Free songs
Home / पाठक पत्र / महिला हिंसा अन्त्य गरौं

महिला हिंसा अन्त्य गरौं

कुनै पनि निर्दोष महिलामाथि हुने विभिन्नखालका अन्याय र अत्याचारहरु जस्तै- बलात्कार, कुटपिट, बहुविवाह र दर्ुर्व्यवहारलाई महिला हिंसा भनिन्छ । पछिल्लो समयमा आएर हाम्रो देश र समाजमा यसले जरा नै गाडेको छ । हाम्रो समाजमा थुप्रै समस्याहरु जेलिएका छन् । त्यसमध्येको पनि एक हो महिला हिंसा । दिनप्रतिदिन बढ्दै गइरहेको महिला हिंसाको कारणले गर्दा धेरै महिलाहरु पीडा सहेर बा“च्न बाध्य छन् भने कतिको त यसकै कारणले गर्दा अकालमै ज्यान पनि गएको छ । हाम्रो समाज पुरुषप्रधान समाज भएकाले त्यही समाजका कतिपय व्यक्तिले महिलाहरुलाई अझैसम्म पनि पुरुषको सेवकको रुपमा परिभाषित गर्छन् । दुःखको कुरा २१ औं शताब्दीका नारीहरु अझैसम्म पनि पुरुषको दमन र शोषणबाट मुक्त हुन सकिरहेका छैनन् । न त खुलेर नै बोल्न सक्छन् । यदि कुनै पुरुषले महिलामाथि हिंसा गरिरहेको छ भने उसको कर्तुत व्यवहारको बारेमा कुरा खोल्दा उसले त्याग्ने हो कि, ज्यान मार्ने धम्की दिने हो कि भन्ने डरले समस्या लुकाउ“छन् । पुरुषले जति अत्याचार गरे पनि आफ्नो भाग्यलाई दोषी ठान्छन् यो कस्तो बिडम्बना – महिला हिंसाको सिर्जना हाम्रै घरपरिवारबाट हुन्छ । बिहेमा दाइजो कम ल्याउनु, छोरा नजन्माउनु, बोक्सीको आरोप खेप्नु, श्रीमान्ले दोस्रो विवाह गर्नु, पुरुषले महिलालाई आफ्नो सन्तुष्टिको साधनको रुपमा मात्र हर्ेर्नु, श्रीमान्को मृत्यु हु“दा विधवा भएर बा“च्नु यी महिला हिसाका कारक तत्वहरु हुन् । भन्नलाई त भन्ने गरिन्छ महिला भनेका एक रथका दर्ुइ पांग्रा हुन् उनीहरुबिना यो संसारको सृष्टि हुन सक्दैन, सम्भव छैन । यी भनाइ व्यवहारमा लागु हुन सकेको छैन केवल चिल्ला कुरा खस्रो व्यवहार बन्न पुगेको छ । के साँच्चै महिला भएर जन्म लिनु उनीहरुको दोष हो – होइन भने किन महिलालाई हिंसाको पात्र बनाइन्छ – आखिर उनीहरु पनि त पुरुषहरु जस्तै यो देशका नागरिक हुन् । उनीहरुले पनि पुरुषसरह काम गर्न सक्छन्, के उनीहरुको यो समाजमा जिउने अधिकार छैन – समाजका ती व्यक्तिहरुले किन महिलालाई बन्धनमा राख्छन् – मानिसमा जति नै शिक्षाको विकास भए पनि महिला हिंसा अझ धेरै बढ्दै गइरहेको छ, महिलाको सहजरुपमा जिउने अधिकार खोसेर हामीले के पाउँछौं – महिला आमा पनि हुन्, दिदी, बहिनी, श्रीमती पनि हुन् – एकपटक सोचौं है ।
दर्ुगा श्रेष्ठ
लक्ष्मीपुर-४ डा“डागाउ“, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top