Free songs
Home / विचार / माओवादीको पोखरा बैठकको उद्घोष र उत्पन्न प्रतिक्रिया

माओवादीको पोखरा बैठकको उद्घोष र उत्पन्न प्रतिक्रिया

समीर यात्री
भर्खरै पोखरामा सम्पन्न नेकपा-माओवादीको केन्द्रीय समितिको बैठकले गरेका निर्ण्र्ाारु र्सार्वजनिक भएका छन् । निर्ण्र्ाारु र्सार्वजनिक भएलगत्तै त्यसको प्रभाव र तरंग राष्ट्रिय अन्तर्रर्ााट्रयरुपमै देखिन पुगेको छ । पार्टर्ीीर्ुनर्गठनको एक वर्षछि नेकपा-माओवादीले सबैखालका अन्योल, आशंका र अविश्वासलाई चिर्दै नेपाली क्रान्तिको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सफल भएको छ । यस अर्थमा पोखरा बैठक प्रचण्ड-बाबुरामको नवसंशोधनवादी समूहस“ग निर्ण्ाायक सम्वन्ध विच्छेद गरेपछिको सबैभन्दा महत्वपर्ूण्ा बैठक सावित हुन पुगेको छ ।
पोखरा बैठकको वैचारिक पृष्ठभूमि ः
एकीकृत पार्टर्ीीत्र चलेको नवसंशोधनवादी तथा राष्ट्रिय आत्मर्समर्पणवादी प्रवृत्ति विरुद्धको लामो अर्न्तर्संर्घष्ाले सिंगो पार्टर्ीी्ति र मूलतः प्रचण्ड-बाबुराम मण्डलीलाई ठीक ‘ट्रयाक’मा ल्याउन सकिने सम्भावना बा“की नरहेपछि त्यहा“भित्रका क्रान्तिकारीहरुले क्रान्तिको रक्षाका लागि ब्रि्रोहको झण्डा उठाउनु अनिवार्य बन्न गयो । यद्यपि कार्यकर्ताको ठूलो पंक्ति र र्समर्थक-शुभचिन्तक जनसमुदायको मनोविज्ञान पार्टर्ीीवभाजनको तीतो परिघटना ब्यहोर्न तयार थिएन । यसको पछाडि दर्ुइवटा कारण थिए । पहिलो, प्रचण्डलाई गरिएको अन्धाधुन्ध देवत्वकरणको प्रभाव । जसले प्रचण्डलाई कहिल्यै नब्रि्रने, कहिल्यै नभत्किने अलौकिक शक्तिको रुपमा मनोवैज्ञानिक छाप पार्ने काम गर्‍यो । त्यसले प्रचण्डविना यो दुनिया“मा कुनै पनि काम हुन सक्दैन र प्रचण्डले जे गरे पनि त्यसलाई महान देख्ने मनोवृत्तिको विकास गर्‍यो । दोस्रो, पार्टर्ीीत्रको नवसंशोधनवाद र आत्मर्सपणवाद विरुद्धको संर्घष्ालाई व्यापक बनाउ“दै जनस्तरसम्म पुर्‍याइनुपथ्र्यो । त्यसलाई ठीक समयमै योजनावद्ध र परिपक्वताका साथ अगाडि बढाउनुपथ्र्यो । त्यसमा केही कमजोरी भए जसको कारण समयमै अपेक्षाकृत पहलकदमी लिन सकिएन ।
ढिलै भए पनि नवसंशोधनवादी, आत्मर्सपणवादी धारास“ग निर्ण्ाायक सम्बन्ध विच्छेद त भयो, तर क्रान्तिकारी पार्टर्ीी कार्यदिशा निर्माणको वहसमा वर्षौं दिनसम्म पार्टर्ीीमल्लियो । पार्टर्ीीुनर्निमाण र क्रान्तिको कार्यदिशाको विषयलाई यथासमयमै टुंग्याएर गएको भए पार्टर्ीी आजसम्म एउटा गति पक्रिसकेको हुन्थ्यो । त्यसको पछाडि केही हदसम्म भौतिक परिवेशले काम गरेको भए पनि मूलरुपमा सचेत पहलकदमीप्रतिको उदासिनता जिम्मेवार छ । अझ यसलाई निर्ममरुपले भन्नुपर्दा केही हदसम्म नेतृत्वपङ्तिमै रहेको प्रचण्डप्रतिको मोहको धङधङीले समेत काम गरेको हो ।
