Free songs
Home / विचार / वाह † यस्तो पो विद्यालय

वाह † यस्तो पो विद्यालय

जीतबहादुर शाह
बस्तीको बीचमा रहेको त्यो विद्यालय सफासुग्घर छ । कागजका टुक्रा र फोहरहरु राख्नका लागि फोहर मलाई लेखेर ठाउ“-ठाउ“मा कन्टेनरहरु राखिएका छन् । गार्डर्ेेा थरिथरिका फूलहरु रोपिएका छन् । फूलहरु फुल्दा फूलको रङ र बालबालिकाहरुले लगाएको लुगाको रङ उस्तै-उस्तै रंगीविरंगी भएकाले बालबालिका र फूलहरु ठम्याउन गाह्रो पर्दछ । मन्द-मन्द हावाको झोक्काले फूलहरुलाई र्स्पर्श गर्दा फूलहरु पनि चलमलाए झैं लाग्छ, चौरमा खेलिरहेका बालबालिकाहरु जस्तै । बालबालिकाहरुले पनि फूलहरुलाई आफै जस्तो सम्झेर आफैलाई जस्तो माया गर्दछन्् । आफूले भोक लागेर टिफिन खा“दा फूलबारीमा भएका फूल र विरुवालाई पनि भोक लागेको होला भनेर आफ्नो शिक्षक/शिक्षिकास“ग बालभावना पोख्छन् । शिक्षक/शिक्षिकाले उनीहरुको कुरामा सही थाप्दै कहिलेकाही फूलवारीमा रहेका फूल र विरुवाहरुलाई उनीहरुस“गै मिलेर पानी र मल दिन्छन् । यही मौका छोपेर शिक्षक-शिक्षिकाले बालबालिकाहरुलाई फूल जस्तै हा“सी-हा“सी बा“च्नर्ुपर्दछ ल भन्दा बालबालिकाहरु हस् सर/म्याम भन्दै खुशीले उप्रिmन्छन् ।
त्यो विद्यालयमा विद्यार्थीहरु भन्दा पहिले शिक्षकहरु पुग्छन् र शिक्षकहरुले गेटमा उभिएर विद्यालयमा आउने विद्यार्थीहरुलाई नामबाटै सम्बोधन गरेर गुडमर्निङ एण्ड वेलकम भन्दै हात समातेर गेटभित्र लैजान्छन् । कतिपयस“ग त्यतिबेलै शिक्षकले भलाकुसारी गर्नसमेत भ्याउ“छन् । साना कक्षाका बालबालिकाहरुलाई शिक्षिकाले गेटमै उभिएर मायाले सुम्सुम्याउ“दै तोते बोलीमा बोलाउ“दा कतिपय बालबालिकाहरुलाई घरमा भएकी जन्म दिने आमाभन्दा विद्यालयकी शिक्षिकालाई आफ्नो सम्भिmन्छन् । त्यसैले होला, घरमा आमाले मन दुखाएका कतिपय प्रसंगहरु विद्यालयमा आएर आफ्नी शिक्षिकास“ग भनेर मन हलुको बनाउ“छन् बालबालिकाहरु । जब विद्यालयमा विद्यार्थीहरु प्रवेश गर्ने समय हुन्छ, विद्यालयमा रहेको साउण्ड सिष्टमबाट बालबालिका र राष्ट्रका भावनाहरु समेटिएका गीतहरु सुमधुर संगीतमा बज्छन् । बालबालिकाहरुलाई यो परिवेशले कुनै सांस्कृतिक महोत्सवमा सहभागी हुन आएको हो वा विद्यालयमा आएको हो भन्ने कुरा यकीन गर्न गाह्रो हुन्छ । त्यो विद्यालयमा विद्यार्थीहरुलाई भर्ना हुने समय, हप्ता र महिनामा मात्र स्वागत नगरी वर्षौभरि नै हार्दिकतापर्ूण्ा व्यवहार गरेर स्वागत गरिन्छ ।
प्रधानाध्यापक, शिक्षक र त्यो विद्यालयका कर्मचारीहरु कसैलाई पनि आदेश र निर्देशन दिनुपर्दैन । स्व-निर्देशित छन् उनीहरु । कसैस“ग गुनासो पनि छैन । कसैको आलोचना पनि गर्नुछैन । उनीहरु पनि राजनीतिक दलका भोटर र र्समर्थक हुन् तथापि विद्यालयमा त्यस्ता कुराको अलिकति गन्धसमेत आउ“दैन । विचारहरु राख्ने क्रममा आस्थागत हिसाबले भन्दा वस्तुगत हिसावले राख्छन् शिक्षकहरु । आवश्यकतानुसार विचारविमर्श पनि हुन्छ । विचारविमर्शका विषयहरु बालबालिकाहरुस“गै सम्बन्धित हुन्छन् । शिक्षकहरु सबै खुशी र मुस्कानभावमा देखिन्छन् । शारीरिक र मानसिक यातनालाई पर्ूण्ारुपले निषेध गरिएको छ । आफ्ना बालबालिकाहरु आफूबाट खुशी भएर आफ्नो जीवनको उन्नतिका सिढीहरु सफलतापर्ूवक उक्लिदै गरेको देख्न पाउनु नै शिक्षकहरुका निम्ति अहोभाग्य, खुशी र पुरस्कार सम्झन्छन् शिक्षकहरु त्यो विद्यालयमा । त्यो विद्यालयको शिक्षक हुन पाएकोमा गर्वको अनुभूति हुन्छ त्यहा“का शिक्षकहरुलाई ।
