Free songs
Home / समाचार / संक्षिप्त समाचार / घोराहीमा सानिमा बैंंक सञ्चालन

घोराहीमा सानिमा बैंंक सञ्चालन

घोराही, २१ साउन -युस)- घोराहीमा सोमवारदेखि सानिमा बैंक सञ्चालनमा आएको छ । बैंक सञ्चालक महेशकुमार घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र हास्य कलाकार हरिवंंश आचार्यले बोल्नुभएको थियो ।
सो अवसरमा बोल्दै बैंकका सञ्चालक कुमार लम्सालले २०६१ सालमा विकास बैंकको रुपमा शुरुवात गरी विगत डेढ वर्षेखि वाणिज्य बैंकको रुपमा राष्ट्र बैंकको स्वीकृति लिई बैंकले काम गरिरहेको बताउनुभयो ।
गैरआवासीय नेपालीहरुको २ अर्ब लगानी रहेको यो बैंकमा १८ अर्ब निक्षेप संकलन भई १६ अर्ब ऋण लगानी भएको सञ्चालक लम्सालले जानकारी दिनुभयो ।
बैंकले सामाजिक उत्तरदायित्वअर्न्तर्गत जिल्लामा एलएलसी परीक्षामा उत्कृष्ट हुने दर्ुइजनालाई छात्रवृत्ति, स्वरोजगार छात्रबृत्ति पा“चजनालाई र दृष्टिविहीनहरुलाई उपचार गरिदिने योजना रहेको लम्सालले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण घोराही शाखा प्रवन्धक दिलीप रँनाले गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top