Free songs
Home / विचार / तपाइका छिमेकी कस्ता छन् –

तपाइका छिमेकी कस्ता छन् –

धनबहादुर वि.सी.
पृष्ठभूमि :
साउन २१ गते तुलसीपुर क्षेत्रको एक निजी विद्यालयमा अध्ययनरत दर्ुइजना बालकहरु अपहरणमा परे । स्थानीयको तदारुकता तथा समयमै प्रहरी प्रशासन तथा अन्य सम्बन्धित पक्षको सक्रियताले गर्दा अपहरणकारीहरु त्यो भन्दा अगाडिको कदम चाल्न सफल भएनन् । दाङ प्रहरीको यो कार्यलाई सबैले प्रशंसा गर्नैपर्दछ । दाङ प्रहरीले यो अवधिमा दर्ुइ महत्वपर्ूण्ा काममा आफ्नो सक्रियतासहितको सफलता हात पार्न सफल भएको छ । पहिलो किर्ते जग्गा प्रकरणजस्तो भ्रष्टाचारजन्य कार्य र दोस्रो अपहरणपश्चात पनि सकुशल बालकहरुलाई उद्वार गरिएको कार्य । अपहरणपश्चात यसरी सकुशल उद्वार गरिएका समाचारहरु कमै मात्र सुन्न पाइन्छन् अझ भनौं यसरी उद्धार पनि कमैको मात्र हुने गरेको छ । घटनाको प्रकृति बुझ्दा उनीहरु पहिलो चरणमै असफल भएको पाइएको छ । यो कार्यलाई सफल हुन नदिन प्रत्यक्ष तथा अप्रत्यक्ष महत्वपर्ूण्ा भूमिका खेल्ने सबै धन्यवादका पात्र छन् । स्थानीय नागरिकहरुको पनि महत्वपर्ूण्ा हात रह्यो, यो कार्यमा । समाज सचेत र सजग भएमा मात्र यस्ता घटनाहरु असफल हुन्छन् । यसरी जनता र सरकार
-प्रहरी) को सहकार्य एकै ठाउ“मा परेको खण्डमा जस्तोसुकै कार्य पनि कठिन छैन र हु“दैन भन्ने पाठ यसले सिकाएको छ ।
समाचार अनुसार अपहरण कार्यमा छिमेकीकै महत्वपर्ूण्ा हात रहेको कुरा बाहिर आएको छ । कुनै पनि ठाउ“को रहनसहन तथा रीतिरिवाज आदि त्यहा“का बासिन्दा कस्ता छन् भन्ने कुरामा निर्भर गर्दछ । भनिन्छ, दिनहु“ खाने तरकारी छान्न सकिन्छ, कपडा छान्न सकिन्छ तर छिमेकी छान्न सकिन्न । त्यस कारण कुनै पनि ठाउ“मा बसोबास गर्नुपर्ूव छिमेकी कस्ता छन् भन्ने कुरा बझ्नु महत्वपर्ूण्ा हुन आउ“छ । हुन त भन्ने गरिन्छ, आफू भलो त जगत भलो । त्यति मात्र पनि होइन रहेछ । यसरी छिमेकीको भर भो भने त ठीकै हो तर डर हुने वातावरण भएको खण्डमा उक्त ठाउ“मा जीवन गुजार्न नै गाह्रो हुन्छ ।
अहिले मानिस यति भौतिक सुविधाभोगी भएको छ कि धनको लागि ऊ जे गर्न पनि तयार हुन्छ । हत्या, बलात्कार, अपहरण, लुटपाट, चोरी, डकैती, भ्रष्टाचार, ठगी यसैका उपज हुन् । यसमा देशको राजनीतिक माहोलको पनि महत्वपर्ूण्ा भूमिका हुने गर्दछ । २०६२/०६३ को जनआन्दोलन र दशवर्षो जनयुद्धले यस्ता कार्यमा केही हदसम्म मलजल गर्ने काम गरेको हो जुन सबैसामु र्छलंग नै छ । मानिसमा बदलाको भावना पलाएको दशक पनि त्यही नै हो । द्वन्द्वलाई यो देशले सही तरीकाले व्यवस्थापन गर्न नसक्दा नै यो नियति नेपालले आज भोगिरहेको छ र यो निरन्तर चलिरहने छ । शान्ति सम्झौता त भयो तर दश वर्षो उन्माद, धङधङी र ह्याङओभरलाई व्यवस्थापन गर्न नसक्दा नै यस्ता क्रियाकलापले थप बल पाएका छन् । जसरी हुन्छ मान्छे पैसा कमाउन चाहन्छ । यसको लागि उ मदहोश हुन पनि तयार छ । यसका लागि मान्छेले आज विवेक गुमाएको छ, इमान हारेको छ र इज्जतलाई बंकरमा थुनेर राखेको छ ।
सचेतताका लागि ः
अतः यी र यस्ता क्रियाकलापको जननी भनेकै हाम्रो समाज हो । जबसम्म यस्ता आपराधिक क्रियाकलापलाई व्यक्तिको नभई यो समाजले आफ्नो समस्या मान्न इन्कार गर्दछ तबसम्म यस्ता क्रियाकलाप र अपराधहरु बढिरहन्छन् । हर्ेदाखेरी यस्ता समस्या व्यक्तिगत जस्ता देखिन्छन्/लाग्छन् तर यस्ता समस्याहरु हामी सबैका समस्या हुन् । आज कुनै एक व्यक्तिलाई परेको त्यो समस्या भोलि अर्को कुनै व्यक्तिलाई पर्न सक्दैन भन्ने कुनै ग्यारेन्टी छैन । आज तल्ला घरमा चोरी गर्ने चोर भोलि माथिल्ला घरमा पनि चोरी गर्नसक्छ । त्यसैले समाजमा भएका यस्ता व्यक्तिलाई समाजले नै तह लगाउन सबैजना सचेत हुनु जरुरी छ । यस्ता आपराधिक गिरोहहरु राजनीतिक पार्टर्ीीथा समाजकै संरक्षणमा हर्ुर्किरहेका हुन्छन् । यस्ता व्यक्तिको बारेमा सूचना पाएमा वा जानकारी भएमा हामीले सम्बन्धित प्रहरी प्रशासनलाई खबर गर्नु नै बुद्धिमानी हुन्छ । कानुनी राज्यमा यदि कुनै ब्यक्ति दोषी र्ठहर्छ भने त्यसलाई सजाय दिने अधिकार कानूनको कार्यान्वयन गर्ने निकायको हुन्छ न कि व्यक्तिको । प्रहरी प्रशासन तथा नागरिकको सहकार्यमा मात्र यस्ता आपराधिक क्रियाकलापहरु म्ाौलाउन पाउ“दैनन् ।
त्यस्तै आफ्ना बालबच्चाहरुको बारेमा अभिभावकले पनि आवश्यक निगरानी राख्नर्ुपर्दछ । घरदेखि विद्यालयको दूरी कति छ सोहीअनुरुपको व्यवस्था अभिभावकबाट हुनर्ुपर्दछ । कुनै कारण वा काम परेमा विद्यालयबाट बालबच्चालाई लिनु परेको खण्डमा स्वयं आमा-बाबु नै जा“दा वेस हुन्छ । दोस्रो व्यक्तिलाई विद्यालयमा लिन पठाउ“दा विश्वासिलो व्यक्तिलाई मात्र छान्नर्ुपर्दछ । त्यस्तो व्यक्तिलाई पठाउ“दा समेत फोन वा अन्य यस्तै माध्यमबाट विद्यालयमा सर्म्पर्क गरी जानकारी गराउ“दा बुद्धिमानी हुन्छ । विद्यालयमा लैजाने टिफिनको व्यवस्था घरैबाट गरिदिने र बजार वा पसलका आकर्ष देखिने तर हानिकारक खाद्यान्नतर्फबालबच्चालाई टाढै राखेमा लोभ र लालचमा लाग्ने सम्भावना कम हुन्छ । बालबच्चाको प्रत्येक पाठ्यपुस्तकमा