Free songs
Home / विचार / कर, करले होइन रहरले तिर्ने वातावरण बन्नुपर्दछ

कर, करले होइन रहरले तिर्ने वातावरण बन्नुपर्दछ

कृष्णप्रसाद लम्साल
कर कुनै पनि राज्यको आर्थिक प्रणाली अर्न्तर्गतको एक अंग हो, राष्ट्रिय आम्दानीको प्रमुख स्रोत हो, राज्य सञ्चालनको मेरुदण्ड हो, आर्थिक र सामाजिक विकासको रक्त सञ्चार प्रणाली हो । जनताले राज्यबाट प्राप्त गरेको कुनै पनि सेवा अथवा सुविधा प्रयोग गरेवापत प्रत्युत्तरको रुपमा प्रदान गरिने राष्ट्रिय सहयोग हो । कहिलेकाहीं कुनै पनि सेवा अथवा सुविधा प्रयोग नगरे पनि राज्यलाई दिनुपर्ने बाध्यताकारी व्यवस्था पनि हो ।
करदाता राष्ट्रिय आर्थिक भवनका बलिष्ट खम्बा हुन्, जसको आधारमा जग र सम्पर्ूण्ा महल टिकेको हुन्छ । उनीहरु राज्यद्वारा प्रदत्त सेवाका सेवाग्राही हुन् । उद्योगपति, व्यापारी, व्यवसायी, कर्मचारी, शिक्षक तथा विभिन्न प्रकारका सहकारी एवं अन्य संघसंस्थाहरु आर्थिक दाताका प्रतिनिधिहरु हुन् । उनीहरुले आफूले आर्जन गरेको मुनाफा, अतिरिक्त आय, उपभोग गरेको सेवासुविधा आदिको वापतमा निश्चित रकम सरकारलाई बुझाउने दस्तुरका स्रोतहरु हुन् । कर प्रदान गर्ने कार्य प्रत्येक नागरिकको नागरिक कर्तव्यभित्र पर्दछ । राष्ट्र र राष्ट्रियताको उन्नति, सामाजिक संरक्षण एवं पर््रबर्द्धनको दायराअर्न्तर्गत पर्ने पनि कार्य हो । उपभोक्ताहरुले आफू र आफ्ना परिवारको छाकबाट केही अंश झिकेर राष्ट्रहितको लागि र्समर्पण गर्ने राष्ट्रिय भावनाको घोतक हो । करदाता मूलको पानी, वायुमण्डलको हावा, जंगली फलफूलजस्तै हुन् जो विनासरकारी लगानी अथवा न्यून लगानीमा सरकारलाई उपहार स्वरुप प्राप्त हुन्छ ।
कर जनताको खाना, नाना र छानाको लागि, कर जनताको स्वास्थ्य, शिक्षा र सुरक्षाका लागि, कर जनताको सुखसुविधा र शान्तिको लागि, कर विकास निर्माण र पर््रबर्द्धनको लागि साथै कर राष्ट्र र राष्ट्रियताको लागि हो । करको रकम यिनै कार्यमा खर्चनर्ुपर्दछ । करको रकम खर्च गर्ने बेला सरकारले अथवा खर्चकर्ताहरुले जनताको पसिनालाई सम्झनर्ुपर्छ, जनताको भावनालाई बुझ्नर्ुपर्छ, जनताको अन्तरआत्मालाई नियाल्नर्ुपर्दछ, जनताको ढुकढुकीलाई सुन्नर्ुपर्छ, जनताको आशामा दूरदृष्टि लगाउनर्ुपर्छ, जनताको दुःखमा आ“सु बगाउनु र उनीहरुको हा“सोमा रमाउनर्ुपर्दछ ।
करको रकम उच्च ओहोदामा बसेका मानिसले आफ्नो सुख र सुविधामा होइन, आफ्नो भत्ता र लत्तामा होइन, पारिवारिक मोजमस्तीमा होइन, आफ्ना आसेपासेलाई पोस्नको लागि होइन, पुरुषले समेत सुत्केरी खर्च माग्न होइन, विभिन्न बहानामा दलबलसहित विदेश भ्रमण गर्न होइन, स्वदेशमा उपचार भइहाल्ने अवस्थामा विदेशी अस्पताललाई पोस्न उपचारको लागि खर्च गर्न होइन, विभिन्न प्रकारका कमिशन र पर्मिशन प्राप्त गर्ने कार्यमा होइन बरु सम्पर्ूण्ा जनताको हित र राष्ट्रिय सम्पदाको सदुपयोगका लागि खर्च गर्नुपर्दछ । सप्तगण्डकीको पवित्र एक अञ्जुली पानी हातमा लिएर पवित्र मनले
त्यसमा आफ्नो अनुहार हेरौं त त्यहा“ आफ्नो सक्कली अनुहार देख्न सकिनेछ, विशुद्ध
भावना लिएर सूक्ष्माति सूक्ष्म दृष्टि, फिराऔं त आफ्नो अनुहारमा कर्ुकर्मका काला धब्बाहरु देख्न सकिनेछन् र कताकता सर्ुकर्मका सेता छिर्काहरु पनि पाइनेछन् । त्यसैगरी देशको
पवित्र एकमुठी माटो हातमा लिएर सुघौं त त्यसमा कैयौं हत्या र हिंसाको दर्ुगन्ध आउने छ र यदाकदा त्यहा“ स्वाभिमानको सुगन्ध पनि पाइने छ ।
कर मैत्रीपर्ूण्ा हुनुर्ुपर्दछ, कर उचित र सुविधापर्ूण्ा हुनर्ुपर्दछ, कर सरल र सहजपर्ूण्ा हुुनर्ुपर्दछ । गरीब, श्रमजीवी एवं असहाय जनताको पसिना र श्रमको महत्वलाई करले बुझेको हुनर्ुपर्दछ । जसले कर दियो प्रायः उसैलाई फिर्ता दिने जस्तो कार्यक्रम लागु गर्नुपर्दछ । कर करले होइन रहरले तिर्ने वातावरण बन्नर्ुपर्दछ ।
