मी
यो देशका गाउ“का जनता पछाडि पर्नुको मूल कारण शिक्षा र सीपको कमीले भएको कमजोर आर्थिक अवस्थाले शोषित र पीडित हुनुपरेको तीतो सत्य नकार्न सकिदैन । यतिबेला जिओ, आईएनजिओ र एनजिओहरुले जनतालाई साक्षर बनाउने, सीप सिकाउने, सुरक्षित र सुनिश्चित जीवनयापन गर्न सक्ने अवसर जुटाइदिने काम भइरहेको छ । यसैले ग्रामीण जनताको सचेतना हिजोको भन्दा आज बढेेको छ ।
घोराही नगरपालिका वडा नं. ३ वर्गद्दी गाउ“बाट विगतमा पू“जी र श्रम पलायन भएकाले गाउ“ले विकासमा फट्को मार्न सकेको थिएन । स्रोत साधन अलपत्र भएर खेर गएको थियो । यस्तो अवस्थामा विभिन्न क्षेत्रको लामो अनुभव बटुलेर जीवनको उत्तर्रार्द्धमा पुगेका नारायणप्रसाद शर्माले आफ्नो अनुभव र अनुभूतिलाई गाउ“को विकासमा लगाउने दृढ इच्छाका साथ गाउ“मै बसेर अक्षरधाम बहुद्देश्यीय सहकारी संस्था खोलेर आफ्नै नेतृत्वमा जसरी कामको थालनी गर्नुभएको छ त्यसले गाउ“मा ठूलो परिवर्तन ल्याउने छ र विकासको थालनी हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
यस संस्थामा बढीभन्दा बढी गाउ“लेहरुलाई सहभागी र सहयोगी बनाउनेे, हरेक
योजना, परियोजना र कार्यक्रमप्रति ग्रामीण जनताको मोह जगाउन सकियो भने त्यतिबेला अकल्पनीय कामहरु पनि हुनसक्छन् । त्यस कारण गाउ“का जनतालाई संस्थाले शासन गर्ने सोच नभएर ग्रामीण जनताको सेवकका रुपमा आफूलाई उभ्याउन सक्यो भने अवश्य पनि आफ्नो लक्ष्यमा पुग्नेछ ।
मानव जीवनको प्रारम्भदेखि नै विकास र परिवर्तन भन्ने कुरा जीवनपद्धतिको रुपमा स्वीकार्य भएको छ । विकास भन्ने कुरा मानवीय समस्या हो । यो जटिल हुनुको साथै गतिशील पनि हुन्छ । निरपेक्ष गरीवीको रेखामुनि रहेको मानिसको लागि दर्ुइ छाक पेटभरि खाना, एकसरो लुगाले लाज ढाक्न पाउने, घाम, जाडो वषर्ामा ओत लाग्नसक्ने बास पाउनु नै विकास हो भने शहरमा बस्ने मानिसहरुका लागि टेलिभिजन, वातावरण अनुकुलित कोठा, रेप्रिmजेरेटर, मोटरसाइकल उपलब्ध हुनु नै विकास भनिन्छ । यसरी हर्ेदा नेपालमा पचास प्रतिशतभन्दा बढी जनताका लागि विकास भनेको गास, बास, कपास, शिक्ष्ँा, स्वास्थ्यको सुनिश्चितता भएको हुनर्ुपर्दछ । जबकि विकसित राष्ट्रहरुका लागि विकास भनेको चन्द्र, मंगलमा बस्ती बसाल्ने जस्ता अकल्पनीय कुराहरु जोडिएका हुन्छन् । यही पर्रि्रेक्ष्यमा यो अक्षरधाम सहकारी संस्थाले प्रारम्भिक अवस्थामा ग्रामीण जनतालाई संस्थाप्रति आस्था, विश्वास र निष्ठा जगाउन के गरिरहेको छ भन्ने कुरा मैले जे सुनें, जे देखें त्यसले मलाई त आश्वस्त बनाएको छ । तर, संस्थाले वर्गद्दी गाउ“का जनतालाई कति आश्वस्त पार्छ त्यो हर्ेन केही समय प्रतीक्षा गर्नैपर्दछ । र्
