Free songs
Home / विचार / कृषिमा आत्मनिर्भरता-भोलिको गौरव

कृषिमा आत्मनिर्भरता-भोलिको गौरव

देवराज विश्वकर्मा
भर्खरै सरकारले २० वर्षो रणनीतिक योजना पारित गरेको कुरा र्सार्वजनिक गरेको छ । करीव ९ करोड खर्च गरेर कृषि क्षेत्रको समग्र विकासका लागि के कस्ता योजना अघि र्सार्न सकिन्छ भनेर गरिएको अध्ययनका आधारमा यो रणनीतिक योजना तयार गरिएको छ । नेपाल कृषिप्रधान देश हो । अझै पनि ८० प्रतिशत जनता कृषिमा आश्रति छन् । नोकरी, व्यापार, वैदेशिक रोजगारीलगायतको क्षेत्रले २० प्रतिशत जनतालाई धानेको छ । कृषि क्षेत्र अझै आम्दानीको मुख्य क्षेत्र बन्न सकेको छैन । आम्दानीको मुख्य क्षेत्र नबन्दा आकर्षा पनि छैन । अनन्त सम्भावना भएको तर राज्यले उचित शिक्षा र चेतना तथा आर्थिक सहयोग नगर्दा यो क्षेत्र विस्तारै खस्कदो अवस्थामा छ । परनिर्भरता बढिराखेको छ अपितु आकर्षा घटिराखेको छ । कृषि क्षेत्रमा लगानी बृद्धि होस् र कृषिको उन्नति होस् भनी स्थापित कृषि विकास बैंक अब सरकारले चलाउन नसकेर कम्पनी बनेको छ र अब छिट्टै विदेशीको हातमा जाने प्रायः निश्चित छ । विदेशीको लक्ष्य नाफा कमाउनु हुनेछ । नाफा कमाउनका लागि जुन क्षेत्रमा लगानी गर्दा धेरै ब्याज आउ“छ त्यहीं लगानी गर्ने हुन्छ ।
जनतालाई गरेको लगानीबाट किन बैंक माथि उठ्न सकेन – यसमा अरु व्यवस्थापकीय कमजोरी पो छन् कि – कर्मचारीले लापरवाही गरी अनुत्पादक क्षेत्रमा लगानी गरेकाले नाफामा जान नसकेको हो कि – नेपालीले व्यवस्थापन गर्दा डुब्ने विदेशीले व्यवस्थापन गर्दा उठ्ने अवश्य पनि हु“दैन । अन्य कतिपय विदेशीले व्यवस्थापन गरेका उद्योगधन्दा टाट पल्टिएर पुनः नेपालीले व्यवस्थापन गर्दा राम्रो भएका उदाहरणहरु पनि छन् । सरकार विस्तारै पछि हट्दैछ । शिक्षा क्षेत्रबाट सरकार पछि हट्दैछ त्यसको परिणाम राम्रो आउला भनेको झन् गिर्दो अवस्था छ । त्यसैगरी कृषि क्षेत्रबाट पनि पछि हट्दैछ र परिणाम राम्रो हुने सम्भावना देखिन्न । सरकार अभिभावक हो भने जनता भनेका बालबच्चा जस्तै हुन् । बालबच्चालाई वेवारिसे छोड्दा के हुन्छ ठीक त्यस्तै अवस्था आउ“दैछ । देशका जनता आफै सक्षम भएको अवस्थामा निजी क्षेत्र वा जनताले आफै केही गर्न सक्छन् ।र्
भर्खरै कान्तिपुर दैनिकले एउटा समाचार प्रकाशित गर्‍यो-कृषि क्षेत्रको आयात निकै कहालीलाग्दो छ । पछिल्लो ११ महिनामा झण्डै १ खर्ब मूल्यको कृषिजन्य वस्तु खरीद गरिएको छ । छिमेकी मुलुक भारतबाट ती वस्तुहरु नेपाल आयात गरिएको छ । यो तथ्य किन मननीय छ भने हामी कृषिप्रधान देशका नागरिकहरु औद्योगिक देश भारतबाट आयात गरिएको चामल, दाल, चिनी, चिउरा, तेल, फलफूल, दूध, दही, घ्यू, माछा, मासु, अण्डालगायतका कृषिउपज वस्तुहरु आयात गरी उपभोग गरिरहेका छौं । यो निकै लाजमर्दो कुरा हो । जहा“ उद्योग धन्दा कलकारखाना छैनन् आम्दानीको अर्को भरपर्दो स्रोत पनि छैन, त्यस्तो देशका हामी नागरिकहरु त्यति विशाल अर्थतन्त्र भएको मुलुकबाट कृषि उपज आयात गरेर झन् सम्पन्न बनाउ“दैछौं । अरु सम्पन्न हुनु वा नहुनु भन्दा महत्वपर्ूण्ा कुरा हामी प्रत्येक दिन पराधीन बनिरहेका छौं । पराधीन बन्नुको अर्थ गरीब हुनु पनि हो ।