क्रान्तिकारी सिद्धान्तको रक्षाका लागि भिन्नै टुकडी निर्माण गर्नु आफैमा त्यति महत्वपर्ूण्ा कुरा होइन । जति महत्वपर्ूण्ा कुरा क्रान्तिलाई विजयको विन्दुसम्म पुर्‍याउन अर्को जोखिम ब्यहोर्न तयार हुनु हो । एकीकृत माओवादीबाट ब्रि्रोह गरी नेकपा-माओवादी निर्माण गरेपछि पार्टर्ीीत्र र बाहिर र्सवाधिकरुपले उब्जिएको यो चुनौतीपर्ूण्ा प्रश्नलाई ठीकढंगले उत्तरित नगरी अगाडि बढ्न सम्भव थिएन । नवगठित पार्टर्ीीत्र यही विषयमा बहस केन्द्रित भयो र पोखरा बैठकसम्म आइपुग्दा मूलभूत प्रश्नहरुलाई ठीकढंगले उत्तरित गर्दै दूरगामी निष्कर्षराष्ट्रको सामु पेश गर्न सफल भयो ।
पोखरा बैठकको निष्कर्षः
पोखरा बैठकसम्म आइपुग्दा नेकपा-माओवादीले महाधिवेशन र थुप्रै बैठकहरुको श्रृंखला पार गरिसकेको छ । यसबीचमा पार्टर्ीीत्र विकसित राष्ट्रिय अन्तर्रर्ााट्रय परिस्थितिको विषयमा नेपाली क्रान्तिविरुद्ध देखापरेका नया“-नया“ षड्यन्त्र र चुनौतीहरु तथा तिनको सामना गर्दै क्रान्तिलाई अगाडि बढाउनुपर्ने ऐतिहासिक दायित्वको विषयमा वहस घनीभूतरुपले केन्द्रित भयो । र, यो वहसको प्रक्रियाबाट पार्टर्ीी नया“ सैद्धान्तिक संश्लेषणका साथ ठोस कार्यदिशा निर्माणको एउटा महत्वपर्ूण्ा चरण पूरा गर्‍यो । यो कार्यदिशाको आधारभूमिको रुपमा पार्टर्ीी महत्वपर्ूण्ा निष्कर्षरु अगाडि सारेको छ ।
१. आज देशमा क्रान्ति र प्रतिक्रान्तिबीचको संर्घष्ा असाध्यै जटिल मोडमा पुगेको छ । क्रान्तिको विकासको एउटा विशिष्ट अवस्थाले पैदा गरेको संक्रमणकाल सिद्धिदैछ । प्रतिक्रान्तिकारीहरुले देश, जनता र क्रान्तिका विरुद्धमा यो संक्रमणकालको अन्त्य गर्न खोज्दैछन् । यो बेला क्रान्तिकारीहरुले देश, जनता र क्रान्तिका पक्षमा संक्रमणकालको अन्त्य गर्न विशेष पहल गर्न जरुरी छ ।
२. यतिबेला देश वैदेशिक प्रतिक्रियावादीहरुको चलखेलको केन्द्र बनेको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिकेन्द्रहरुको निर्देशन र दलाल राजनीतिक शक्तिहरुको पहलमा दोस्रो संविधानसभा निर्वाचनको नौटंकी रचिएको छ । यो नौटंकी प्रतिक्रियावादी राज्यसत्तामा पैदा भएको राजनीतिक संकट समाधान गर्ने र पश्चगामी तथा यथास्थितिवादी शक्तिहरुबीचको अन्तर्विरोध मत्थर पार्ने उद्देश्यमा आधारित रहेको छ ।
३. अनेकौं जनआन्दोलन, जनसंर्घष्ा र दशवर्षो महान जनयुद्धको प्रतिफलका रुपमा नेपाली जनताले जुन जनसंविधानको अपेक्षा गरेका थिए, त्यो अब असम्भव बन्न गएको छ । अलोकतान्त्रिकढंगले बनेको जनविरोधी सरकारको नेतृत्वमा जनताको संविधान बन्ने परिकल्पना नै गर्न सकिन्न ।
४. संविधानसभा निर्वाचनको प्रश्न लोकतन्त्रको प्रश्न हो । यसरी हर्ेदा आज लोकतन्त्रलाई स्थापित तथा संस्थागत गर्ने प्रश्न नै प्रमुख बन्न गएको देखिन्छ । तर त्यस प्रकारको लोकतन्त्रको स्थापनाको प्रश्नमा देशीय दलाल राजनीतिक शक्तिहरु र वैदेशिक प्रतिक्रियावादद्वारा गम्भीर अवरोध पैदा हु“दै आएको छ । यसरी हर्ेदा आज राष्ट्रिय स्व्ााधीनताको रक्षाको प्रश्न नै नेपाली राजनीतिको केन्द्रीय प्रश्न बन्न गएको छ ।
५. यो बेला संविधानसभाको कथित निर्वाचनको प्रश्न क्रान्ति र प्रतिक्रान्ति, देशभक्ति र राष्ट्रिय गद्दारी तथा अग्रगमन र पश्चगमबीच भीषण संर्घष्ाको प्रश्न बनेको छ । यस स्थितिमा हामीले क्रान्ति, देशभक्ति र अग्रगमनको धारालाई सशक्तरुण्पमा अगाडि बढाउनु पर्दछ ।
