Free songs
Home / विचार / गोलमेच सम्मेलनको औचित्य

गोलमेच सम्मेलनको औचित्य

डा. टीकाराम पोख्रेल
नेपालको राजनीतिमा बेला-बेलामा मौसमी हावा चल्छ । यतिबेला नेपालको राजनीतिमा गोलमेच सम्मेलनको मौसमी हावा चलेको छ । तत्कालीन माओवादीको दशवर्षो द्वन्द्व उत्कर्षतर पुग्दा माओवादीले अगाडि सारेका मागमा गोलमेच पनि जोडियो । तर, माओवादी शान्ति प्रक्रियामा आइपुग्दा उसले गोलमेचको एजेण्डालाई छोड्यो । सायद माओवादीले अरु माग पूरा हुनुमा नै आफ्नो जीत ठान्यो । अरु उपलब्धिका अगाडि गोलमेच छाया“मा पर्‍यो । समय बित्तै गयो, बागमतीमा पानी बगिरह्यो, गोलमेचको माग उठाउनेले गोलमेच बिर्सर्ेे तर, जब माओवादीबाट एमाओवादी बनेको पार्टर्ीीट वैद्यपक्ष छुट्टएिर नेकपा-माओवादी बन्यो उसले गोलमेचको एजेण्डालाई फेरि ब्यू“तायो ।
के हो गोलमेच सम्मेलन – हिजो होस् वा आज गोलमेचको बारेमा माग, बहस, छलफल र भाषण भए पनि आमनागरिकमा मात्र नभएर स्वयं गोलमेचको माग गर्ने र गोलमेच हु“दैन भन्नेहरु बीच पनि गोलमेच के हो भन्ने विषयमा अन्योल कायमै छ । गोलमेचको सान्दर्भिकता र औचित्य कसैले पुष्टि गर्न सकेको अवस्था छैन । नेपालको सर्न्दर्भमा नया“ प्रयोग भएकाले यस्तो अन्योल हुनु अस्वाभाविक पनि होइन । के का लागि गर्ने गोलमेच सम्मेलन – यसको स्वरुप कस्तो हुन्छ – के गोलमेचले निकास निकाल्छ त – भन्ने बग्रेल्ती प्रश्नहरु गोलमेच सम्मेलनमाथि बर्सिरहेका छन् । यी अन्योलका बीचमा फुत्त गोलमेचको मिति तोकियो भने कुनै अचम्म भने नमाने हुन्छ किनकि नेपालको राजनीतिमा अ“ध्यारोमा झटारो हान्ने खेल चलिरहन्छ ।
अंग्रेजीमा ‘राउण्ड टेबल कन्प|mेन्स’ भनिने गरिएको गोलमेच सम्मेलनको र्सवसम्मत परिभाषा छैन । तर गोलमेचको शाब्दिक अर्थतिर जाने हो भने यति भन्न सकिन्छ कि गोलमेचको अर्थ सरोकारवाला सबै एकै ठाउ“मा गोलबन्द भएर राष्ट्रिय एजेण्डामा छलफल गर्ने हो । कोही तल कोही माथि वा कोही सानो कोही ठूलो नभई सबै एकै ठाउ“मा एउटै हैसियतमा गोलवद्ध भएर राष्ट्रिय एजेण्डामा छलफल गर्नु नै गोलमेच सम्मेलन हो । यसमा कोही सानो कोही ठूलो हु“दैन, कोही लिने र कोही दिने पनि हु“दैन । सबैको साझा एजेण्डामा सबै बसेर साझा सहमति गरिन्छ र निकास पनि साझा निकालिन्छ । गोलमेच सम्मेलनमा सबैको हैसियत समान हुने हु“दा कोहीमाथि कसैको विचार जबर्जस्ती लादिन्न ।
