Free songs
Home / विचार / साझा विदेश नीतिको खा“चो

साझा विदेश नीतिको खा“चो

मुकुन्द बिसी
यतिबेला नेपालको राजनीतिक रंगमञ्चमा राष्ट्रियताको सवाल अत्यन्त संगीनरुपले उठिरहेको छ । जनवाद, जनजीविका र राष्ट्रियताको नारा दिएर विगत ७ वर्षेखि निरन्तररुपमा सत्तँको केन्द्र भागमा बस्दै आएका राष्ट्रवादी नेताहरुले कम्तिमा पनि नेपाल र भारतबीच सन् १९५० मा सम्पन्न असमान सन्धिलाई पुनरावलोकन गर्नको लागि प्रभावकारीढंगले पहल गर्नुपर्दथ्यो, भारतले अतिक्रमण गर्दै आएको नेपालको करीब ६०,६६२ हेक्टर जग्गा फिर्ता गराउने प्रयत्न गर्नुपर्दथ्यो, नेपालको आन्तरिक मामिलामा भारतले गर्दै आएको हस्तक्षेपलाई रोक्ने प्रयास गर्नुपर्दथ्यो र नेपालको अन्तर्रर्ााट्रय प्रतिष्ठा अभिवृद्धि गराउने दिशामा ठोस प्रगति गरेको हुनर्ुपर्दथ्यो, तर त्यसको ठीकविपरीत उनीहरुले भारतीय शासकहरुको पृष्ठपोषण गर्ने कार्यलाई निरन्तरता दिदै आएका छन् । डा. बाबुराम भट्टर्राई प्रधानमन्त्री भएको बेला राष्ट्रिय हितविपरीतको विप्पा सम्झौता गर्न पुगे, पर्ूवप्रधानमन्त्रीहरु भारतीय विदेशमन्त्री सल्मान खर्ुर्सिदलाई भेट गर्न होटल द्वारिका पुगे । हास्यास्पद कुरा त के छ भने यिनै नेताहरुले आफूलाई राष्ट्रवादको मसिहाको रुपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । अर्को ध्रुवमा त्यस्ताखाले नेताहरु छन्, जसले राष्ट्रवादको नाममा प्रतिगामी शक्तिलाई काखी च्याप्ने प्रयत्न गर्दैछन् । उनीहरुले पर्ूवराजा ज्ञानेन्द्र शाहलाई समेत राष्ट्रवादीको रुपमा चिनाउन खोजेका छन् । पर्ूवराजा ज्ञानेन्द्र शाह एउटा त्यस्तो व्यक्ति हो जसले लोकतन्त्रको माग गर्ने जनताको छातीमा गोली ठोक्न लगायो, ज्ञानेन्द्र शाह एउटा त्यस्तो व्यक्ति हो, जसले लोकतान्त्रिक शासन व्यवस्थाको हत्या गर्‍यो र निरंकुश शासन व्यवस्था लाद्यो, ज्ञानेन्द्र शाह एउटा त्यस्तो व्यक्ति हो जसले राष्ट्रको
ढुकुटीमा ब्रह्मलुट मच्चाएर अकूत सम्पत्ति जम्मा गर्‍यो । निरंकुश राजतन्त्र कहिल्यै राष्ट्रवादी हुनसक्छ – ज्ञानेन्द्र शाह जस्तै निरंकुश शासकहरुले नेपालको राष्ट्रियतालाई कमजोर पार्दै आएका
होइनन् र – निरंकुश शासक मोहन शमशेरले भारतस“ग सन् १९५० को असमान सन्धि गरेको होइन – राजा त्रिभुवनले भारतीय चार नारायणहरुको सल्लाहमा सत्ता सञ्चालन गरेको र डा. केआई सिंह र भीमदत्त पन्तजस्ता देशभक्तहरुको व्रि्रोह दबाउन भारतीय
रिजर्व फोर्स पठाउन भारतलाई अनुरोध
गरेका होइनन् –
राजा र राणाहरुको शासनकालमा नेपालको विदेश नीतिले लोकतान्त्रीकरण हुने अवसर नै पाउन सकेन र जनताका प्रतिनिधिहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेशनीति निर्माण गर्न नै पाएनन् । निरंकुश शासकहरुले जतिसुकै राष्ट्रघाती शासकहरुलाई न्यायको कठघरामा उभ्याउने जनप्रतिनिधिमूलक संस्थाहरु नै भएनन् । जनताको आवाजलाई बुट र बन्दुकले जबर्जस्ती दबाइए । लोकतान्त्रिक शासन व्यवस्थामा जनप्रतिनिधिमूलक संस्थाहरु बलिया हुन्छन् र त्यो व्यवस्थामा शासकहरुले चाह“दाचाह“दै पनि राष्ट्रघाती सन्धिहरु पारित गराउने असफल प्रायः हुन्छन् ।
