Free songs
Home / पाठक पत्र / बालविवाहप्रति समाजको चासो खै –

बालविवाहप्रति समाजको चासो खै –

बालविवाह नियन्त्रण गर्न कानून बनेको छ, सजायको व्यवस्था छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ । तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ तर पनि समाजलाई त्यसको चिन्ता छैन । न त छ चिन्ता अभिभावकहरुलाई न छ बालविवाह गर्ने जोडीहरुलाई ।
गतवर्षमानपुर गाविसस्थित मावि दुधरासकी एक बालिकाको बालविवाह उनका अभिभावकहरुले गरिदिएपछि बालअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरु, बाल क्लवहरु केही दिन निकै तात्तिए । जिल्लाभर हल्लाखल्ला भयो । छोरीलाई दर्ुइदिन अभिभावकले राखे, तेस्रो दिन श्रीमान्स“गै पठाइदिए । त्यसपछि सबै मौन ।
ती बालिकाको घटना त उदाहरण मात्रै हो । अभिभावकको सहमतिमा हुने बालविवाह लाखौंमा एक होला तर बिडम्बनाको कुरा के छ भने अहिले युवा पुस्ताभन्दा बढी छाडापन बालबालिकाहरुमा देखिन थालेको छ ।
सरस्वती मावि घोराहीमा पढ्ने विद्यार्थीमध्ये ६ देखि १० कक्षा पढ्नेहरुमा २५ जोडी बालबालिकाहरु विवाहित छन् । सदरमुकामको मावि रझेना होस् वा विकट गाविस सैघा, लोहारपानीका विद्यालयमा होस् बालबालिकाका जोडी देख्न सकिन्छ ।
बालविवाह नियन्त्रणका कुरा उठाउने जिल्ला बालकल्याण समिति, जसको अध्यक्ष प्रमुख जिल्ला अधिकारी र सदस्यहरुमा महिला तथा बालबालिका अधिकृत, प्रहरीलगायत सामाजिक संघसंस्थाका प्रतिनिधि हुन्छन् । खै उहा“हरुले बालविवाह नियन्त्रणका लागि प्रयास गरेको –
बालविवाह नियन्त्रण गोष्ठी र भाषणमा मात्रै हुन्छ । १६ वर्षुनिका बालबालिकाहरुको लभ म्यारिज कसरी हुन्छ, किन हुन्छ, कस्तो पृष्ठभूमिमा बालबालिकाहरुले यसरी विवाह गर्छन्, अभिभावकहरुको जिम्मेवारीबोध कसरी गरिरहेका छन्, समाजको दृष्टिकोण कस्तो छ, नियन्त्रणका उपाय के छन् – यस्ता विषयहरुमा चेतना दिने काम सरकारी तथा गैरसरकारी निकायबाट हुन नसक्नु दुःखद् कुरा हो । बालविवाहको उर्वर भूमि किन बन्दैछ दाङ – सबैले सोच्न जरुरी छ ।
सुनिता शर्मा
तुलसीपुर, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top