उपरोक्त निष्कर्षे आजको राष्ट्रिय राजनीतिको यथार्थ चित्र प्रस्तुत गर्दै नेपाली क्रान्तिको वस्तुनिष्ठ कार्यदिशा निर्धारणका लागि भरपर्दो आधार प्रदान गरेको छ । यसले सम्पर्ूण्ा प्रतिक्रान्तिकारी भ्रम र अफवाहलाई चिर्दै उनीहरुको राष्ट्रघाती र जनविरोधी चेहरामाथि बज्रमुक्का प्रहार गरेको छ । त्यसैले यो कार्यदिशा निर्माणस“गै राष्ट्रघाती, गद्दार र दलालहरुको क्याम्पभित्र ठूलै हल्लीखल्ली शुरु भएको छ । ती दलालहरु कहिले माओवादीलाई ‘फकाइदिनुर्‍यो’ भनेर राजदूतस“ग हारगुहार गर्न पुग्नु र कहिले राष्ट्रपतिकहा“ ‘मनाइदिन’ विन्ती बिसाउन पुग्नुले समेत उनीहरुको राजनीतिक हैसियत र यो कार्यदिशाको दमदार प्रभावलाई एकैसाथ पुष्टि गरेको छ ।
आज दर्ुइवटा खतरा हाम्रा अगाडि गम्भीर चुनौतीको रुपमा उभिएका छन् । पहिलो, सिक्किमीकरणको खतरा र दोस्रो, संसदीय फासिवादको खतरा । यी दुबै खतरा संविधानसभाको कथित निर्वाचनको नौटंकीमार्फ अगाडि आउ“दैछन् । बुझाइरहनु नपर्ने नांगो तथ्य हो कि यो नौटंकीको मञ्चन दिल्ली प्रशासनद्वारा गरिएको हो र उसका नेपाली दलालहरुलाई त्यसको पत्रका रुपमा मंञ्चमा उभ्याउ“दैछ । नेपाली जनताका वलिदानीपर्ूण्ा संर्घष्ाबाट प्राप्त उपलब्धिहरुलाई संसदीय फासिवादको बुटमुनि कुल्चने अभ्यासको पहिलो रिहर्सल २५ बु“दे अध्यादेशमार्फ अन्तरिम संविधानको मर्ममाथिको प्रहार हो । यसको स“गस“गै गैरनेपालीहरुलाई नेपाली नागरिकता बा“डेर सिक्किमीकरणको योजना अगाडि बढाइएको छ । यस अर्थमा यो संविधानसभाको कथित निर्वाचनको नौटंकी हाम्रो लागि इतिहासको सबैभन्दा दर्ुभाग्यपर्ूण्ा परिघटनाको रुपमा अगाडि आउ“दैछ । त्यसैले सम्पर्ूण्ा सच्चा देशभक्त, लोकतन्त्रवादी र क्रान्तिकारीहरुको अगाडि यो नौटंकीलाई ध्वस्त पार्नुभन्दा अर्को उत्तम विकल्प छ“दैछैन ।
पोखरा बैठकको प्रभाव र प्रतिक्रियाः
पोखरा बैठकको प्रभावले चौतर्फी तरंग पैदा गरेको छ । यसले क्रान्तिकारी पङ्तिमा नया“ उत्साह र उमंग जगाएको छ । नया“ ऊर्जा पैदा गरेको छ । देशभक्त शक्ति र जनसमुदायमा नया“ आशाको रक्तसञ्चार गरेको छ । प्रतिक्रान्तिकारी शिविरमा ठूलै वेचैनी पैदा गरेको छ । यसरी पोखरा बैठकद्वारा नेकपा-माओवादीले पार्टर्ीीवभाजनको औचित्यमाथि उठाइएको प्रश्नको सशक्त जवाफ मात्र दिएन, एउटा देशभक्त र क्रान्तिकारी शक्तिको रुपमा आफ्नो र्सार्थक र हस्तक्षेपपर्ूण्ा उपस्थिति समेत पेश गरेको छ ।
यस स“गस“गै विभिन्न कोणबाट प्रतिक्रियाहरु आउने क्रम जारी छ । नेकपा-माओवादीले प्रस्तुत गरेको अडानलाई घर्ुर्कीको रुपमा लिदै अन्ततः घोषित चुनावलाई स्वीकार्न आइपुग्छ भन्ने धेरैको अनुमानलाई यो बैठकको निर्ण्र्ााे खारेज गरिदिएको छ । कतिपय बुज्रुकहरु के ठान्छन् भने हुने भनिएको चुनाव नै एउटा यस्तो जादूको छडी हो, जसले देशलाई सजिलै निकास दिनेछ, त्यसैले यसलाई वाध्यात्मक विकल्पको रुपमा सबैले स्वीकार्न अनिवार्य छ । यसो भन्दै गर्दा उनीहरु कहा“ पुग्छन् भने चुनाव नभए महाविपत्ति ब्यहोर्नु पर्नेछ र राष्ट्रिय स्वाधीनतामाथि वैदेशिक हस्तक्षेप आइलाग्नेछ । त्यसैले चुनाव वहिष्कारको बाटो आत्मघाती बाटो हो । उनीहरुका उपदेश यस्तै-यस्तै छन् । संसदवादी दल र तिनका नेताहरु आफ्नै अगाडि नांगो दलालको रुपमा परिणत भइसकेको र दिल्लीको चरणमा सिल्ली बनेर लम्पसार परिरहेको लज्जाजनक परिदृश्यप्रति आ“खा चिम्लेर