पटक-पटकका जनआन्दोलनहरु र लोकतान्त्रिक अभ्यासहरुले गर्दा नेपाली जनताको चेतनास्तर निकै उच्च भइसकेको छ । राष्ट्रियताप्रतिको उनीहरुको जागरण पनि व्यापक बनिसकेको छ । यस्तो अनुकूल अवस्थामा कुनै भूपू विक्रमहरुलाई राष्ट्रवादीको पगरी गुथाएर उज्यालो बनाउने कष्ट नै गर्नुपर्दैन । सचेत नेपाली जनताले ज्ञानेन्द्र शाहको सक्कली अनुहारलाई गहिराइबाट चिनिसकेका छन् । आफूलाई राष्ट्रवादी मान्ने दल र नेताहरुलाई थाहै होला कि ज्ञानेन्द्र शाह यतिबेला धार्मिक र राहतको आवरणमा नेपालका गरीब दुःखी जनतालाई २, ४
पैसाको प्रलोभन देखाएर गणतन्त्र ध्वस्त
पार्ने चालबाजीमा लागेका छन् ।
कालीबाबाको आशर्ीवाद र शिवसेनाको शक्ति लिएर उनी पुनरुत्थानको राजनीतिक अभियानमा जुटिरहेका छन् । शशांक कोइरालाजस्ता नेताहरुले पनि उनको अभियानमा ऊर्जा थप्दैछन् । यस्तो बेलामा क्रान्तिकारी नेताहरुले ज्ञानेन्द्र शाहस“ग सहकार्य गरेर गणतन्त्रलाई संस्थागत गर्ने सपना बुनेर हुन्छ –
वास्तविक धरातलमा उभिएर सत्य कुरा बोल्ने हो भने नेपालको राष्ट्रियता तीनवटा कारणले कमजोर भइरहेको छ । पहिलो कारण नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतको भूमि र भूमिकाको प्रयोग गर्नुपर्ने अवस्था । नेपालमा हालसम्म जति पनि लोकतान्त्रिक आन्दोलनहरु सञ्चालन भए ती सबैमा भारतीय भूमि र भूमिकाको उल्लेखनीय योगदान रहेको छ । नेपालको लोकतान्त्रिक नेतृत्वको नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टर्ीी नेपाली कांग्रेसको स्थापना नै भारतीय भूमिमा भएको थियो । ऐतिहासिक १२ बु“दे सहमति पनि भारतीय भूमिमा नै भएको थियो । यसरी नेपालमा सञ्चालन भएका लोकतान्त्रिक आन्दोलनहरुलाई सफल बनाउन भारतीय भूमि र भूमिकाको उल्लेखनीय योगदान रहन गएकाले नेपाली नेताहरुको बार्गेनिङ पावर कमजोर हुन गएको देखिन्छ ।
नेपालको राष्ट्रियता कमजोर हु“दै जानुको दोस्रो कारण भनेको नेपालका कतिपय कम्युनिष्ट पार्टर्ीीमा रहेको अतिवादी चिन्तन हो । नेपालको राष्ट्रियता कमजोर हुनु भनेको यहा“को आन्तरिक मामिलामा भारतको हस्तक्षेप बढ्दै जानु हो । नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप त्यति बेलासम्म बढ्दै जानेछ जतिबेलासम्म विदेश नीतिको सवालमा नेपालका राजनीतिक पार्टर्ीी एकतावद्ध हुने छैनन्, कतिपय पार्टर्ीीमा रहेको अतिवादी चिन्तनले न नेपालमा कुनै क्रान्ति सम्पन्न हुनेछ, न त विदेश नीतिको सवालमा राजनीतिक पार्टर्ीी एकतावद्ध नै हुनेछन् । नेपालमा सञ्चालन हुने अन्त्यहीन संर्घष्ाले एकताको पक्षलाई कमजोर पार्दै जानेछ र राष्ट्रियता खतरामा पर्नेछ ।
नेपालको राष्ट्रियता कमजोर हुँदै जानुको तेस्रो कारण भनेको नेपालका राजनीतिक नेताहरुमा भएको आत्मर्समर्पणवादी प्रवृत्ति हो । नेपालका अधिकांश नेताहरु सामन्ती वर्ग आधारबाट आएको हु“दा उनीहरुमा सत्तामोह बढी छ । सत्तामोहले गर्दा उनीहरुको नैतिक बल कमजोर हु“दै गएको छ । नैतिक बलको कमी भएका नेताहरुसामु आत्मर्समर्पणको विकल्प हुँदैन ।
नेपालका राजनीतिक दल र नेताहरुमा सा“च्चिकै राष्ट्रियताको भावना छ भने उनीहरुले आगामी संविधानसभा निर्वाचनमा जनतालाई निर्भीकताका साथ स्वतन्त्रतापर्ूवक मतदान गर्ने वातावरण सिर्जना गर्न निर्वाचन आयोगलाई सहयोग गर्नुपर्दछ । निर्वाचनपश्चात सम्पर्ूण्ा विजयी सभासद्हरुले कम्तिमा पनि दर्ुइ तिहाई बहुमतबाट नेपालको साझा विदेश नीति पारित गरी सबभन्दा पहिले सन् १९५० को असमान सन्धिलाई पुनरावलोकन गरी नेपाल र नेपालीको हितअनुरुप बनाउनर्ुपर्दछ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top