वर्गद्दी गाउ“मा स्थापना भएको अक्षरधाम सहकारी संस्थाको चर्चा परिचर्चा भइरहेको थियो । संस्था नामको लागि मात्र खोलिएको हो कि काम पनि भएको छ प्रायः सबैलाई यस्तो लाग्नु स्वाभाविक हो । संंस्थाका सचिवले संस्थाको अवलोकन गर्न सुझाव र सल्लाह दिनसमेत अनुरोध गर्नुभएकाले म संस्थामा गए“ । जे देखें, जे अनुभव गरें त्यही कुरा पाठकहरुसामु पस्किएको छु । भर्खरै स्थापना भएको संस्थाले आफ्नो घर बनाएको छ । त्यहींबाट संस्थाका बहुआयामिक कार्यक्रमहरु सञ्चालन गरेको रहेछ । वर्गद्दीको पिछडिएको ग्रामीण समाजलाई सचेत र सजग बनाइ आफैमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अगाडि बढेको रहेछ ।
पारिवारिक संकट निम्त्याउने सबैभन्दा जटिल समस्या नै आवश्यकता परेको बेला सहज र सरलरुपमा ऋण सुविधा दिने संस्थाको रुपमा महत्वपर्ूण्ा काम गरेको छ भने बचत गर्ने बानी पनि बसालिदिएको छ । यस अक्षरधाम सहकारी संस्थाले सञ्चालन गरेको वित्तीय कारोवारले सानोतिनो ऋण खोज्न कहीं कतै जानर्ुपर्दैन ।
पढ्न नपाएका या नसकेका बाल, युवा, वृद्ध गाउ“का सबैलाई साक्षर बनाउने उद्देश्यले नियमितरुपमा दिउ“सो कक्षा सञ्चालन भइरहेको छ । यसमा पढ्ने एकजना महिलास“ग मैले साक्षात्कार गरें । उनलाई अत्यन्त सन्तुष्ट पाए“ । यसमा पढेका विद्यार्थीहरुको लागि वैधानिक र नियमसम्मत प्रमाणपत्रको व्यवस्था मिलाउने सम्वन्धमा पनि सरकारीस्तरमा प्रयास भइरहेको रहेछ ।
ग्रामीण जनतालाई उसको रुचिअनुसारको सीप सिकाउने व्यवस्था पनि गरेको छ । यसरी यस संस्थाले आफ्नो संस्थाबाट दिनसक्ने सीप दिने, यदि जिल्लामा जिओ, एनजिओ कहींबाट पनि हुन लागेको सीपसम्वन्धी तालिममा सहकारी
संस्थाको एकजना सदस्यलाई तालिम दिलाउने र भविष्यमा त्यही व्यक्ति संस्थाको सम्वन्धित तालिमको प्रशिक्षक हुने
व्यवस्था भयो भने संस्थाको तालिम सस्तो र भरपर्दो हुनेछ । सबै कुराको सुविधा गाउ“मै हुने अन्यत्र खोज्न जानु नपर्ने अवस्था सिर्जना हुन्छ ।
कृषिसम्वन्धी तालिम दिने, कृषिसम्वन्धी नया“ प्रविधिबाट किसानलाई परिचित गराउने, बेमौसमी तरकारी खेती तथा बालीमा विविधिकरणसम्वन्धी जानकारी गराउने गरेको रहेछ । वर्गद्दीजस्तो सुख्खा ठाउ“मा पनि बैशाख जेठमा सिंचाईको व्यवस्था मिलाएर बेमौसमी तरकारी फलाउन संस्था र्समर्थ भएको छ ।
संस्थाको भोलिको लागि के सोच रहेछ भने संस्थाको भवनको एकछेउमा सटर हालेको घर बनाउने र त्यसैमा नूनदेखि सुनसम्मका सबै बस्तुहरु किफायत मूल्यमा ग्रामीण जनतालाई सहयोग पुर्‍याउने उत्तम सोच रहेछ ।
संस्थाले अक्षरधाम सहकारी संस्थाको नामलाई नै र्सार्थक बनाउने हो भने बाल, वृद्ध, युवा, महिला, पुरुष सबैलाई आचार, विचार, व्यवहार सकारात्मक बनाउन गोष्ठी, अन्तक्रिर्या गराउनर्ुपर्दछ । पुस्तान्तरको अन्तरले उब्जाएका पारिवारिक समस्याहरुलाई सहज र सरलढंगबाट कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा समय-समयमा छलफल गराउनर्ुपर्दछ ।
किसानलाई प्लाष्टिक, बा“स, मकैका चोइटा, गहु“को बोटबाट बनाउने सक्ने सामानहरुको तालिम गराइदिने हो भने उनीहरुका लागि अतिरिक्त आयको ठूलो सं्रोत बन्ने थियो ।
अन्तमा यो संस्था औपचारिकता पर््रदर्शन गराउनेमा मात्र सीमित नहोस् यही मेरो शुभेच्छा छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top