कक्षाकोठामा शिक्षकहरु योजनाका साथ शिक्षण सिकाइका लागि जान्छन् । पाठ्यपुस्तकलाई भन्दा पाठ्यक्रमलाई आधार बनाएर शिक्षण सिकाइ गरिन्छ । के शिक्षण गर्ने भन्दा कसरी शिक्षण गर्ने भन्ने कुरालाई शिक्षकहरुले प्राथमिकता दिन्छन् । हरेक विद्यार्थीलाई उसको पारिवारिक पृष्ठभूमि, रुचि, क्षमता र आवश्यकताको राम्रो हेक्का छ शिक्षकहरुलाई । त्यसैले शिक्षण सिकाइको क्रममा सबैका भावना र विचारहरुको यथोचित सम्मान गर्दै क्रियाकलापहरु सञ्चालन गरिन्छ । कतिपय सूत्र र सिद्धान्तहरुलाई सम्झनका लागि कण्ठ गर्नु परे तापनि विद्यार्थीहरुलाई कण्ठ र घोक्न लगाउने कामलाई हतोत्साहित गरिएको छ । विद्यार्थीहरु गृहकार्य गर्ने क्रममा कहिले छिमेकीहरुस“ग भलाकुसारी गरेर छिमेकीहरुको विविध विवरण टिपोट गरिरहेका हुन्छन् । कहिले विभिन्न बोटविरुवाको नाम टिपिरहेका हुन्छन् र जरा एवं पातका नमूना समेत संकलन गरिरहेका हुन्छन् । कहिले विभिन्न आकृति र रङका ढुंगाहरु गन्ती गर्दै प्लाष्टिकमा पोको पारिरहेका हुन्छन् । यसले गर्दा उनीहरुले सिकेको शिक्षा व्यवहारिक भइरहेको छ र उनीहरुको क्रमशः सामाजिकीकरण पनि भइरहेको छ । अरु विद्यालयमा जस्तो घोक्नु र कण्ठ गर्नुपर्दैन त्यो विद्यालयका विद्यार्थीहरुलाई । बरु विभिन्न समस्याहरुको समाधान गर्ने क्रममा विद्यार्थीहरु आफैले सिर्जनात्मक किसिमले खोजी र विश्लेषण गर्दछन् ।
त्यो विद्यालयका शिक्षकहरु आफ्नो कर्तव्यप्रति त गम्भीर र जिम्मेवार छन् नै विद्यार्थीहरु समेत सिकाइप्रति अन्तरमनदेखि नै अभ्रि्रेरित देखिन्छन् । उनीहरु हरेक विषयमा वर्तमानमा कहा“ छन् र शैक्षिक सत्रको अन्तमा कहा“ पुग्छन् भन्ने सर्न्दर्भमा शिक्षकको सहयोगले विद्यार्थीहरु आफैले लक्ष्य निर्धारण गरी सबैले देख्ने गरी ठूला अक्षरले कक्षाकोठामा टा“सेर राखिएको छ । विद्यार्थीहरु सधैं उक्त उद्देश्यमा पुग्नका लागि आफै सक्रिय हुन्छन् र आवश्यकतानुसार शिक्षकहरुको समेत आफै खोजी गरेर परामर्श प्राप्त गर्दछन् । शिक्षकहरुले पनि विद्यार्थीहरुलाई सामूहिक भन्दा व्यक्तिगतरुपमा भेटेर परामर्श प्रदान गर्दछन् । साना कक्षाका विद्यार्थीहरुलाई हरेक कुरामा तुलनात्मकरुपले बढी प्राथमिकता दिइन्छ । कतिपय निर्देशन र सामूहिक चासोका विषयमा बाहेक शिक्षकहरु प्रवचनमा त्यति धेरै समय खर्च गर्दैनन् ।
