Free songs
Home / विचार / उग्र राष्ट्रवाद र संविधानसभाको निर्वाचन

उग्र राष्ट्रवाद र संविधानसभाको निर्वाचन

बासुदेव जंगली
नेपाल र नेपालीको भलो चाहने स्वदेशी वा विदेशी जो कोहीस“ग पनि सम्बन्ध राम्रो राख्नु नेपाल सरकार, नेपालका सम्पर्ूण्ा राजनीतिक दलहरु र नागरिक समाजको कर्तव्य हुन आउँछ । राष्ट्रिय स्वाधिनताको सवालमा कहीं कतै पनि ठेस नपुग्ने गरी मित्र राष्ट्रहरुस“ग कूटनीतिक सम्बन्ध राख्नु राष्ट्रिय हितमा हुन आउँछ तर आफ्नो व्यक्तिगत उच्च प्राथमिकता दिएर गरिने विदेशी मित्रराष्ट्रस“गको सम्बन्धले राष्ट्रिय हितमा आ“च पुर्‍याउ“छ । छिमेकी मित्रराष्ट्रहरुलाई र अन्य मित्रराष्ट्रलाई विस्तारवाद र साम्राज्यवाद भनेर दिनहु“ घा“टी सुकाएर गाली मात्र गर्ने, मुलुकमा रहेका केही राजनीतिक दलहरु विदेशी दलाल मात्र हुन्, हामी मात्र देशभक्त र राष्ट्रवादी हांै भन्ने नेकपा-माओवादी उग्रराष्ट्रवादी पार्टर्ीीो भन्ने अनुभूति नेपाली जनताले गरेका छन् र हामी सहजै भन्न सक्छौं । मुलुकले अब द्वन्द्व चाहेको छैन, नेपाली जनताले शान्ति नै चाहेका छन् भन्ने दलहरु देशभक्त र राष्ट्रवादी हुन् । हाम्रो मुलुकमा हामी सदियौंदेखि बहुसमुदाय, बहुभाषा, संस्कृति, बहुधार्मिक समाजमा जन्मेका छौं, हर्ुर्केका छौं, मिलेर बसेका छौं र रमाएका पनि छौं, यसको विरुद्धमा आउने जुनसुकै दल वा व्यक्ति राष्ट्रवादी हुन सक्दैन । उग्रराष्ट्रवादी नै हुन् चाहे ती माओवादी हुन् चाहे मधेशवादी दल नै हुन् ।
अब मुलुकले हत्या, हिंसा, मारकाट चाहेको छैन, शान्ति कायम गर्दै सम्मृद्धि चाहेको छ, विकास निर्माण चाहेको छ, अब नेपाली युवाहरुले हातमा बन्दुक चाहेका छैनन्, रोजगारी चाहेका छन्, नेपालका किसानहरुले बम र बारुद चाहेका छैनन्, बरु सस्तो र सुलभ मूल्यमा रासायनिक मल चाहेका छन् । मजदुरहरुले अब युद्ध चाहेका छैनन्, मुलुकमा नै उद्योगधन्दा चाहेका छन्, नेपाली कर्मचारी र शिक्षकहरुले अब आन्दोलन चाहेका छैनन्, हड्ताल चाहेका छैनन्, बरु नेपालको जनस्रोतको विकास चाहेका छन्, खनिज पदार्थको उत्खनन् चाहेका छन् । अब दिदीबहिनीहरुले राष्ट्र निर्माणमा आफ्नो सहभागिता चाहेका छन्, आन्दोलन, युद्ध होइन । यी सबै कुरा नेपालका राजनीतिक दलहरु तिनका नेता र कार्यकर्ताहरुले बुझ्न जरुरी छ । जो कोहीले पनि राष्ट्रवादको नारा लगाउने, देशभक्तको नारा लगाउने तर त्यसको मूल्य र मान्यतामा हामी कति धरातलमा छौं भन्ने कुराको हेक्का चाहि“ नराख्ने र दलको राजनीतिक हैसियतलाई दरिलो पार्न निर्वाचनको बहिष्कारको कुरा मात्र गर्ने र राष्ट्र बचाउन चुनाव बहिस्कार गर्र्छौं भन्ने कुरामा नेपाली जनताले विश्वास गर्नेवाला छैनन् । गाउ“-गाउ“बाट त्यस्ता दल र व्यक्तिलाई लखेट्ने छन् तर यति भनेर जिम्मेवार राजनीतिक दलहरुलाई पुग्दैन, त्यही भएर नै हो, उच्च राजनीतिक संयन्त्र र सरकारले एकपटक हैन ३ पटक वार्ता र सम्वादबाट निर्वाचन सम्पन्न गर्नका लागि पत्राचार गरेको छ- नेकपा-माओवादीको ३३ दलीय मोर्चालाई । मोर्चाको बैठकले निर्ण्र्ाागरी वार्ता र सम्वादमा बस्ने निर्ण्र्ाागरेको छ, एजेण्डा तय गरेको छ, अब हुने वार्ता र सम्वादमा सबै कुरा र्छलङ्ग हुनेछ ।
आउ“दो मंसिर ४ गतेका दिन दोस्रो संविधानसभा निर्वाचन हुँदैछ, निर्वाचन हुने कुरामा अब शंका गर्नुहु“दैन । विश्वमै संविधानसभाको निर्वाचन हरेक राष्ट्रमा एकपटक मात्र भएका छन् । कहीं संविधानसभाबाट नया“ संविधान बनेको छ भने कतिपय मुलुकमा संविधान नबनेका पनि छन् र सहमतिकै आधारमा संविधान निर्माण भएको छ । तर हाम्रो मुलुकमा पहिलो संविधानसभाबाट संविधान नबनेपछि दोस्रो संविधानसभाको निर्वाचन हुन थालेको छ । पहिलो संविधानसभाको बैठकबाट सहमति भएका कुराहरुको स्वामित्व लिदै सहमति नभएका कुराहरुलाई दोस्रो संविधानसभाको निर्वाचनमार्फ् गठित संविधानसभाबाट बा“की कुराहरु टुंगो लगाउनर्ुपर्दछ भन्ने लोकतान्त्रिक धारको नेतृत्व गर्ने नेपाली कांग्रेसको दृष्टिकोण रहेको छ भने बामपन्थी दलहरुको मूलधार एकीकृत माओवादीको दृष्टिकोण यही नै छ, तर पनि संविधान किन बनेन र के-के कुरामा मतभेद छन् ती उल्लेख गर्न जरुरी छ ।
