Free songs
Home / पाठक पत्र / बढ्दो सडक दर्ुघटना कम गरौं

बढ्दो सडक दर्ुघटना कम गरौं

दिनप्रतिदिन बढ्दै गइरहेको सडक दर्ुघटनामा कैयौं मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् भने त्यति नै संख्यामा अंगभंग पनि भइरहेका छन् । जसले गर्दा ठूलो धनजनको क्षति भइरहेको छ, यो समस्या अहिले एकदमै जटिल समस्या बनेको छ । सडक दर्ुघटना नभएको त्यस्तो कुनै दिन छैन न त कुनै सडक नै बा“की छ ।
दर्ुघटना बढ्नुको प्रमुख कारण हाम्रा गाउ“-ठाउ“मा रहेका सडकहरु जर्ीण्ा हुनु अझ त्यसमा पनि क्षमताभन्दा बढी यात्रुहरुलाई सवारीका साधनमा चढाउनु, चालकले मदिरा सेवन गरी सवारीका साधन तीब्र गतिमा चलाउनु, सिकारु तथा अदक्ष व्यक्तिले चलाउनु र यात्रुहरुमा ट्राफिक ज्ञानको कमी हुनु पनि हो । सडक दर्ुघटनालाई कम गर्नको लागि यातायात व्यवसायी समिति, सरोकारवाला व्यक्ति सवारी धनी ट्राफिक प्रहरी र स्वयं यात्रु आफै सचेत हुन जरुरी छ । ट्राफिक प्रहरीले पनि दत्तचित्त भई नियमविपरीत चल्ने ती सवारीका साधनहरुलाई तुरुन्त कारवाही गर्नुपर्छ साथै प्रत्येक विद्यालय, कलेज तथा र्सार्वजनिक स्थलहरुमा पुगेर ट्राफिक नियमहरुको बारेमा बेलाबेलामा जानकारी दिने र सञ्चार माध्यमहरुबाट पनि यस सम्बन्धी विशेष खालको चेतनामूलक कार्यक्रम राखेर जतिसक्यो चा“डो सूचना प्रवाह गर्न अति आवश्यक छ । अझ यसका लागि नीति नियम बनाई कार्यान्वयन गर्ने हो भने दर्ुघटना न्यूनीकरण गर्न कति नै समय लाग्छ र – भोलिका दिनहरुमा यस्ता भयानक सडक दर्ुघटनाका समाचारहरुले कहींकतै स्थान नओगटून् यही हाम्रो चाहना ।
मिलन पोख्रेल
लक्ष्मीपुर-४ डा“डागाउ“, दाङ

र्सार्वजनिक मञ्च संरक्षण गर्नुपर्‍यो
घोराही नगरपालिका वडा नं. १० स्थित -नगर प्रहरी कार्यालयदेखि पर्ूवतर्फ को र्सार्वजनिक मञ्च लामो समयदेखि बेवारिसे बनेको छ ।
पहिले-पहिले त्यहा“ र्सार्वजनिक कार्यक्रम हुँदा सफा सुग्घर देखिन्थ्यो तर अहिले त्यहा“को स्थिति हर्ेदा दयनीय देखिन्छ । मञ्च संरक्षणको अभावमा जर्ीण्ा बन्दै गएको छ भने मञ्च अगाडिको जग्गा फोहर बन्दै गइरहेको छ । यस्तै बेजिम्मेवाररुपमा र्सार्वजनिक सम्पत्ति रहिरहने हो भने कुनै पनि भूमिहीनहरुको बुकुरा नबनाउलान् भन्न सकिन्न ।
घोराही नगर विकास समितिको पशुसेवा कार्यालय पर्ूवको जग्गा र पुरानो बसपार्कमा रहेको जग्गामा जसरी भूमिहीनहरु बसी आएका छन् त्यही समस्या मञ्चको जग्गामा आयो भने त्यसको जिम्मेवारी कसले लिने – अतः उक्त जग्गालाई पर्खाल वा तारबार लगाई संरक्षण गर्नुपर्छ वा जग्गा कुनै उद्योगलाई भाडामा दिई त्यसबाट नगरपालिकाले आम्दानी लिनर्ुपर्छ । अतः यस विषयमा सरोकारवावालाहरुको ध्यान पुगोस् ।
सिुवास के.सी.
घोराही, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top