Free songs
Home / समाचार / संक्षिप्त समाचार / वषर्ातको पानीले बिरामी बढे

वषर्ातको पानीले बिरामी बढे

बा“के, २१ साउन -युस)- वषर्ात्को पानीले नेपालगञ्ज नगर क्षेत्रको तल्लो क्षेत्र डुबानमा पर्दा त्यहा“का नागरिकमा सरुवा रोगको संक्रमण देखापरेको छ ।
स्थानीय अस्पतालका चिकित्सकका अनुसार नगरवासीमा अहिले झाडापखाला, आउ“मासी, विषमज्वरो, रुघाखोकी र घाउखटिराको संक्रमण पाइएको छ । यहा“स्थित भेरी अञ्चल अस्पताल, नेपालगञ्ज शिक्षण अस्पताल, युनाइटेड अस्पताल तथा निजी क्लिनिकमा दर्ुइ सातादेखि त्यस्ता रोगका बिरामीको संख्या ह्वात्तै बढेको छ ।
ती अस्पतालमा दिनह“ु पचास साठीबढी संक्रमण रोगका बिरामी उपचारका लागि आउने र केहीको अवस्था अत्यन्त गम्भीरसमेत हुने गरेको छ । अञ्चल अस्पतालले त्यस्ता बिरामीको उपचारका लागि विशेष व्यवस्था मिलाएको छ । यसैगरी बा“के जिल्लाका विभिन्न गाविसमा पनि जिल्ला जनस्वास्थ्य कार्यालयले संक्रमण रोग फैलिन नदिन सुरक्षा र्सतर्कता अपनाएको छ । सो कार्यालयका फोकलपर्सन रामबहादुर चन्दका अनुसार गाविसस्थित सबै स्वास्थ्यचौकीमा संक्रमण रोगको औषधि पठाइएको तथा रोग नियन्त्रणका लागि कीटनाशक विषादी र्छर्किने तयारी भइरहेको छ ।
यसैबीच स्थानीय फत्तेवाल आ“खा अस्पतालको हातामा तीन करोडको लागतमा सुविधासम्पन्न अत्याधुनिक कान अस्पताल निर्माण हुने भएको छ ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले निर्माण गर्ने कान अस्पतालमा लागि एक करोडको लागतमा जग्गा खरीद गरी भवनको शिलान्याससमेत भइसकेको छ । नेपालमा कान स्वास्थ्य सेवामा महत्वपर्ूण्ा योगदान पुर्‍याउनुभएका लक्ष्मीनारायण श्रीवास्तव र स्थानीय फत्तेवाल आ“खा अस्पतालको स्थापनामा विशेष भूमिका निर्वाह गर्नुभएका वरिष्ठ समाजसेवी कृष्णगोपाल टण्डनको स्मृतिमा अस्पताल निर्माण गर्न लागिएको हो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top