विश्वका विकसित मुलुकहरु जस्तै ब्रिटेन अमेरिका, जर्मन, जापान आदि देशमा कर र विकास निर्माणको कार्यमा यसरी तालमेल भएको पाइन्छ कि जुन स्रोतबाट कर प्राप्त भएको हुन्छ, त्यसको बढी प्रतिशत रकम त्यसै स्रोत र साधनको विकास र सुविधामा खर्च गरिन्छ । त्यस्तो सुविधाको जनता आफैले प्रत्यक्ष अनुभव गर्न सक्दछन् र उपभोग पनि गर्दछन् । त्यस्तो स्थितिमा जनता चाहन्छन् कि सरकारले हामीस“ग अरु कर पनि लेओस् र अरु सुविधा पनि देओस् । उनीहरुले देशको लागि कर तिरी सहयोग गर्न पाएकोमा आफूलाई गौरवशाली र सच्चा नागरिक ठान्दछन् । परिवारको छाक काटेर आधा शरीर मात्र ढाकेर, चुहिने छानोमुन्तिर सुतेर भए पनि कर तिर्न पाएकोमा खुशी व्यक्त गर्दछन् । कसैले पनि कर छल्ने, कर ठगी गर्ने र कर तिर्दा अटेरी व्यवहार गर्ने काम बिल्कुलै गर्दैैनन् । तिनीहरुमा कर तिर्ने कार्यमा स्वस्फर्ूत भावना जागेर आउ“छ तर नेपालमा कर रहरले होइन करले तिर्ने वातावरण देखा पर्दछ किनभने उठेको कर तल्लो वर्गको लागि भन्दा माथिल्लो वर्गका लागि बढी खर्च गरिन्छ । त्यसैले करदाताको स्थिति जहा“को त्यहीं रहिरहेको पाइन्छ भने कर उपभोगीको स्थितिले छलाङ मारेको पाइन्छ । आजको दाउरे र चाउरे भोलिको अवस्थामा लाहुरे भएको देखा पर्दछ । जनता करको चाकीमा पिल्सिइरहेका हुन्छन् भने जनप्रतिनिधि जनताको टाउकोमा टेकेर आफ्नो भाग्यको रेखा कोरिरहेका हुन्छन् । त्यसैले यस्तो अवस्था सिर्जना हुने परिस्थितिमा जनताले कर छल्ने मनोवृत्ति मनोवैज्ञानिकढंगले स्वाभाविकैजस्तो देखिन्छ । अतः कर उपभोक्ताहरुले करलाई गरीबको स्वास हो, परिश्रमीको पसिना हो र उद्यमीको नासो हो भन्ने सम्झेर खर्च गर्नुपर्दछ ।
नेपालमा खुलेका प्रशस्त सहकारी संस्थाहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारले तेस्रो खम्बाको संज्ञा दिएको छ किनभने विद्यमान सहकारी संस्थाहरुले धनको ठूलो राशी करको रुपमा सरकारलाई बुझाउ“दै आइरहेका छन् । तर सरकारको स्पष्ट नीति एवं निर्देशन, नियमको सरलीकरण र व्यवहारको सहजीकरणको अभावमा संस्थाले विभिन्न समस्या व्यहोर्नुपरिरहेको छ । सहकारी पानी सङ्लो हुनुपर्नेमा धमिलो छ त्यसमा स्वार्थी प्रवृत्तिका मानिसले माछा मारिरहेका छन् । सञ्चालकदेखि लिएर कर कार्यालयका केही कर्मचारी अछुता छैनन् । भन्न त आफूलाई कानुनीरुपले कञ्चन भन्लान् र गराउलान् तर व्यवहारमा ज्यादै भिन्नता पाइन्छ ।
करका पनि कति लामा कर -हात) हु“दा रहेछन् जहा“ पनि, जसलाई पनि र जसरी पनि छोएकै छन् । गिट्टी कुटेर, तरकारी बिक्री गरेर, लेवरी काम गरेर, निम्नस्तरको जागिर गरेर, आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर, जीवनभर सरकारी सेवामा हड्डी खियाएर आर्जेको पेन्सन आदिबाट संकलित रकम जुन आफ्नो परिवारको भावी जीवनको भरणपोषण, स्वास्थ्य, सुरक्षा एवं सुख दुःखमा चाहिएला भनेर मुठी कसी वित्तीय संस्थामा जम्मा गरी औंठा भाँच्दै ब्याजको रकम गनी बसेका व्यक्तिको ढुकुटीमा पनि करका कर पुगेकै छन् । यस अवस्थालाई बुझेर पनि कसैले ‘खाउ पिउ मोज गर’ को नीति अवलम्बन गरेर बचत गर्ने प्रवृत्ति घटेर गएको देखिन्छ । अर्काको भागमा हस्तक्षेप गरेर अथवा विदेशीस“ग हात थापेर आयस्रोत जुटाउनुभन्दा सरकारी स्तरबाट विभिन्न उद्योग, कलकारखाना, व्यवसाय आदि सञ्चालन, सर्म्बर्द्धन र संरक्षण गरी लाभ प्राप्त गर्ने कार्य गरेमा उत्तम उपाय हुने थियो । बन्द, हड्ताल, चक्काजाम, अत्यावश्यकीय वस्तुको आपर्ूर्ति ठप्प पार्ने जस्ता सरकारविरोधी कार्यमा पनि धेरैजसो नियन्त्रण हुने थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top