घरपरिवारका सदस्यको फोन नम्बर लेखिदिने गर्नुपर्दछ जसले गर्दा कुनै बखत अप्ठेरो परेमा सहजै सर्म्पर्क गर्न सकिन्छ । घरमा तथा विद्यालयमा बालबच्चाहरुलाई नचिनेका व्यक्तिस“ग कतै नजान र नचिनेका व्यक्तिले दिएको कुनै पनि कुरा नखान भन्ने जस्ता सचेतनामूलक शिक्षा दिनाले पनि यस्ता घटना हुन पाउ“दैनन । अभिभावकहरुले आफ्ना बालबच्चाहरुलाई पर्याप्त समय स“गस“गै माया ममता पनि दिनर्ुपर्दछ । जतिखेर बालबच्चालाई अभिभावकको खा“चो हुन्छ त्यतिखेर अभिभावकले पर्याप्त समय दिन नसक्दा उनीहरुले जसबाट माया ममता पाउ“छन्, जसले उनीहरुको समस्या बुझिदिएको जस्तो बहाना गर्दछन् बालबच्चाहरु न्ाजानिदो पाराले त्यतैतिर लाग्छन् । र, अन्त्यमा कुलतमा पनि फस्न सक्छन् । अभिभावकहरुले आफ्नो बालबच्चाहरु घरमा आउने समयको बारेमा यकिन गर्नुपर्दछ । पा“च-दश मिनेट तल माथि पर्नु सामान्य भए पनि त्यो भन्दा अलि ढिलो भएको आफूलाई महसुस भएमा तुरुन्त आवश्यक जानकारी सम्बन्धित ठाउ“बाट लिन ढिलो गर्नुहु“दैन । त्यसको लागि अभिभावक तथा विद्यालयले त्यस्ता विद्यार्थीका साथीहरु को हुने गर्दथे – विद्यालयमा कुन बेञ्चमा को-कोस“ग बस्ने गर्दथे । घरबाट विद्यालय जा“दा र फर्किदा उसका साथीहरु को-को हुने गर्दथे – जस्ता कुराको जानकारी राख्नर्ुपर्दछ । बालबच्चाहरु विद्यालय तथा अभिभावकले विद्यालय जा“दा वा फर्किदा समूहमा जान आउन भनेर सिकाउनु जरुरी छ । त्यस्तै शिक्षक, शिक्षिकाहरुले विद्यालयमा छुट्टीपछि र्सवप्रथम घरमा जान र बाहिर कतै जा“दा अभिभावकको अनुमति लिएर मात्र जाने जस्ता कुराहरु सिकाउनर्ुपर्दछ भने अभिभावकले पनि विद्यालयबाट सोझै घर र्फकन र साथी वा अन्यत्र कतै जा“दा पनि आवश्यक सबै कुरा बुझेर मात्र अनुमति दिने वा नदिने के गर्ने आफूले निर्ण्र्ाागर्नुपर्दछ ।
सकभर रुपैया“ पैसा बच्चाबच्चीलाई दिनुहु“दैन । आवश्यक चाहिने सामग्रीहरु आफैले जोहो गरिदिनु पर्दछ बरु मार्केटिङको लागि उनीहरुलाई स“गै लैजा“दा उचित हुन्छ । तर पैसा हात पारिदिनाले उनीहरुको पैसाप्रतिको मोह बढेर जान्छ तर घट्दैन । र, पछि त्यो पैसाको लालसा बा-आमाबाट पूरा नहुने देखेपछि गलत बाटो अ“गाल्न पुग्छन् । त्यतिखेर पछुताउने सिवाय अरु हु“दैन । बालबच्चालाई भौतिक सुखसुविधा भन्दा जे छ त्यसैमा सन्तुष्ट हुने वातावरण विद्यालय तथा अभिभावकले तयार पारी सोही सम्बन्धी शिक्षा दिनर्ुपर्दछ । यसको लागि व्यवहारिक नैतिक शिक्षाको आवश्यकता छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top