Free songs
Home / हाम्रो बारेमा

हाम्रो बारेमा

नयाँ युगबोध राष्ट्रिय दैनिक विगत ३२ वर्षेखि पश्चिम नेपालको दाङबाट प्रकाशित हुँदै आएको पत्रिका हो । २०३३ सालदेखि पाक्षिक रुपमा प्रकाशन शुरु गरिएको यो पत्रिका २०३८ सालमा साप्ताहिक रुपमा प्रकाशित हुन थाल्यो र २०५४ साल फागुन ७ गतेदेखि दैनिक रुपमा प्रकाशित भइरहेको छ । यसले नेपाल सरकारबाट ‘क’ वर्गको राष्ट्रिय दैनिकको मान्यता प्राप्त गरेको छ । नयाँ युगबोधको संघर्षशील गौरवमय गाथा नेपाली पत्रकारिताको इतिहासमै महत्वपूर्ण रहेको छ । चाहे २०४६ सालको जनआन्दोलन होस् वा २०६२-६३ को ऐतिहासिक जनआन्दोलन, युगबोधले आफ्नो मोर्चाबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यसैले प्रेसमा ताला लाग्ने, पत्रिकाको दर्ता खारेज हुने र पत्रिका बन्द हुने घटनाहरुलाई यसले पटक-पटक व्यहोर्दै आएको छ । युगबोधमाथि प्रतिबन्ध लाग्दा केही समय ‘युगचेतना’ को नाममा पत्रिका प्रकाशित भएको थियो । यस दैनिकको आफ्नै भवन र अफसेट प्रेस रहेको छ । नेपालगञ्ज, बुटवल, प्यूठान, तुल्सीपुर, लमही लगायतका स्थानहरुमा शाखा कार्यालय रहेका छन् ।

संस्थापक एवं सल्लाहकार : नारायणप्रसाद शर्मा

सम्पादक/प्रकाशकः प्रताप रेग्मी

प्रबन्ध सम्पादक : लक्ष्मी आचार्य

अतिथि सम्पादक : सुशील गौतम

सह-सम्पादक : नरेन्द्र के.सी.

मुद्रकः प्रतिभा अफसेट प्रेस, घोराही दाङ

ठेगानाः
नयाँ युगबोध राष्ट्रिय दैनिक
घोराही दाङ
फोन नं. ०८२-५६००८४, ५६१३०३
फ्याक्सः ०८२-५६०९४८
URL: http://www.nayayougbodh.com
E-mail: yougbodh@gmail.com

9 comments

  1. naya yugbodh la ab afna garakbarga ma naya parbedhi ka sath naya bhenae ko surtwat garna thaleko ma ma jasta padhakbargma khusi chayo!

  2. Dhananjaya Poudyal

    NAYA YOUGBODH RANGIN MA NISKINA THALEKOMA KHUSI BYAKTA GARDAI NAYA YUGBODH PARIWAR MA HARDIK BADHAI CHA. VERY GOOD EFFORTS.

  3. गृहपृष्ठ » समाचार » मध्यपश्चिम, दाङ, माघ १२ – दाङमा आज विहान भ्यानको ठक्करबाट मोर्निङ वाकमा निस्किएका एक पैदलयात्रीको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको नयाँ युगबोध दैनिक पत्रिकाको बा ९ च ५५०२ नम्बरको भ्यानले घोराही नगरपालिका वडानं. ११ कपासीबगियामा ठक्कर दिंदा घोराही १० का व्यवसायी ४७ बषिर्य माधवप्रसाद श्रेष्ठको मृत्यु भएको हो । चालक र भ्यान नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । Copy from eKantipur.com,Is it real

  4. anjan magar "aanshu"

    Aadarniya sampadak jyu!
    Ma jasta lakhu pathak barga jo rojgariko silsilama pravasma raheka xan, uniharulai taja samachar dinankolagi yahako yo garimamaya newspaperle daily news taja tajai onlinema upload garidinuvaya ma lagayat biswaka kuna kandaharama basne nepaliharu aavaree hunethiyu.

  5. Its not updating on time. We can’t get news on time. Why this ?????

  6. नयाँ युगबोध हामी पत्रिकाको प्रत्यक्ष पहुँचबाट टाढाकोले पनि पाउन अनलाईन मार्फत

  7. नयाँ युगबोध हामी पत्रिकाको प्रत्यक्ष पहुँचबाट टाढाकोले पनि पाउन दैनिक अनलाईन मार्फत

  8. शशिधर भण्डारी प्यूठानी पत्रकार

    डिजिटल अनलाइन पेपर मार्फत विश्वको कुनाकुनामा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top