विद्यालयमा नियम, आचारसंहिता र प्रतिवद्धताहरु बनाएर लागु गर्दा विद्यार्थीहरुको भावनालाई उच्च प्राथमिकता दिइन्छ । विद्यार्थीहरुकै सहभागितामा त्यस्ता कुराहरुलाई पारित गरेर कार्यान्वयन गरिन्छ । आवश्यकतानुसार अभिभावकहरुस“ग पनि बालबालिकाहरुको समस्या र सम्भावनाहरुको बारेमा विचार र जानकारी आदानप्रदान गरिन्छ । विद्यार्थीहरुमा भएका नराम्रा कुरालाई प्राथमिकता दिएर होइन कि राम्रा कुरालाई प्राथमिकता दिएर तिनै राम्रा कुराहरुको संरक्षण, सर्म्वर्द्धन र विस्तार गरेर नराम्रा कुराहरुलाई स्वाभाविकरुपले विस्थापन गर्ने तरीका अपनाइन्छ । विद्यालयमा भाषा भन्दा विषयवस्तुलाई प्राथमिकता दिइन्छ । भाषाको सर्न्दर्भमा विद्यार्थीहरुलाई बुझ्न सजिलो हुने गरी कहिलेकाहीं विद्यार्थीहरुको मातृभाषाको समेत प्रयोग गरिन्छ । अपाङ्ग, विभिन्न जातजाति, भाषाभाषि, धर्म, सम्प्रदाय र लिंगका बालबालिकाहरुलाई अनुकूल हुने गरी कक्षाकोठा, खेलमैदान, खेलसामग्री र शौचालयको व्यवस्था गरिएको हु“दा विद्यार्थीहरुलाई आफ्नो घरभन्दा पनि विद्यालयमा सहज र आनन्द महसुस हुन्छ । त्यसैले छुट्टीको घण्टी बज्दा समेत विद्यार्थीहरु कक्षा र विद्यालय छोडेर बाहिर जान आनाकानी गरिरहेका हुन्छन् । विद्यालय विदा भएको दिन त उनीहरुलाई नियास्रो र नरमाइलो लाग्छ ।
विद्यालयमा आवश्यकतानुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ र शिक्षक स्टाफको बैठक सञ्चालन हुने गर्दछ । विद्यालय व्यवस्थापन समितिमा राजनीतिक आस्था राख्ने मानिसहरुको बाहुल्यता भए पनि विद्यालयको शैक्षिक विकासको कुरा गर्दा राजनीतिक आस्थागत हिसावले जोडघटाउ गरिदैन । हरेक बैठक र छलफलहरुमा सबैले विद्यार्थीहरुको हित र उनीहरुको शैक्षिक उपलब्धिमा सुधार गर्ने कुरालाई उच्च प्राथमिकता दिने भएका कारणले पनि सहमतिमा समस्या हु“दैन । निर्ण्र्ााप्रक्रियामा आवश्यकतानुसार विद्यार्थी, अभिभावक र स्थानीय बुद्धिजीवीलाई समेत आमन्त्रण गरेर सहभागी गराइन्छ । विद्यालयको आयव्यय पारदर्शी छ । विद्यालयका सबै आर्थिक कारोबार बैंकमार्फ गरिन्छ । आवधिकरुपमा गरिने सामाजिक परीक्षण र र्सार्वजनिक सुनुवाइको व्यवस्थाले विद्यालय र सरोकारवालाहरुको बीचमा आत्मविश्वास र सामीप्यताको डोरी बलियोस“ग कस्सिएको छ ।
भारी वषर्ा हुने तयारीमा रहेछ मौसम । आधा रातमा विजुली चम्कदाको उज्यालो झ्यालको कापबाट भित्रसम्म छिर्दैरहेछ । यस्तैमा ठूलो आवाजका साथ आकाश गड्किदा म झल्यास्स न्रि्राबाट ब्युझिन्छु । मेरो सपनाको त्यो विद्यालय पूरै अवलोकन गर्न नपाउ“दै क्षणभरमै ओझेलमा पर्छ चलचित्रको दृश्य झै । विपनामा कहिल्यै देख्न नपाएको त्यो विद्यालय, त्यो विद्यालयका बालबालिका, शिक्षक, अभिभावक र विव्यसका पदाधिकारीहरुलाई सम्झेर फेरि न्रि्रा लागेन । सपना टुट्दा दिलमा राम्रैसँग बास गरेका आफन्तस“ग छुट्टि एको महसुस भयो । मन अलिनो भयो त्यो विद्यालय सपनामै सीमित रह“दा । साहित्यकार म्याक्सीम गोर्कीले आमा उपन्यासमा ‘मान्छेको दिमागमा दुम्सीको प्वा“ख राखिदिनर्ुपर्दछ, जसले उसलाई सधै घोचिरहोस र घच्घच्याइरहोस्’ भनेको सम्झें । यो सपना देखेको धेरै भयो । तथापि अहिले पनि सपनामा देखेको त्यो विद्यालयले विपनामा पनि त्यस्तै विद्यालय बनाउनका लागि मलाई दुम्सीको प्वा“खले झै घोचिरहेको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top