हामीले गौरवका साथ यो वस्तुमा आत्मनिर्भर छौं भन्ने अवस्था छैन । अन्य तयारी मालसामानको झन् धेरै टाढाको कुरा भयो । पहाडी मुलुकका वासिन्दा हौं हामी । वनजंगल पर्याप्त मात्रामा छ हामीस“ग । पशुपालनको अथाह सम्भावना छ हामीस“ग । तर वाषिर्क झण्डै ४ अर्ब मूल्यको मासुजन्य पशु आयात गर्र्छौं हामी । खसी-बोका, भेंडा, च्यांग्रा, रा“गा, भैंसी र कुखुराहरुको वाषिर्क आयात दर ४ अर्ब छ । १ अर्ब मूल्यको मासुजन्य कृषिउपज देशभित्र उत्पादन हुन्छ । उपभोग दर बढेको छ, उत्पादन दर घटेको छ, त्यसैले हामी पराधीन बन्दैछौं । अरुमा निर्भर हुनुको अर्थ अधीनमा रहनु पनि हो । आफ्नै उत्पादन भए रोजेर उपभोग गर्न सकिन्थ्यो, आफ्नो उत्पादन नभएपछि जे भित्र्याउन सकिन्छ त्यही खानर्ुपर्दछ । प्रधानमन्त्री बाबुराम भट्टर्राईको पालामा आयात कर खारेज गरियो । कृषि क्षेत्रमा देशले लगाउने आयातकर १० प्रतिशत लिनुको अर्थ त्यो कृषिउपज उपभोग्य नभए त्यसलाई नष्ट गर्दा लाग्ने शुल्क वापत लिइएको खर्चवापतको कर हो । भारतलगायत विश्वका सबैजसो देशमा कृषि उत्पादनका लागि अनुदान दिने गरिन्छ । ५० देखि ९० प्रतिशतसम्म अनुदान दिने मुलुकहरु छन् । ९० प्रतिशत अनुदान दिएको कुनै उत्पादन रहेछ भने किसानको १० प्रतिशत हिस्सा मात्र लगानी भयो । यदि १० प्रतिशत हिस्सा पनि जोखिममा पर्‍यो भने विमावापत उसले लाभ लिन्छ, त्यसैले कृषि क्षेत्रमा विकसित मुलुकका मानिसहरु लाग्छन् । सबै कुरा सरकारले जिम्मा लिन्छ र उच्च सम्मान पाइन्छ भने को नलाग्ला त्यो क्षेत्रमा ।
पिएचडी गरेका, एमविविएस उत्तर्ीण्ा गरेका मानिसहरु गाईपालन, बाख्रापालन, भेडा, माहुरीपालन, तरकारी खेतीमा लागेको समाचार सुन्छौं- पढ्छौं तर हामीकहा“ किन अनपढ मान्छे पनि कृषिमा लाग्दैन – यसको जवाफ खोज्नुपर्ने बेला भएको छ । यसको एउटा कारण त हाम्रो देशमा स्थिरता छैन, व्यवस्थापकहरु सधै“ व्यवस्था फर्ेनमा लागे । सत्तामा रहेका व्यवस्थापक आफ्नो पुस्तौं पुस्ताको व्यवस्था मिलाउन लागे, अथवा जसरी हुन्छ आफ्नो दुनो सोझ्याउन लागे, केही पढेलेखेका मानिसहरु सत्ताको वरिपरि चाकडी चाप्लुसीमा लागे । विपक्षमा रहनेहरु सधै“ बिरोधै बिरोध । भूमिगत रहेर व्यवस्था परिवर्तन गर्नेहरुको त झन् कुरै फरक भइहाल्यो । उनीहरुले सधै“ भोलिको सपना देखाए । आज काम गर्न कसैले सिकाएनन् । आज नगरी भोलि पाइन्न । आशैआशमा क्रान्तिको सपना खुब देख्यौं हामी नेपालीले तर क्रान्तिलाई साकार रुप दिने ताकत कहिल्यै विकास गरेनौं । आज