Free songs
Home / पाठक पत्र / विदेशको मोह त्याग्नुपर्छ

विदेशको मोह त्याग्नुपर्छ

‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ आफू जन्मेको ठाउ“ जसलाई पनि र्स्वर्गभन्दा बढी प्यारो हुन्छ । तर पछिल्लो समयमा आएर युवापुस्तामा आफ्नो मातृभूमिलाई चटक्कै भुलेर विदेश जाने व्यापक लहर नै छाएको छ । पहिले-पहिले युवाहरुको बाक्लो उपस्थिति रहने ती बस्तीहरु आजभोलि दिनप्रतिदिन शून्य हुन थालेका छन् । बा“की छन् त केवल ती असहाय र अशक्त बालबालिका र वृद्धवृद्धाहरु । यसको मूल कारण देशमा व्यापकरुपमा बढ्दै गइरहेको बेरोजगारी हो ।
यो समयमा विदेश नजाने व्यक्तिहरु सायद छैनन् होला । दैनिक सयौंको संख्यामा युवाहरु विदेश जाने गर्दछन् । त्यसमा पनि प्रायः कमजोर आर्थिकस्तर भएका एवं विपन्न वर्गका व्यक्तिहरु छन् । घरजग्गा बैंकमा धितो राखेर होस् वा जग्गा नै बेचेर किन नहोस् लाखौंको लगानी लगाएर उनीहरु रोजगारीका लागि विभिन्न खाडी मुलुकहरुमा जाने गर्दछन् । त्यति ठूलो लगानी लगाएर विदेश जानुभन्दा आफ्नो गाउ“-ठाउ“मा केही गरौं भन्ने भावना कसैमा पनि छैन ।
आफ्नो ठाउ“मा काम गर्नुभन्दा अर्काको देशमा ज्यानको बाजी लगाएर दिनरात रगतपसिना बगाउ“छौं । यहा“ गरे के हु“दैन र – यदि विदेशमा प्रयोग गर्ने त्यही सीप, जा“गर र मेहनतलाई प्रयोग गर्ने हो भने उजाडिएका हाम्रा गाउ“बस्तीहरु हराभरा हुनेछन् । कुनै पनि काम सानो र ठूलो हु“दैन । जोस“ग जे सीप छ त्यही काम गर्न सक्छौं । विदेश गएका जति सबै खुशी छन् भन्ने छैन । धेरैले अनेकौं दुःख कष्टहरु पाएका छन् । हामीलाई आफ्नो ठाउ“मा त भनेको जस्तो हु“दैन झन् अर्काको देशमा कसरी हुन्छ – युवाजति सबै विदेश गए देश निर्माण गर्ने कसले – एकपटक गम्भीर भएर सोचौं त – वीर नेपालीका सन्तति हामी कहिलेसम्म अर्काको दास बन्ने – के हाम्रो रोजगारीको विकल्प विदेश नै हो त – होइन भने किन हामीमा विदेश जाने सोचको अन्त्य हुन सकेको छैन –
सरकारले पनि यसका लागि छुट्टै नीति ल्याई हरेक युवाहरुलाई विभिन्न खालका सीपमूलक, आयमूलक कार्यक्रमहरु दिएर उनीहरुको जीवनस्तर माथि उठाउन कत्ति पनि ढिला गर्नुहु“दैन । युवा स्वरोजगार कार्यक्रम त ल्यायो तर त्यो कार्यक्रम त्यति प्रभावकारी बनेको पाइएन । कतिपयलाई त त्यसको बारेमा त्यति जानकारी हुन नसक्दा जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खर्ुपाको बींड सावित भएको छ ।
मिलन पोखे्रल
लक्ष्मीपुर-४ डा“डागाउ“, दाङ

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top