राष्ट्रिय स्वाधीनतामाथिको
खतरा अन्तै कतै खोज्ने हाम्रा बौद्धिकहरुको दास मनोवृत्तिको विषयमा धेरै भन्नु आवश्यक छैन । किन कि तिनका निरीह उपदेशको कुनै अर्थ नै छैन ।
जहा“सम्म नेकपा-माओवादीले पेश गरेको मार्गचित्रको प्रश्न छ, यसमा मूलतः तीनवटा कुराको मर्म अन्तरनिहीत छ । पहिलो, अग्रगामी उपलब्धिहरु संस्थागत गर्ने कुरा, दोस्रो राष्ट्रिय स्व्ााधीनताको रक्षा गर्ने कुरा, तेस्रो, यी दुबैको जगमा जनताको संघीय गणतान्त्रिक संविधान निर्माण गरी शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्‍याउने कुरा । यसको निमित्त दर्ुइवटा विकल्प अगाडि सारिएको छ । पहिलो, सहमतिको बाटो, दोस्रो आन्दोलनको बाटो ।
सहमतीय बाटो भनेको र्सवपक्षीय गोलमेच सभाको बाटो हो । आजको राजनीतिक संकट कसरी पैदा भयो – जारी गतिरोध अन्त्य गर्ने राजनीतिक निकासको सबैभन्दा उक्त विकल्प के हुनसक्छ – हिंजोको संविधानसभा के कति कारणले असफल भयो – संविधान बन्न नसक्नुको कारण के के हुन् – यसका कहा“नेर कमजोरीहरु रहे – यी र यस्ता प्रश्नलाई ठीकढंगले उत्तरित नगरी अर्को संविधानसभाको कुरा वकवास सिवाय अरु केही हुन सक्दैन । त्यसैले यी विषयमा सामूहिक छलफल गरी इतिहासको उचित लेखाजोखा गर्ने र त्यस सम्बन्धी साझा धारणा विकास गरी संविधानको अन्तरवस्तुमा सहमति कायम गर्न जरुरी छ । त्यसै सहमतिको आधारमा संविधान निर्माण गर्ने बाटो र प्रक्रियाको टुंगो लाग्नेछ । यही उद्देश्यका लागि गोलमेच सभाको माग अगाडि सारिएको हो । यो बाटो नेपालको बारेमा नेपालीहरुले आफै निर्ण्र्ाागर्ने आत्मनिर्ण्र्ााो अधिकारको बाटो पनि हो ।
तर यो विकल्पमा जान अहिलेसम्म अन्य शक्तिहरु तयार देखिएका छैनन् । उनीहरु दिल्लीको आशर्ीवाद कसले धेरै पाउने भन्ने प्रतिस्पर्धाको भुलभुलैमा
रम्दैछन् । यसको निमित्त
दिल्लीको निर्देशनमा हुन गइरहेको चुनावको पक्षमा कसले आफूलाई खरो उतार्ने र देशभक्त शक्तिहरुप्रतिको अनुदार चरित्र कसले धेरै पर््रदर्शन गर्ने भन्ने होडबाजीमा लम्पट भइरहेका छन् । यदि यसरी नै गए भने त्यसको अनिवार्य परिणति अर्को द्वन्द्व हुनेछ ।
त्यस्तो भयानक द्वन्द्व अब देशले धान्न सक्दैन । सिक्किमीकरण र संसदीय फासीवादलाई एकैसाथ बोकेर आउने त्यस्तो द्वन्द्व विफल पार्न जनताको सशक्त हस्तक्षेप अनिवार्य छ । त्यसको निमित्त सचेत पहलकदमी र नेतृत्वदायी भूमिका पूरा गर्न क्रान्तिकारीहरुले आफूलाई तयार पार्नैपर्छ । यो विकल्पको निमित्त पनि नेकपा-माओवादीले आफूलाई तयार राख्ने संकल्प प्रस्तुत गरेको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top