Free songs
Home / समाचार / संक्षिप्त समाचार / राप्ती नदीले बगाएर मृत्यु

राप्ती नदीले बगाएर मृत्यु

भालुवाङ, २० साउन -युस)- लालमटिया-३ भालुवाङ रातोडा“डा निवासी रामबहादुर गुरुङ्गका छोरा १७ वषर्ीय दिपेश गुरुङ्गको राप्ती नदीमा बगेर मृत्यु भएको छ । दाउरा छोप्न गएको बेला बगेर उनको मृत्यु भएको हो ।
सोही टोलका अन्य ८ जना युवकसहित गएका गुरुङ बगासोतीको चुरेनीघाट भारंगे भित्तामा दाउरा छोप्ने क्रममा नदीले बगाएर एकाएक वेपत्ता भएपछि उहा“को खोजी कार्य थालिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले नदीको दुबै किनाराबाट खोजी गर्दै जा“दा गोवरडिहा-२ पत्रिङ्गास्थित राप्ती नदीको किनारमा शव फेला परेको थियो । मृतकको लाश प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्यालय भालुवाङलाई उधृत गर्दै त्यहा“बाट सहकर्मी महेश रिजालले जानकारी दिनुभएको छ । अन्य युवक सकुशल घर फर्केको प्रहरीले जनाएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top