Free songs
Home / विचार / निर्वाचन, लोकतन्त्र र लोकतान्त्रिक संस्कार

निर्वाचन, लोकतन्त्र र लोकतान्त्रिक संस्कार

देवराज विश्वकर्मा
यतिखेर मुलुक निर्वाचनतिर उन्मुख छ । सरकारले २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचनको मिति तोकेपछि निकै समय निर्वाचन हुन्छ कि हु“दैन भन्ने विवादमै बित्यो । विभिन्न वाधा अवरोधका बीच निर्वाचन आयोगले मतदाता नामावली संकलन गरी र्सार्वजनिक गर्‍यो । वास्तविक मतदाता अझै छुटेका हुन सक्छन् । तोकिएको समयमा आफ्नो मताधिकार सुरक्ष्ँित गर्न मतदातासूचीमा नाम समावेश नभएपछि कानुनी हिसाबाले उनीहरु मतदाता हु“दैन । मतदाता हुनलाई निर्वाचन ऐन अनुसार तोकिएको प्रक्रिया पूरा गर्नुपर्दछ । नेपालको इतिहासमा बिडम्वना नै मान्नु पर्दछ कि जननिर्वाचित संविधानसभाले संविधान निर्माण गर्न सकेन । जुन शक्ति सन्तुलन २०६४ सालको संविधानसभामा थियो त्यही शक्ति सन्तुलन २०७० सालको संविधानसभामा रह्यो भने निश्चित छ फेरि संविधान बन्ने छैन । त्यो शक्ति सन्तुलन फेरिनर्ैपर्दछ ।
२०७० सालमा हुने संविधानसभा निर्वाचनको औचित्य छैन भन्दै माओवादीबाट विभाजित शक्ति निर्वाचनलाई सशक्त वहिस्कार गर्न तम्सिएको छ । सुरक्षा निकायको बैठकले निर्वाचन बिथोल्ने त्यो शक्ति पर्याप्त छैन भन्ने निष्कर्षनिकालेपछि निर्वाचनका कार्यक्रमहरु अघि बढेका छन् । निर्वाचन आयोगले कार्यतालिकासमेत र्सार्वजनिक गरेको अवस्थामा अब निर्वाचनप्रति सन्देह गर्नु जरुरी छैन । देशको सञ्चालन मात्र होइन विधि व्यवस्था निर्माणका लागि पनि निर्वाचन अपरिहार्य काम हो । त्यो काम फत्ते गर्न राष्ट्र एक भएर लाग्नर्ुपर्छ- होमिनर्ुपर्छ । जसरी निर्वाचनमा मतदान गर्ने अधिकार छ त्यसरी नै निर्वाचन ठीक छैन भन्ने अधिकार पनि सुरक्षित छ । त्यो अधिकार उपयोग गर्दा अरुको अधिकारप्रति हस्तक्षेप गर्नुहुन्न नेकपा-माओवादीले । कसैले चुनावमा मतदान गर्छ भने उसका हातमुखट्टा भा“चिन्छ भन्नु अत्यन्त निन्दनीय कुरा हो । उसले अरुलाई वैचारिकरुपमा सहमत बनाई चुनाव वहिस्कार गर्न लाउ“छ भने उसको सक्षमता ठहरिन्छ । उसले आफ्ना राजनीतिक गतिविधिमार्फ
चुनाव वहिस्कार गर्ने वातावरण निर्माण गर्न सक्छ तर कसैले लोकतन्त्र सुदृढ गर्न निर्वाचनमा भाग लिन चाहन्छन् भने उनीहरुलाई सुरक्षा दिनु सरकारको
दायित्व हो ।
नेपालमा राजतन्त्र हु“दा हामी सीमित लोकतान्त्रिक व्यवस्थालाई प्रजातन्त्र भन्थ्यौं, आज राजतन्त्रको अवसान भएको अवस्थामा हामीले लोकतन्त्र भनिरहेका छौं । यो शिशु लोकतन्त्र अझै संस्थागत हुन बा“की छ । आवधिक निर्वाचन नै लोकतन्त्र सुदृढ गर्ने सबैभन्दा उत्तम माध्यम हो । पहिलो निर्वाचनबाट संविधान निर्माण गरिनर्ुपर्दथ्यो तर त्यसो हुन सकेन । अब मंसिर ४ गते तोकिएको निर्वाचन कुनै पनि अवस्थामा सम्पन्न गरिनर्ुपर्दछ । यदि यो सकिएन भने देशको अस्तित्व संकटमा पर्नेछ । वैद्य माओवादीको बुझाइमा यो चुनावले देशलाई सिक्किमीकरणको बाटोमा लैजान्छ भन्ने लागेको छ भने सिक्किमीकरण गर्न चाहने तत्वलाई चुनावमा हराउन अझ सक्रिय हुनर्ुपर्दछ । यदि वैद्यले निर्वाचन वहिस्कार गरेको खण्डमा बाबुरामहरुलाई निर्वाचन जित्न सजिलो