गोलमेच सम्मेलनको अर्थ सबैको साझा एजेण्डा, समान हैसियत, साझा निर्ण्र्ााभए पनि यसको अन्तर्रर्ााट्रय अभ्यास हर्ेर्ने हो भने त्यस्तो देखिदैन । भारतको स्वतन्त्रता आन्दोलनको अन्तिम चरणमा बेलायतले लण्डनमा आयोजना गरेको गोलमेच सम्मेलन होस् वा इण्डोनिशियाको सर्न्दर्भमा निदरल्याण्डले हेगमा गरेको गोलमेच हुन् सबै द्विपक्षीय सहमतिका लागि मात्र भएका छन् । एउटा माग गर्ने र अर्को माग पूरा गरिदिने हैसियतमा दर्ुइपक्ष सहभागी भएका छन् । लण्डन गोलमेचमा भारतीय मागकर्ता र बेलायती दाता बने । हेग सम्मेलनमा इण्डोनेशियन पक्ष माग गर्ने र निदरल्याण्ड माग पूरा गरिदिने पक्ष बन्यो । गोलमेच सम्मेलनको वास्तविक मर्मअनुरुप ती सम्मेलनहरु हुन सकेनन् ।
विश्वको हरेक देशमा जब कुनै राजनीतिक समस्या आउ“छ तब त्यहा“ गोलमेच सम्मेलनको कुरा कुनै न कुनै रुपमा उठ्ने गरेका छन् । कसैले गोलमेच सम्मेलन भन्लान् वा कसैले र्सवपक्षीय छलफल भन्लान् वा अरु कुनै नामले पुकार्लान् । गोलमेचका प्रयासहरु विश्वमा नभएका होइनन् तर यस्ता छलफलमा सबैको साझा राष्ट्रिय एजेण्डा नभएर एउटा पक्ष एजेण्डा तेर्स्याउने वा माग्ने पक्ष हुने अर्को पक्षचाहि“ मागकर्ताको चित्त बुझाउनको लागि गोलमेचमा बसेर माग पूरा गरिदिने पक्ष बनिदिदा यस्ता गोलमेच सम्मेलनहरु प्रभावहीन भएका देखिन्छन् ।
नेपालमा पनि पछिल्लो समय चलेको गोलमेचको हावा गोलमेचको मर्मअनुरुप चलेको छैन । नेकपा-माओवादी मागका लागि माग तेर्स्याउन गोलमेचको कुरा गरिरहेको छ । नेकपा-माओवादी चुनावमा सहभागी भए गोलमेच सम्मेलन स्वीकार्य हुने भनेर प्रमुख राजनीतिक दलका केही नेताले माग पूरा गरिदिने जस्तो गरी हल्काफुल्का तरीकाले गोलमेेच सम्मेलन हुन्छ भनिरहेका छन् । अरु दलले गोलमेच सम्मेलन स्वीकार गर्दैमा नेकपा-माओवादी खुशी हुन्छ भने गोलमेच सम्मेलन गरेर केही फरक पर्दैन । तर, यो गोलमेच सम्मेलन भयो भने वैद्य पक्ष मागकर्ता अनि चार दलचाहि“ दाता अर्थात् माग पूरा गरिदिनेवाला हुन्छन् । जुन गोलमेचको मर्मविपरीत हुन्छ किनभने गोलमेच सम्मेलनको लागि राष्ट्रिय एजेण्डा चाहिन्छ, अहिलो त्यस्तो राष्ट्रिय एजेण्डा देखिदैन ।
गोलमेच सम्मेलनको लागि राष्ट्रिय एजेण्डा के – के सरकार परिवर्तन, दलीय भागवण्डा, चुनावको मिति परिवर्तन आदि विषयमा गोलमेच सम्मेलन हुनसक्छ – यस्ता तपसिलका विषयमा गोलमेच सम्मेलन हुन सक्दैैन । यस्ता विषयमा गोलमेच सम्मेलन गरियो भने गोलमेच सम्मेलनको जुन महान् अर्थ छ त्यसको समेत अपमान हुन्छ । आफू एमाओवादीमा हु“दा छोडिसकेको गोलमेचको एजेण्डा अहिले उठाएर नेकपा-माओवादीले आफ्नो अस्तित्व स्थापना गर्न खोजेको देखिन्छ । तर औचित्यहीन र सर्न्दर्भ सकिएको विषय उठाएर आफ्नो अस्तित्व सावित गर्न खोज्नुको खासै अर्थ रहन्न । आफ्नो अस्तित्व प्रमाणित गर्नु छ भने नेकपा-माओवादीले जनताको घरदैलोमा जानुको विकल्प छैन ।