नेपाली कांग्रेस-एमालेलगायतका दलहरु बहुजातीय पहिचानसहितको प्रदेश राज्यको नामाकरण गर्न चाहन्छन्, यसमै अडिग छन् भने एकीकृत नेकपा माओवादी र मधेशवादी दलहरु एकल जातीय पहिचानमा प्रदेश राज्य नामाकरण गर्न चाहन्छन् । नेपाली कांग्रेस संसदीय प्रणालीबमोजिम संसदबाट निर्वाचित प्रधानमन्त्री हुने शासकीय प्रणाली चाहन्छ भने माओवादी प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणाली चाहन्छ । विवाद यहींनेर छ । हाम्रो मुलुक गरीब मात्र हैन सानो पनि छ, जनसंख्याको हिसाबले एउटा प्रदेश मात्र बनाउ“दा ठीक हुने जस्तो । तर, नेपाली जनताले संघीयतामा विश्वास राखेका कारण संंघीयताको निर्माणबाट राष्ट्रले विकास निर्माणको अग्रगामी छलाङ हान्ने निचोडका साथ राष्ट्रिय जनमोर्चाबाहेकका दलहरु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण गर्ने भनेर नै वर्तमान अन्तरिम संविधानमै उल्लेख गरिएको छ ।
प्रदेश राज्य जति सक्यो थोरै बनाउने अथवा बढीमा ५ देखि ७ सम्म बनाउनेमा नेपाली कांग्रेस छ । एकीकृत माओवादी चाहि“ १० देखि १४ सम्म छ । यही विवाद भइराखेको छ । प्रदेश भन्ने बित्तिकै हामी भन्छौं उत्तर चीन र दक्षिण भारतको दुबैतर्फसिमाना हुने गरी प्रदेशको भौगोलिक सीमांकन गरिनर्ुपर्दछ, माओवादी चाही मधेशवादी दलको कुरामा हो मा हो मिलाउ“दै हि“डेको छ । कांग्रेस भन्छ एक मधेश प्रदेश हुन सक्दैन, मधेशी दल मान्दैनन् । संघीयतामा जाने भनेको जातको नाममा मुलुकलाई टुक्रा-टुक्रा पार्ने, भौगोलिक हिसाबले क्षतविक्षत पार्ने होइन, प्रत्येक वर्ग र समुदाय, गाउँ, बस्तीका नागरिकलाई राष्ट्र निर्माणमा सहभागी बनाउने हो । त्यसैले राष्ट्रवादी त्यही हुन्छ जसले प्रत्येक नेपालीका छोराछोरीले सहजरुपमा पढ्न पाउन्, रोजगारी पाउन्, स्वतन्त्र हुन पाउन्, सबैले औषधि उपचार पाउन्, प्रेस स्वतन्त्रता होस्, राजनीतिक, आर्थिक सबै स्वतन्त्रता र समानता होस् । यी सबै कुराको ठीकविपरीत हिड्ने र राष्ट्रिय स्वाधिनताको नारा मात्र लगाउने नेपाली जनताको भावनाविपरीत आफ्नो पार्टर्ीीे निर्ण्र्ाागरेर जनता र मुलुकलाई सास्ती खेपाउ“दै मुलुकलाई गृहयुद्धमा होम्ने प्रयत्न गर्ने र अफगानिस्तानको बाटोमा लग्ने कार्य गर्ने कुनै पनि व्यक्ति वा पार्टर्ीीग्रराष्ट्रवादी हुन् भन्ने हामीले अनुभूति गरेका छौं । नेपाली जनताको घर-घरमा यही आवाज बुलन्द छ मंसिर ४ गतेको दोस्रो संविधानसभाको निर्वाचनमा सम्पर्ूण्ा राजनीतिक दलहरु सहभागी बन्नर्ुपर्दछ । एउटा दलको अराजनीतिक धम्कीले निर्वाचन रोकिदैन । सबै कुराको राजनीतिक निकासको छिनोफानो संविधानसभा निर्वाचनबाट मात्र सम्भव छ । अब ताजा जनादेशबाट बन्ने संविधानसभाले नया“ संविधान दिन्छ, राजनीतिक स्थिरता आउ“छ, विकास निर्माणले गति प्रदान गर्दछ, स्थानीय निर्वाचन पनि त्यसपछि हुन्छ । अब हामी आशा गरौं सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रस“ग गरिने वार्ता र सम्वादबाट नेकपा माओवादी, उपेन्द्र यादवको फोरम नेपाल र अशोक र्राईहरुलगायत राष्ट्रिय स्वाधिनता बचाउनका खातिर सानातिना कुरा था“ती राखेर चुनावमा भाग लिनेछन् । नेपाली जनताले पनि शान्तिको सास फर्ेनेछन् । सबै दलले राष्ट्रको निम्ति त्याग गरुन् । -लेखक नेपाली कांग्रेस राप्ती अञ्चल समन्वय समितिका सचिव हुनुहुन्छ ।)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top