होला – लोकतन्त्रलाई सुदृढ गर्न निर्वाचनबाहेक अर्को विकल्प छैन । लोकतन्त्र अल्पमतहरुको न्यायिक आवाज सुन्ने, सम्बोधन गर्ने बहुमतको शासन व्यवस्था हो । अल्पमतहरुले जे-जे भन्दै जान्छन् त्यही गर्दै जाने हो भने त्यो लोकतन्त्र हु“दैन भा“डतन्त्र हुन जान्छ । बहुमतको शासन भन्ने वित्तिकै तर्सिहाल्नुपर्ने केही छैन । साना-साना समूहको हित सम्बोधन गर्दै जा“दा त्यो बहुमत समूह बन्छ । यसरी अल्पमत समूहहरु बहुमतवाला समूहमा समाहित हुन्छन् र लोकतन्त्रको अलग पहिचान बन्दछ । राजाले शासन गर्ने व्यवस्थामा एकजनाले सम्पर्ूण्ा राज्य चलाइदिनसक्थ्यो तर आज एकजनाको हुकुम प्रमाङ्गी चल्न सक्दैन । अनेक समुदाय, अनेक वर्गीय समूहहरु, अनेक जातजाति, अनेक धर्म संस्कृति, अनेक भेषभूषा-भाषाभाषाी आदिलाई सम्बोधन गर्ने, उनीहरुको न्यायिक र समानुपातिक प्रतिनिधित्व गराउने शासन पद्धतिमा सामेल गराउने व्यवस्था भनेकै लोकतन्त्र हो । यो लोकतन्त्र सबैभन्दा समुन्नत व्यवस्था हो । त्यो एक व्यक्ति, एक परिवार, एक जाति, एक धर्म, एक भाषा, एक संस्कृतिका मानिसहरुको बोलवाला हुने व्यवस्था होइन । अहिले कतिपय राजनीतिक दलले भनेजस्तो एकल जातीय पहिचानसहितको संघीयता भन्ने कुराले लोकतन्त्र संस्थागत हुन सक्दैन । एकल जातीय, भाषिक, धार्मिक पहिचान लोकतन्त्रको परिचय नै हुनसक्दैन । एउटा जाति, भाषा, धर्म आदिको आधिपत्य भएको भनेर त्यो व्यवस्था ढालिएको हो । तर आज एउटाको स्थानमा अर्को कुनै नामको आधिपत्य राख्ने हो भने त्यो व्यवस्था लोकतन्त्र हुनेछैन । लोकतन्त्रको आवरणमा फेरि अर्को अधिनायकता लाद्ने काम हुनेछ । हामी त्यस्तो व्यवस्थाको अभ्यासमा जानु हु“दैन । नेपालमा बस्ने जति पनि जाति, भाषा, धर्म, संस्कृति छन् ती सबैको हित सम्बोधन गर्ने साझा व्यवस्थाका रुपमा लोकतान्त्रिक व्यवस्थालाई हामीले स्थापना गरेका छौं । त्यो व्यवस्था हठ र दावीबाट होइन अभ्यासबाट पर्ूण्ा हुनेछ । अभ्यासको अर्थ हो- चुनावबाट राम्रा कुराहरुको संरक्षण गर्नु । हामीले चुनावबाट नराम्रा मूल्य मान्यता भित्र्याउने होइन ।
राम्रा के हुन् नराम्रा के हुन् भन्ने विवाद हुन सक्छ । धेरै मानिसहरु के चाहन्छन् त्यो राम्रो । कम मानिसहरुले चाहने नराम्रो । यो मानक एक निर्वाचनबाट अर्को निर्वाचनमा जा“दा परीक्षण भइहाल्छ । एउटा निर्वाचनले एउटा मान्यता स्थापित गर्न खोज्यो तर त्यसको परिणाम राम्रो आएन भने त्यसको स्थानमा नेतृत्वले नया“ विकल्प ल्याउनर्ुपर्दछ । अर्को हाम्रा पर्ुखाहरुले स्थापित गर्न खोजेको