यतिबेला गोलमेचको माग गरिरहेको नेकपा-माओवादी नै गोलमेचको अन्योलमा छ । आफ्नो माग गोलमेच हो कि अरु नै केही हो भन्ने कुरामा समेत ऊ प्रष्ट छैन । हिजो विनाशर्त अरु दलले बोलाए मात्र वार्तामा बस्ने भन्ने कुरा गर्ने नेकपा-माओवादी आज वार्तामा बस्नु अगाडि नै आफै शर्त तेर्स्याउन थाल्नुले पनि उसको भावी राजनीत्रि्रति लक्ष्य स्पष्ट छैन भन्ने बुझिन्छ । भलै उसको माग गोलमेच नै रहेछ रे र गोलमेच नै भएछ भने पनि अरुका अगाडि खरो उत्रिन सक्ने र जनर्समर्थन प्राप्त गर्न सक्ने एजेण्डा नेकपा-माओवादीस“ग छैन । खुद्राखुद्री एजेण्डा बोकेर गोलमेच सम्मेलनमा पुगे नेकपा-माओवादी स्वयं फिक्का सावित हुनेछ ।
हुन त अहिले केही विदेशी राष्ट्रहरुले नै गोलमेचको लागि पहल गरिरहेको भन्ने पनि सुन्नमा आइरहेको छ । यदि यो सत्य हो भने यो प्रयासले झन् अवरोध सिर्जना गर्ने निश्चित छ । मूलतः मंसिरमा हुने भनिएको चुनावलाई अनिश्चिततातिर धकेली झनै राजनीतिक अन्योल बढाउने छ । चाहे जोसुकैको पहलमा होस् विनाएजेण्डा गोलमेच सम्मेलन गरेर चुनाव सार्ने वा सरकार परिवर्तन गर्नेजस्ता काम भए भने त्यसले समस्यालाई झन् जटिल बनाउ“दै लैजाने छ । गोलमेच साधक नभएर बाधक हुनेछ । जबकि गोलमेचको अर्थ समस्या थप्नु होइन, समस्याको गा“ठो फुकाउने हो ।
नेपालको वर्तमान सर्न्दर्भमा गोलमेचको सान्दर्भिकतामाथि प्रश्न हु“दाहु“दै पनि वास्तवमा गोलमेच सम्मेलनलाई सकारात्मक आ“खाले हेरिनर्ुपर्छ । गोलमेच सम्मेलन समाधान नभए पनि समाधानको बाटो खोज्ने साझा फोरम हो भन्ने कुरा सिद्धान्ततः सबैले स्वीकार गरेको विषय हो । त्यसैले यस आलेखको निचोड गोलमेच सम्मेलन हुनुहु“दैन वा गोलमेच सम्मेलनको नकारात्मक पक्ष खोतल्नु होइन, यसको सान्दर्भिकता र औचित्यको चर्चा गर्नु मात्र हो ।
यदि साझा र राष्ट्रिय एजेण्डा छ भने निकासको लागि गोलमेच सम्मेलन सबैभन्दा उपयुक्त फोरम पनि हो तर साझा र राष्ट्रिय एजेण्डा छैन भने आत्मसन्तुष्टका लागि गोलमेच सम्मेलन गरेर त्यसको कुनै अर्थ छैन । जुन कुरा सबैपक्षले बुझ्नु जरुरी छ । गोलमेच उपयुक्त फोरम हु“दाहु“दै पनि नेपालको वर्तमान सर्न्दर्भमा गोलमेच भयो भने यो सबैको साझा फोरम बन्न सक्ला र भन्ने प्रश्न बा“की छ किनभने वर्तमान सर्न्दर्भमा गोलमेच साझा एजेण्डा नभएर विशुद्ध नेकपा-माओवादीको मात्र एजेण्डा बनिरहेको छ । एजेण्डा नै एउटा दलको छ भने त्यहा“बाट कुनै निष्कर्षनिस्केछ भने पनि त्यो सबैको साझा सम्पत्ति कसरी बन्ला र –

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top