विपक्ष वा भूमिगत नेतृत्वमा रहेको देशको सत्ताको नेतृत्वमा पुगिसक्दा उसमा आफ्नो सन्तानको भविष्य सुरक्षित गर्ने भोक जागिसक्दो रहेछ । यदि नेताहरु सारा देशवासीलाई सन्तानका रुपमा हर्ेर्थे भने यो सब हुने थिएन । देशले का“चुली फेरिसकेको हुन्थ्यो । जनता भोलिको मात्र चिन्ता गर्ने, नेताहरु आफ्ना छोरानातिका लागि मात्र मरिमेट्ने, यही अनौठो संयोगले देशलाई पछाडि धकेलिराखेको छ । अलिकति केही गर्न चाहने नेतृत्वलाई कर्मचारीतन्त्रले रोकिराखेको छ । जसले केही गर्न चाहन्न, त्यसलाई यही व्यवस्था ठीक छ ।
कृषि क्षेत्र यति लाजमर्दो अवस्थामा पुग्यो भनेर विचार गर्ने हो भने कर्मचारीको नेतृत्व सुखशयलमै मस्त । कृषि सचिवको कुरा गरौं- भोज भतेर, विदेश भ्रमण, बैठक सेमिनार-गोष्ठी, अनुगमन, समीक्षा आदि-आदि, कृषिको अर्को निकायको नेतृत्व पनि त्यस्तै । कृषिमन्त्री गर्न चाहने छ भने बुझ्दाबुझ्दै ठीक्क । कर्मचारी तन्त्रको माकुरे जालो र त्यसको आनीवानी विचार, संस्कार । नगर्न चाहने मन्त्री भएर्-कर्मचारीतन्त्रलाई त्यही चाहिएको हुन्छ । भुलाइदिन्छन्-शानसौकतको दुनिया“मा, उद्घाटन, भ्रमण, अवलोकन, निरीक्षण, बैठक आदि-आदि । यही हो देश ब्रि्रने संस्कार । काम गर्न चाहने मानिसलाई सरकारका निकायले सहयोग गर्दैनन् । जसले गर्दैन उसैले सरकारी सुखसुविधाको उपयोग गर्छ । नेपाल मात्रै यस्तो देश हो जहा“ प्रकृतिका सारा उपहारहरु खेर जा“दैछन् । नेपाली श्रमशक्ति विदेशतिर जा“दैछन् । व्यापारको क्षेत्रमा पनि घाटा बढ्दो छ । अन्तर्रर्ााट्रय ठूला सञ्जालहरु एक ठाउ“को घाटा अर्को ठाउ“बाट पर्ूर्ति गर्न सक्छन् तर नेपाली साना व्यापारीहरु यहा“को घाटा कताबाट पर्ूर्ति गर्ने –
आज भोलिको नेपालको सुन्दर सपना देखेर हुन्न । सपना आफै धर्तीमा खस्दैन । सपना धर्तीमा खसाल्न पसिना बगाउनर्ुपर्छ-आज । कर्ण्ाालीमा राम्रो स्याऊ घोडालाई खुवाइन्छ । बाटो खनेर नेपालभरि फिजाउन सके कर्ण्ाालीका जनतालाई अन्नको अभाव हुने थिएन । राष्ट्रपतिको स्वास्थ्य जा“च गर्न ६० लाख खर्च गर्न सक्ने सरकारले कर्ण्ाालीका लागि किन बाटो बनाउ“दैन – अरु निकायबाट बाटो बनाउ“दा हु“दैन भने प्राविधिक सहयोग सडक विभागले गरेर नेपाली सेनालाई निर्माणको जिम्मा दिनर्ुपर्छ । धान, मकै, कोदो, तोरी, गहु“, मसुरो, फलफूल, बाख्रा, भैंसी, गाई, भेडा, कुखुरा आदिको निकै धेरै सम्भावना हु“दाहु“दै हामी किन परनिर्भर हुनुपर्‍यो – यसको जवाफ सरकारी, निजी सबै क्षेत्रले खोज्नर्ुपर्छ । आज कृषि क्षेत्रमा लगानी गर्ने हो भने भोलि हाम्रो देश आत्मनिर्भर बन्नेछ । सरकारले सिंचाईको राम्रो प्रवन्ध गर्नेतर्फठोस पहल गर्ने हो भने विदेशको रेमिटले भन्दा धेरै काम गर्नेछ । नेपालको गौरव-कृषिमा आत्मनिर्भरता नै मुख्य मार्ग बन्नेछ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top