संस्कृति के हो भन्ने ठम्याउनर्ुपर्दछ । नेपालको इतिहासदेखि स्थापित गर्न खोजेको मान्यता के हो भने जनताका शक्तिहरुबीचको सहकार्य । त्यसको प्रमाण हामी हर्ेन सक्छौं- जनता र राजा मिल्दा- नेपाल विशाल भयो । एकीकरण गर्न सजिलो भयो । दरबारमा चुक्लीचाक्ली चल्दा त्यो अभियान रोकियो । मिल्दा देश बन्छ, समाज, जनता सबैको कल्याण हुन्छ, नमिल्दा अहित हुन्छ । लोकतन्त्र भनेको यस्तो समुन्नत व्यवस्था हो जहा“ सबैका आ-आफ्ना मान्यताहरु परीक्षणका लागि जनताका बीचमा लैजान सकिन्छ । जनताले जसलाई अनुमोदन गर्छन् त्यसलाई मान्नर्ुपर्दछ ।
हाम्रो देशको राजनीतिमा लोकतान्त्रिक आचरण संस्कार छैन । एउटाले अर्कोलाई सम्मान हैन निषेध गर्ने संस्कार छ । पक्ष-प्रतिपक्ष जहिले पनि र जहा“ पनि हुन सम्भव छ । तर हामीले आफूबाहेक अरुको अस्तित्व स्वीकार्न सकेनौं । अरुको अस्तित्व स्वीकार्न नसक्दा आफैभित्रका अन्तरद्वन्द्वहरुले कुनै दिन आफैलाई समाप्त पार्नु अनिवार्य छ । नेपालको इतिहासमा एउटा उदाहरण दिदा हाम्रो संस्कार कस्तो छ भन्ने प्रष्ट हुन्छ । २०४६ सालमा निकै ठूलो बलिदानीपर्ूण्ा संर्घष्ाबाट सीमित लोकतान्त्रिक -प्रजातान्त्रिक) व्यवस्था स्थापना भयो, त्यो सानो सफलताबाट कांग्रेसलाई दिग्विजय गरेको जस्तो भान भयो । त्यसलाई संस्थागत गर्न एमाले नेता मदन भण्डारीले प्रस्ताव गरे- ‘कम्तिमा १० वर्षा लागि साझा सहमति गरेर अघि बढौं †’ यो कुरा सुन्नुको साटो ठाडै लत्याइदिए । त्यसको ५ वर्षपुग्दा देशमा कांग्रेसको शासनबाट आजित भएर सशस्त्र युद्धको बाटोलाई जनताले साथ दिए । कांग्रेस इगोबाट बढी, क्रान्तिको निष्ठाबाट कम त्यो सशस्त्र युद्ध अन्ततः व्यक्ति हत्यामा केन्द्रित भयो । व्यक्ति हत्याको अभियानले सफलता पाउनु सम्भव थिएन । त्यसले संस्कार निर्माण गर्ने त धेरै परको कुरा भयो हतियारबाट प्राप्त शक्तिलाई जबर्जस्त समाजमा स्थापित गर्न खोज्यो माओवादीले । ती पनि समाजबाट भद्र अवज्ञामार्फ अस्वीकृत भइसकेका छन् । माधव नेपालको सरकारलाई फाल्न भनी घोषणा गरेको आमहड्तालविरुद्ध उद्योगी व्यवसायीहरुले निकालेको शान्तिपर्ूण्ा जुलुस यसको बलियो प्रमाण हो ।
यो दोस्रो संविधानसभा निर्वाचनबाट सा“चो लोकतन्त्रको अभ्यास गर्ने शक्तिहरुले बहुमत प्राप्त गरे भने मात्र संविधान बन्नेछ । एकदलीय अधिनायक स्थापना गर्न खोज्ने दलको होइन । लोकतान्त्रिक आचरण संस्कारलाई आत्मसात गर्न सक्ने दलको लागि जनताले अभिमत प्रकट गर्नुपर्दछ । अनि मात्र संविधान बन्ने मात्र होइन त्यसलाई लागु गरेर जनतालाई
समृद्धि दिन सकिन्छ । यो काम जनताको हित चाहने गैरराजनीतिक समूहहरुले गर्न सक्छन् । राजनीतिमा सामेल नहुने धेरै छन् तर कसैलाई पनि राजनीतिको हिसाब किताबले छुट्याउ“दैन त्यसैले विधि राम्रो बसाल्नर्ुपर्दछ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top